गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण थप

 न्यूज विराट
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण थप

पोखरा, २० जेठ-गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित स्याङ्जा र पर्वत जिल्लामा हुन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२, ४० बर्षका ४ जना पुरुष र बिरुवा गाउँपालिका घर भएका २० वर्षीय १ युवकमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पर्वतको फलेवास नगरपालिका घर भएर कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० र ४० वर्षीय २ जना पुरुष र महाशिला गाउँपालिका ठेगाना भएर कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका १९, २० र २१ वर्षीय ३ जना युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतमा कोरोना भाइरस संक्रमित पहिलो पटक भेटिएका हुन् ।

उनीहरू सबैलाई अहिले जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७  पुगेको छ ।

सम्बन्धित समाचार

संशोधित निशान छाप प्रयोग गर्न संघीय मन्त्रालयको पत्राचार

काठमाडौं, ११ असार-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संशोधित निशान छाप प्रयोग गर्न मातहतका निकायलाई पत्राचार गरेको छ ।यसअघि गृह  मन्त्रालयले काटेको पत्रका आधारमा बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह, सबै...

नेकपाको आयोजनामा मोरङमा बृहत बृक्षारोपण, ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गरे

विराटनगर, असार १४–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तिको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गरौँ, वातावरणको सुधार गरौ’ भन्ने...

रुसमा संक्रमितको संख्या करिब साढे ४ लाख, विश्वमा ६७ लाख १४ हजार

मस्को, जेठ २३–रुसमा कोरोना संक्रमितको संख्या करिब साढे ४ लाख पुगेको छ । शुक्रबार दिउँसो सम्ममा रुसमा कोरोना संक्रमितको संख्या ४ लाख ४९ हजार ८ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा रुसमा...

रंगेलीमा कोरोना संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु

रंगेली, ३ जेठ । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणका कारण रंगेलीमा सोमबार दिउँसो एक जनाको मृत्यु भएको छ । नयाँ भेरियन्टको संक्रमण सुरु भएयता रंगेलीमा पहिलो पटक एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...

प्रदेश प्रमुखद्धारा बजेट प्रमाणिकरण

विराटनगर । कोशी प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङबाट प्रमाणिकरण भएको छ । प्रदेश प्रमुख खापुङ्गले शुक्रबार बजेट प्रमाणिकरण गरेका हुन् । प्रदेशसभाको मंसिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई...

सुनसरीको खनारमा दुर्घटना, विद्यार्थीको मृत्युपछि स्थानीयले जलाए बस

विराटनगर । सुनसरीको इटहरी खनार सड्क खण्डको शान्तिचौकमा भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थीको मृत्युपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । अहिले सडक बन्द रहेको छ । सडक खुलाउन प्रहरीले...

बीपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

विराटनगर, १ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार साँझ झापा र सुनसरीका एक/एक संक्रमितको मृत्यु भएको हो ।   प्रतिष्ठानको कोभिड अस्पतालमा २९...

राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट भाेलि हुँदै

काठमाडाैं, २४ वैशाख-संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे छ । २६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो दिन अर्थात् भाेलि बिहान १० बजेदेखि सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे हाे ।

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्