प्रदेश १ मा लकडाउनको मोडालिटी परिवर्तन हुने

 न्यूज विराट
प्रदेश १ मा लकडाउनको मोडालिटी परिवर्तन हुने

प्रदेश १ सरकारले आगामी १ असारदेखि लकडाउनको मोडालिटी परिर्वतन गर्ने भएको  छ । मोरङको धनपालथान-५ दादरवैरीया स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको ८ कोठे भवनको आज शिलान्यास गर्दे प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले लकडाउनको मोडालिटी बदल्ने बताएका हुन् ।

अब सधै यसरी बस्न नसकिने भन्दै उनले लकडाउनको मोडालिटी बदल्नु पर्नेमा जोड दिए । मन्त्री घिमिरेले लकडाउनको कारणबाट दिनहुँ जनता प्रभावित हुँदै गइरहेको  भन्दै प्रदेश सरकारले असार १ देखि लकडाउनको मोडालिटी बदल्ने  गृहकार्य भरहेको बताए ।

मन्त्री घिमिरेले कोरोनाबाट नआत्तिएर सुरक्षित हुनतर्फ केन्द्रित हुन सबैमा आग्रह गरे । उनले आधारभूत स्वास्थ्य सेवा केन्द्र धनपालथानकै नमुनाको रूपमा भवन निर्माण होस् भन्दै शुभकामनासमेत व्यक्त गरे ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गर्नका लागि समाजसेवी बद्री पहाडीले ४ कठ्ठा  जग्गा दान गरेका थिए । पहाडीले यस क्षेत्रमा अधिकांश दलित विपन्न वर्गका समुदायहरू रहेकोले स्वास्थ्य सेवा केन्द्रका लागि जग्गा  दिएको बताए ।

स्वास्थ्य सेवा केन्द्रको ८ कोठे भवन निमार्ण गर्न संघीय सरकारले ६३ लाख रूपैयाँ दिएको धनपालथान-५ वडा अध्यक्ष गयानन्द सरदारले जानकारी दिए । भवनका लागि ३ किस्तामा बजेट आउने भएकाले  निमार्ण सम्पन्न हुन ५ वर्ष लाग्ने निमार्ण पक्षले जनाएको  छ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जन

काठमाडौं, १६ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो...

विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थी दले कालोमोसो

विराटनगर, ३० पुस । विराटनगरको नोबेल र काठमाडौंको केएमसी मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थीहरूले कालोमोसो दलेका छन् । केएमसी कलेजका विद्यार्थीहरूले कलेजका सञ्चालक शर्मालाई कालोमोसो दलेका हुन् । शुक्रबार केएमसीको शुल्क विवादबारे सिंहदरबारमा छलफल...

विराटनगरका सरसफाईकर्मीहरुलाई न्यानो कपडा वितरण

विराटनगर । विराटनगरका सरसफाईकर्मीहरुलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनले न्यानो कपडा वितरण गरेको छ । विराटनगरस्थित सिटी प्यालेसमा एक कार्यक्रमका बिच सरसफाईको काम गर्ने केसालिया क्षेत्रको मरिक समुदायलाई क्लबले न्यानो कपडा वितरण गरेको हो ।...

मोरङको गोठगाउँमा दुई नाबलकको मृत भेटिए , आमा सम्पर्कबिहीन

विराटनगर । मोरङको सुन्दरहरैचामा दुई जना नावलकको शव भेटिएको छ । सुन्दरहरैचा ७ गोठगाउँमा दिदी वहिनिको शव शनिबार भेटिएको हो ।धनकुटा पाख्रिबास नगरपालिका – ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका – ७ मालति...

टी –२० क्रिकेट प्रतियोगितामा आर्मी र कर्णाली फाइनलमा

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा...

सरकारसँग ऋण लिएर आयल निगमले आईओसीलाई पठायो १३ अर्ब बढी भुक्तानी

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड लिएर जनवरी महिनाको...

प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा,  १ मंसिर-संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ। प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच चैनपुर नगरपालिकाको मैदानेमा गोली हानहान भएको हो ।  सोमबार दिउँसो करिब ११ बजेतिर  प्रहरीको गस्ती टोलीमाथि...

जनचेतनाले लागूऔषध प्रयोगकर्तामा एचआइभि संक्रमण घटदै

विराटनगर । लागूऔषध प्रयोगकर्ताहरूमा एचआइभि संक्रमणको खंख्या घटदै गएको पाइएको छ । रिकभरी नेपाल कोशी प्रदेशले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताहरुमा एचआइभि संक्रमणको संख्या घटेको पाइएको हो ।सन् २००४ मा गरेको सर्वेक्षणमा एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्