विपन्न परिवारलाई राहत वितरण गर्दै राष्ट्रिय दलित पत्रकार संघले मनायो भेदभाव उन्मुलन दिवस

 न्यूज विराट
विपन्न परिवारलाई राहत वितरण गर्दै राष्ट्रिय दलित पत्रकार संघले मनायो भेदभाव उन्मुलन दिवस

विराटनगर, जेठ २१–राष्ट्रिय दलित पत्रकार संघ मोरङले विपन्न दलित परिवारलाई राहत वितरण गर्दै जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाएको छ । पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको सहयोग र परिवर्तनका लागि हातेमालो अभियान विराटनगरको समन्वयमा राष्ट्रिय दलित पत्रकार संघ मोरङले विपन्न दलित परिवारलाई राहत वितरण गर्दै दिवस मनाएको हो ।

१४ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका शन्दर्भमा मोरङको रंगेली–७ स्थित विश्वकर्मा टोलका सवै परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले जारी गरेको बन्दाबन्दीका कारण रोजगारी गुमेर हातमुख जोर्न समस्यामा पर्दै आएका विश्वकर्मा टोलका अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

राहत वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्माले मुलुक छुवाछुत मुक्त राष्ट्र घोषणा भएको १४ वर्ष नाघे पनि दलित समुदाय माथि गरिने विभेदको अन्त्य नहुनु दुखद भएको बताए । उनले राज्यले विभेद अन्त्यका लागि बनाएका ऐन कानुनहरु कडाइका साथ कार्यान्वयन नहुँदा छुवाछुत तथा जातीय विभेद अन्त्य नभएको दावी गरे ।

अध्यक्ष विश्वकर्माले जातीय विभेद र छुवाछुत गर्नेविरुद्ध सरकार कडा ढंगले प्रस्तुत हुनुपर्ने र सरोकारवालाहरुले पनि खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले जातीय विभेदकै कारण रुकुम पश्चिम चौरजहारी हत्याकाण्ड भएको बताउँदै यस्ता घटना भइरहे जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको कुनै अर्थ नरहने बताए ।

उनले सो हत्या काण्डलाई क्रुर मानव नरसंहारको संज्ञा दिँदै दोषिलाई हदैसम्म सजायको माग गरे । अध्यक्ष विश्वकर्माले उक्त हत्या काण्डका दोषिलाई उन्मुक्ति दिन खोजिए सिंगो दलित समुदाय टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि दिए । सो अबसरमा परिवार्तनका लागि हातेमालो अभियान विराटनगरका अध्यक्ष तथा दलित अभियान्ता विनोद चाहार(परियार) ले संवैधानिक अधिकार रक्षाका लागि सिंगो दलित समुदाय एक जुट हुनुपर्ने बताए । उनले मुलुकमा विभेद र छुवाछुत अन्त्यका लागि दलित र गैरदलित विच हातेमालो गर्दै खबरदारी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष चाहारले दलित अधिकार संरक्षणका लागि सर्वपक्षिय खबरदारी अभियानका लागि समिति गठन गर्नुपर्नेमा जोड दिँदै केही समय भित्रै प्रदेश १ बाट त्यसको सुरुवात गरिने जानकारी दिए । दलित अभियान्ता वर्षा गजमेरले जातीय विभेद र छुवाछुत अन्त्यका लागि दलित समुदायलाई आर्थिकरुपले सवल बनाउनुपर्ने बताइन् । राहत वितरणमा रंगेली–७ कि वडा सदस्य रुपा विकले दलित अधिकार रक्षाका निम्ती सवै वडाका दलित महिला सदस्यहरुको क्षमता विकास गरिनुपर्नेमा जोड दिइन् ।

सो कार्यक्रममा विश्वकर्मा टोलका सवै परिवारलाई वडा सदस्य रुपा विक, संघका मोरङ अध्यक्ष किशोर विश्वकर्मा, उपाध्यक्ष खड्ग वेदना (परियार), परिवर्तनका लागि हातेमालो अभियान विराटनगरका अध्यक्ष विनोद चाहार, दलित अभियान्ता वर्षा गजमेर लगायतले चामल, दाल, खानेतेल लगायतका राहत सामाग्री सामाजिक दुरी कायम गर्दै वितरण गरेका थिए । २०६३ साल जेठ २१ गतेका दिन पूनस्र्थापित संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।

सम्बन्धित समाचार

बरिष्ठ सई राजेन्द्र कटुवाल भए भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले भदौ महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गरेको भन्दै बरिष्ठ नायव निरीक्षक राजेन्द्र कटवाल पुरस्कृत भएका छन् । मोरङ प्रहरीमा कार्यरत कटुवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुस्कृत गरेको...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २९ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य बहादुर थापाले मन्त्रिपरिषद् बैठक बसेको जानकारी गराएका हन् । उनले नियमित बैठक अनुसार नै आजको बैठक बसेको जानकारी गराए ।

कोइराला निवासमा विपी जयन्तीका अवसरमा कविगोष्ठी

विराटनगर । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा नेपाली लेखक संघ मोरङले कवि गोष्ठी आयोजना गरेको छ ।संघले राणा शासनविरुद्ध आन्दोलनको विगुल फुक्ने कोइराला निवासमा कविगोष्ठी आयोजना गरेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश...

एकता दिवसलाई राष्ट्रव्यापी बनाउन दवाव दिनुपर्छः लिङदेन

विराटनगर, २७ पुस-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रव्यापी बनाउनका लागि जनस्तरबाट सरकारलाई व्यापक दबाब दिनुपर्ने आवश्यकता भएको बताएका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित २९९ औं पृथ्वी जयन्ती...

तेस्रो प्याब्सन कप : फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलोक्सी भिड्ने भएका...

एल्लो हर्बलको स्किन केयर बजारमा

विराटनगर । विराटनगरमा रहेको एल्लो हर्बलको स्किन केयर बजारमा आएको छ । कोरियन टेक्नोलोजी प्रविधिबाट उत्पादन भएको ‘एल्लो हर्बलको स्किन केयरहरू बजारमा आएको हो । एल्लो हर्बलको स्किन केयरमा फेस वास, भिटा मनी सी सिरप,...

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनुवाइ नहुने, न्यायाधीश खतिवडाले नहेर्ने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा शुक्रबार पूर्ण सुनुवाइ नहुने भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी परेको थियो। तर न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण...

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर नष्ट

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो मात्रै नियन्त्रणमा आएको हो । ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले दमकल, स्थानीयबासी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्