कटहरी–२ लाई सुकुम्बासी मुक्त बनाइने

 न्यूज विराट
कटहरी–२ लाई सुकुम्बासी मुक्त बनाइने

विराटनगर, जेठ २१–मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण हुने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ र जीवन विकास संस्थासँगको सहकार्यमा घर निर्माण गर्न लागिएको हो । कटहरी २ को कदमगाछीमा निर्माण गरिने घरको बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिलान्यास गरे ।

शिलान्यास कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत उपाध्यक्ष मञ्जिता सरदार लगायतको उपस्थिति रहेको थियो । घर निर्माणको शिलान्यास गर्दै मन्त्री घिमिरेले घर निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने बताउँदै सो क्षेत्रको सवै सुकुम्बासी समस्या समाधान गरिने जानकारी दिए । चालु आर्थिक वर्षबाट सवै सुकुम्बासीको घर निर्माण कार्यले निरन्तरता पाउने आश्वासन दिए । १५ वटा घर चालु आर्थिक वर्षभित्रमा सकिने लक्ष्य राखिएको छ ।

शिलान्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) १ नं. प्रदेश कमिटि सदस्य मृत्युञ्जयकुमार झाले घरवाससहित उचित व्यवस्थापन गरि सो वडामा सुकुम्बासी मुक्त वडा बनाइने बताए । उनले सडक तथा खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई जग्गासहित घर निर्माण गरेर उक्त वडा सुकुम्बासी मुक्त बनाइने र त्यसका लागि सरकारले सहयोग गर्ने बताए ।

सम्बन्धित समाचार

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं, २७ साउन-वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र...

कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, जेठ १७-कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कालिकोटको १८, बाजुरा...

फर्जि काममा ‘अब्बल’ उमेश विश्वकर्मा, कोषाध्यक्षको हस्ताक्षरबिना लेखा परिक्षण प्रतिवेदन

विराटनगर, असार १८| फर्जि साधारणसभा, संस्थापक र साधारणसदस्यहरुको हस्ताक्षर किर्ते, आर्थिक अनियमितता, करछलीलगायतको पर्दाफास भएका विराटनगर स्थित मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा फेरी अर्को खुलासा भएको छ । दलित...

रौतहटबाट ८१ जना संक्रमित डिस्चार्ज

काठमाडौं, २९ जेठ-रौतहट जिल्लाका विभिन्न अस्पतालमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा उपचारपछि निको भएर ८१ जना कोरोना भाइरस संक्रमित घर फर्किएका छन् । रौतहट जिल्ला अस्पतालका मेसु डा. कृष्ण साहका अनुसार गौरस्थित नरसिंह इन्टिट्युटबाट १६ जना,...

आजदेखि मतदाता नामावली संकलन नहुने, औँठा छाप हान्ने काम भाेलिसम्म

आजदेखि आगामी निर्वाचनका लागि मतदाता नामावली संकलन नहुने भएको छ । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन नगर्ने जनाएको हो । गत असार १ गतेदेखि आगामी प्रदेश र संघलाई लक्षित गरेर आयोगले मतदाता नामावली संकलन थालेको थियो...

क्यानले सन्दीपमाथि तत्काल कुनै छानबिन नगर्ने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस...

रासस प्रदेश कार्यालय भवन निर्माणका लागि १० लाख दिने घोषणा

विराटनगर, जेठ ९–विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति प्रदेश नं. १ कार्यालय विराटनगरको जीर्ण भवनको मर्मत सम्भार र रङ्गरोगन भएपछि सन्तुष्टि व्यक्त गरेका छन् । वि.स.२०३४ मा निर्माण भएको सो भवनको हाल सम्म...

रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन

काठमाडौं, १९ वैशाख-रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ ।  सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा गएराति बाटो नै निधन भएको अधिकारीकी कान्छी छोरी अल्पना रेग्मी बताइन् । कांग्रेस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्