प्रदेश २ मा २४ घण्टामा ६४ कोरोना संक्रमित थपिए  

 न्यूज विराट
प्रदेश २ मा २४ घण्टामा ६४ कोरोना संक्रमित थपिए  

जनकपुर, १९ जेठ-प्रदेश २ मा कोरोना संक्रमित संख्या ६ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशका ४ जिल्लाका ६४ जना नयाँ संक्रमित थपिएपछि सो संख्या पुगेको हो ।

पछिल्लो समयमा रौतहटबाट २८, धनुषाबाट २१, सर्लाहीबाट १० र पर्साबाट पाँचजना थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले आइतबार सम्मेलनमार्फत् जानकारी गराए । थपिएका नयाँ सङ्क्रमितमध्ये अधिकांश भारतको गुजरात लगायतका ठाउँबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो ।

थपिएका ६४ जनामध्ये धनुषाको जनकपुरस्थित गोपाल धर्मशालास्थित क्वारेन्टानका १९, १९, २०, २१, २३, २४, २७, २७ र २७ वर्षीय गरी ९ जना पुरुष, मुखियापट्टि मुसहरनियास्थित तुलसियाही क्वारेन्टानका २४, २५, २६, २७, २८, ३०, ४५, ४६, ३५, ३५, ३५ वर्षका गरी ११ पुरुष र गणेशमान चारनाथ नगरपालिका-४ स्थित दुखनीदेवी नर्सिङहोमका १ जना २१ वर्षीय पुरुष छन् ।

त्यस्तै, सर्लाहीको हरिपुरस्थित क्वारेन्टिनका १५, २४, ३४, ५०, ४० र एकजना उमेर नखुलेका पुरुष गरी ७  र ब्रह्मपुरीस्थित रामविलास मावि क्वारेन्टिनका २५, २८ र ४८ वर्षको पुरुष गरी ३ जना छन् ।

यसैगरी, रौतहटका दुर्गाभगवती गाउँपालिकास्थित गङ्गापिपरा मावि क्वारेन्टिनका १७, २२, २३, २९, ४५, ३५, ४०, २५ र २५ वर्षका गरी ८ जना पुरुष छन् ।

इशनाथ नगरपालिका-७ स्थित क्वारेन्टिनका २०, २०, १७, १९, २१, २२, २४,२७, ३६, ४५ र ५० वर्षका गरी ११ पुरुष र सोही नगरपालिका-८ का जोगहा मदरसा क्वारेन्टानका ४, ८, १२ वर्षका ३ बालकका साथै ३०, ३०, १८, २२, ४५ र ५२ वर्षका गरी नौजना छन् ।

सोही अनुरुप, पर्साको पर्टेवास्थित क्वारेन्टानका एक २५ वर्षीया महिलाका साथै २२, २२, २५ र ३६ वर्षका पुरुष गरी ५ जना सङ्क्रमित पुष्टि भएको हो ।

सम्बन्धित समाचार

प्रदेश- १ का मुख्यमन्त्री राईले हटाए आर्थिक मामिलामन्त्री आङ्बोलाई

काठमाडौं, ११ पुस-सरकार ढाल्न खाेजेकाे भन्दै प्रदेश- १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् । प्रचण्ड-माधव नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले शनिबार साँझ...

कोरोनासँग हारे दोस्रो विश्वयुद्धका विजेता

एजेन्सी, बैशाख २६-कुनै कुराले संसारलाई परिवर्तन गरिदिन्छ भने त्यो हो– युद्ध । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को ८ मे अर्थात् ‘युरोपमा जितको दिन’ थियो । तर, त्यो युद्धको अन्तिम दिन थिएन । जापान पूर्ण...

विराट गोल्डकप : घरेलु टोली सांग्रीला फाइनलमा, आज मच्छिन्द्र र सिक्किम भिड्दै

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा...

संसद विघटन गर्न प्रधानमन्त्रीको सिफारिस

काठमाडौं, ५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् ।

विराटनगरमा एसईइ फुटबल प्रतियोगिता हुँदै, मोरङ र सुनसरीका ४५ विद्यालयको सहभागी हुने

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको एसईइ अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा विराटनगरमा असार ३० गतेदेखि उक्त प्रतियोगिता सुरु हुने भएको...

काठमाडौंमा वायु प्रदुषणको मात्रा अत्याधिक बढ्यो

विराटनगर, २१ पुस-विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बर स्थानमा देखिएको छ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा आज बिहान एअर क्वालिटी...

हिसान स्पोर्ट्स मिटमा मेरील्याण्डका विद्यार्थीले ल्याए स्वर्ण पदक

विराटनगर । हिसान स्पोर्ट्स मिटमा विराटनगरस्थित मेरील्याण्ड कलेजका दुइ जना छात्राले स्वर्ण पदक जितेका छन् । हिसान स्पोर्ट्स मिट अन्र्तगत टेबल टेनिस प्रतियोगितामा सौगात कोइराला र प्रतिकजंग बस्नेतले स्वर्ण पदक जितेका हुन् । कोइराला र...

विराटनगरमा दिनदहाडै युवामाथि तरबार प्रहार गर्ने दुई जना पक्राउ, ६ जना अझै फरार

विराटनगर । विराटनगरको व्यस्त बजारमा दिनदहाडै एक युवामाथि तरबार प्रहार गरेको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – ८ का २२ वर्षीय समीर हुसेन र विराटनगर – ६ का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्