कोरोना सचेतना शन्देशबारे गलत प्रचार गरेको भन्दै पत्रकार संगठनहरुको आपत्ती

 न्यूज विराट
कोरोना सचेतना शन्देशबारे गलत प्रचार गरेको भन्दै पत्रकार संगठनहरुको आपत्ती

विराटनगर, जेठ २०–कोरोना भाइरसको महामारीको कारण संकटमा रहेका सञ्चार माध्यमलाई प्रदेश सरकारले दिएको कोरोना सचेतना सन्देशको बारेमा गलत प्रचार भएको भन्दै नेपाल पत्रकार महासंघसहित पत्रकारका संगठनहरुले आपत्ती जनाएका छन् । स्वरोजगारमूलक सञ्चार माध्यमलाई प्रदेश सरकारले कोरोना महामारीबाट उत्पन्न संकटको अवस्थामा सन्देशमुलक सूचना दिई सहयोग गरेको विषयलाई लिएर भ्रम छरिएको भन्दै विज्ञप्तिमा आपत्ती जनाइएको छ ।

मंगलबार नेपाल पत्रकार महासंघ १ नं। प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषको कार्य्बिधि अनुसार कोरोना विरुद्ध सचेतना फैलाउने सन्देश महासंघमार्फत प्रदेशका सञ्चार माध्यमलाई उपलब्ध गराएको जनाएको छ । महासंघका अध्यक्ष बिक्रम लुईटेल र महासचिब विवेक गौतमद्वारा जारी विज्ञप्तिमा अहिलेसम्म ११६ सञ्चार माध्यमले सो रकम प्राप्त गरेको र अन्य प्रक्रियामा रहेको स्पष्ट पार्दै तोकिएको मापदण्ड अनुसार पारदर्शी रुपमा उक्त सन्देशवापतको रकम वितरण गरेको जनाइएको छ ।

सरकारले महासंघमार्फत दिएको कोरोना सचेतना सन्देशको विषयमा गलत प्रचारबाजी गर्दै सञ्चारकर्मी र सञ्चार माध्यमलाई अपमान गर्ने प्रयास भएको भन्दै महासंघले आपत्ती जनाएको छ । कोरोना भाइरसबाट जोगिने उपायबारेको सन्देश प्रकाशन र प्रशारण गर्नेगरी १ नं। प्रदेश सरकारले नेपाल पत्रकार महासंघ १ नं। प्रदेश समितिमार्फत रकम उपलब्ध गराएको छ ।

जोखिमको अवस्थामा सरकारले उद्योगी व्यापारीदेखि नागरिकसम्मलाई सरकारले राहतको प्याकेज दिएको बेला प्रदेशका पत्रकार आफैंले दुःखकष्ट गरी सञ्चालन गरेका सञ्चारमाध्यमले राहतकै रुपमा विज्ञापन पाउँदा त्यसको गलत प्रचारबाजी नगर्न महासंघले आग्रहसमेत गरेको छ।

महासंघले सरकारसँग पत्रकार र सञ्चार माध्यमका लागि राहत प्याकेज, सञ्चार साधन खरिद र विद्युत महशुलमा छुट, समानुपातिक विज्ञापन वितरण, स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यममा वितरण, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा एवं वृत्ति विकाससहित पत्रकार महासंघको संस्थागत सबलिकरणमा सहयोग गर्न सरकारलाई आग्रह गर्दै प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा त्यसलाई समेट्न माग गरेको छ ।

यसैबीच प्रेस संगठन नेपाल १ नं। प्रदेश समितिले पनि एक विज्ञप्ति जारी गर्दै संकटको बेलामा अग्रपंक्तिमा खटिएर सूचना प्रबाह गरिरहेका नेपाली सञ्चार माध्यमप्रति गलत आरोप लगाउने नेपाली काँग्रेसको संस्थागत धारणा सार्वजनिक गर्नसमेत माग गरेको छ । विज्ञप्तिमा प्रदेश सरकारले कोरोना सचेतना सन्देश फैलाएवापत दिएको रकम जायज भएको दावीसहित थप राहतको व्यवस्था गर्न माग गरिएको छ । नेपाली काँग्रेसका सचेतक कार्कीले अनावश्यक रुपमा यो विषयलाई अतिरञ्जित बनाएको संगठनका प्रदेश संयोजक राजन केडी र सहसंयोजक गणेश पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यता अनलाई मिडिया समूहले पनि सरकारबाट राहतकै रुपमा पाएको कोरोना सचेतना सन्देश वापतको रकमको बारेमा गलत प्रचार गर्ने प्रदेश सांसद केदार कार्कीलाई आफ्नो संसदकोषको रकम खर्च विवरण सार्वजनिक गर्न चुनौति दिएको छ । प्रदेश सरकारबाट प्राप्त रकम मापदण्ड अनुसार वितरण गर्दै महासंघले सार्वजनिक पनि गरेको बेला यसबारे गलत प्रचार गर्ने सांसद कार्कीले पारदर्शीता देखाउनुपर्ने समूहको भनाइ छ।

समूहका मोरङ अध्यक्ष तेजेन्द्र भण्डारी र सचिब पुष्पराज थपिलियाले जारी गरेको विज्ञप्तिमा स्वरोजगारमुलक मिडियालाई प्रवद्र्धन गरेको विषयमा अर्नगल प्रचार गर्ने काँग्रेस सचेतक कार्कीको बारेमा आधिकारिक धारणा सार्वजनिक गर्न पनि नेपाली काँग्रेसलाई आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

अध्यक्षका छोराले तोडफोड गरे ग्रामथान गाउँपालिकाको गाडी

विराटनगर, ८ असार । गाउँपालिका अध्यक्षका छोराले ग्रामथान गाउँपालिको गाडी तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाकै गाडी तोडफोड गरेका हुन् । सो गाडी अध्यक्ष गच्छदारले प्रयोग गर्दै आएका थिए ।...

३३ किलो सुन तस्करी प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैद, प्रहरीसहित अन्यलाई सफाइ

३३ किलो सुन तस्करी प्रकरणमा चुडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय भएको छ । मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई कर्तव्य ज्यानको...

रविनको आक्रमक ब्याटिङ र प्रकाशको कसिलो बलिङले सुनसरीको रोमान्चक जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा बुधबार भएको दोस्रो खेलमा सुनसरी क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले हराउँदै अन्तिम आठमा पुगेको...

विराटनगरमा ३८ सहित प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण

विराटनगर, १३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ...

प्रदेश १ मा २५ जेठदेखि ७० हजारलाई भेरोसेल खोप लगाइने, भोलिसम्म सवै जिल्लामा खोप पुग्ने

विराटनगर, २३ जेठ । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका...

दिल्लीस्थित जामिया विश्वविद्यालय बाहिर गोली चल्यो

एजेन्स, माघ २०–भारतको राजधानी नयाँ दिल्लीस्थित जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयल बाहिर गोली चलेको छ । बीबीसीका अनुसार विश्वविद्यालयको गेट नम्बर पाँचमा गोली चलेको हो । जामियाका छात्र जोएब अहमदले भने, ‘अचानक मानिसहरु चिच्याएको आवाज आउन...

प्रहरीमा एक एआईजी र पाँच डीआईजीकाे दरबन्दी थप

काठमाडौं, ४ मंसिर-नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पद थप भएको छ । गृह मन्त्रालयले पाँच डीआईजी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरेको भए पनि मन्त्रिपरिषद्‌ले एक एआईजीसमेत...

रोजगारीबाट फर्केका ९ सहित ३१ जना क्वारेन्टाइनमा

तेह्रथुम, २५ चैत-रोजगारीका लागि काठमाडौँ र इटहरी गएर फर्किएका सातसहित ९ जनालाई सोमबारदेखि क्वारेन्टाइनमा राखिएको छ ।काठमाडौँबाट घर फर्कने क्रममा यही चैत ११ गते इटहरी आइपुगी लकडाउनमा परेका उनीहरुलाई सोमबार म्याङलुङस्थित घर पुग्नासाथ प्रहरीले नियन्त्रणमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्