एम्बुलेन्स देख्ने वितिकै छिः छिः दुरदुर गर्छन : एम्बुलेन्स चालक

 न्यूज विराट
एम्बुलेन्स देख्ने वितिकै छिः छिः दुरदुर गर्छन : एम्बुलेन्स चालक

पथरी, जेठ २०–‘हामी एम्बुलेन्स चालक दिनरात नभनी खटिइराखेका छौँ । हामीले कुन विरामी कस्तो भनेर कसैलाई भेदभाव गर्दैनौँ तर यो लकडाउनको समयमा हामीले पानी पनि किनेर खान्छु भन्दा होटलवालले दिँदैनन् ।’

यस्तो समस्या एकजना एम्बुलेन्स चालकको मात्र हैन अधिकांश एम्बुलेन्स चालकको हो । मोरङ पथरी शनिश्चरे १ का राम शर्माले लकडाउनमा अवधीमा २ पटक काठमाडौं जादा आउदा बाटामा बिभिन्न किसिमका पिडा भोगेको गुनासो गर्छन्् ।

काठमाडौं बिरामी लिन र पु¥याउन हिडेको एम्बुलेन्स चालकले खानाको त कुरै छाडौँ पानी समेत किनेर खान नपाएको शर्माले बताए । बाटामा अन्य सवारी साधनका चालकले खाना खाइरहेका हुन्छन् तर एम्बुलेन्स चालक भने पछि एम्बुलेन्स रोक्न समेत नदिएको शर्माले दुखेसो गरे ।

खानाका लागि कि त घरबाट टिफिन बोकेर हिड्नु पर्छ कि त चाउचाउ बिस्कुट बोकेर हिड्नु पर्छ, बाटामा खुलेका पसलले एम्बुलेन्स रोक्ने बितिकै छिः छि दुरदुर गर्छन । काठमाडौंमा त भोकलाग्यो भने हस्पिटलको क्यान्टीन खोज्नु पर्छ । काठमाडौंमा त वडा अध्यक्षले मोरङको गाडी भनेर पार्किङ गर्न समेत दिएनन् ।

आफ्नो स्वास्थ्य जाँचको कागज देखाएपछि मात्रै तत्काल त्यहाँबाट हिड्न भनेर हप्काएर पठाएको शर्माले बताए । यस्तै समस्या छ लक्ष्मी मगरको पनि । काभ्रे स्थाइ घर भएकी मगरले हाल सुनसरीमा मनमाया श्रेष्ठ भूवन मेमोरियल ट्रष्टको एम्बुलेन्स चलाउछन् । काठमाडौं जाँदा रात परे पछि बास बस्न खोज्दा एम्बुलेन्स राख्न समेत नदिएपछि बनेपा आएर बल्ल तल्ल बास बसेको मगरको गुनासो छ ।

पूर्वी पहाडी क्षेत्रमा पनि एम्बुलेन्स लिएर जान सक्ने अवस्था नभएको चलकहरु बताउछन् । सुनसरीको डाँगी सेवा समाजका एम्बुलेन्स चालक अहिले खाँदबारी क्वारेनटाइनमा छन् । नोवेल मेडिकल विराटनगरबाट विरामी लिएर खाँदबारी गएका चालकलाई जबरजस्ती क्वारेनटाइनमा बस्न बाध्य भए ।

सिडियो देखि आफ्नो पहुँचले भ्याए सम्मलाई गुहार्दा पनि स्वास्थ चालकलाई क्वारेनटाइनमा राखेको समाजका अध्यक्ष गणेश डाँगीले बताए । पहाडी क्षेत्रमा समस्या भएपछि मोरङ र सुनसरी एम्बुलेन्स चालक संघले पहाडी क्षेत्रमा एम्बुलेन्स नलैजाने निर्णय गरेको छ ।

विरामीको सेवामा हिडेको एम्बुलेन्स र चालकहरुलाई नै यस्तो ब्यावहार भए पछि पाहाडी भेगका विरामी नबोक्ने निर्णय गरेको सुनसरी एम्बुलेन्स चालक संघका अध्यक्ष भूवन मगरले बताए । कसैले पहाडी क्षेत्रमा एम्बुलेन्स लगे सघं जिम्मेवार नहुने अध्यक्ष मगरको भनाई छ ।

प्रहरीले बाटामा एम्बुलेन्स रोकी पैदलयात्रीलाई जवरजस्ती चडाइदिने गरेका छन । पैदलयात्री बोकेपछी क्वारेनटाइनमा बस्नु पर्छ त्यो भन्दा बरु एम्बुलेन्स थन्काएर घरमा बस्नुपर्ने अवस्था आएको चालकको भनाई छ ।

अग्रस्थानमा रहेर काम गरिरहेका एम्बुलेन्स चालक, स्वास्थकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले उनीहरुले जस्तै भोलि आम जनता पिडामा हुदा छिः छिः दुरदुर गरे समस्या झन जटिल हुने चालकहरु बताउछन ।

सम्बन्धित समाचार

३५ दिन सीआईबीलाई विश्वास गरौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३५ दिनसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी० लाई विश्वास गर्न आग्रह गरेका छन् । एक क्विन्टल सुन प्रकरणमा सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिने क्रममा गृमहमन्त्री...

चीनको क्विन्डाओका ६ जनामा कोरोना देखिँदा एकैसाथ ९० लाखको परीक्षण

एजेन्सी, २६ असोज चीनको पूर्वी तटीय शहर क्विन्डाओमा ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीले बताएका छन् । केही महिनाभित्रै पूरै शहरका...

प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । विराटनगर–१७ स्थित मदरसा अशरफिया इजरुल उलूम आधारभूत विद्यालयको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर...

प्रदेश १ मा थप ८ जना कोरोना जितेर डिस्चार्ज

विराटनगर, २६ वैशाख-विराटनगरमा उपचाररत थप ८ जना संक्रमितहरू कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोसी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आइसोलेशनमा रहेका उनीहरू डिस्चार्ज भएका...

अमेरिकामा एकैदिन थपिए ६२ हजार कोरोना संक्रमित

एजेन्सी, असार २५-संयुक्त राज्य अमेरिकामा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार त्यहाँ गत २४ घण्टामा अहिलेसम्मकै बढी ६१ हजार ८ सय संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ३१...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी र एमएसको प्रवेश परीक्षा रद्द

पोखरा, फागुन ११–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर प्रवेश तहको परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो । शनिबार भएको...

युवा उद्योगी प्रेम राठी सम्मानित

विराटनगर । विराटनगरका युवा उद्योगी प्रेम राठी सम्मानित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर राठीलाई बुधबार सम्मान गरेको हो । सम्मानित भएका राठीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत...

बलिउड संगीतकार वाजिद खानको निधन

एजेन्सी, जेठ १९-बलिउडका संगीतकार वाजिद खानको निधन भएको छ । गएराति वाजिदको निधन भएको उनको परिवारले पुष्टि गरेको छ  । वाजिदको निधनले बलिउडको चर्चित साजिद–वाजिदको जोडी टुटेको छ । वाजिदले आफ्ना भाई साजिदसँग मिलेर बलिउडका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्