बाँतर जातीको पुर्खा गेड बाबा मन्दिर शिलान्यास

 न्यूज विराट
बाँतर जातीको पुर्खा गेड बाबा मन्दिर शिलान्यास

विराटनगर, जेठ १८–नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आ–आफ्नै रीतिरिवाज र संस्कृति रहेका छन् । त्यसमध्येको एक हो बाँतर जाती । विशेष गरी तराईमा बसोबास गर्ने यो जातीको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको छ ।

आफ्नो मौलिक संस्कृति संरषण गर्ने उद्देश्यले मोरङको कटहरी–६ स्थित थलाहामा बाँतर जातिको पुर्खा गेड बाबाको मन्दिर निर्माण हुने भएको छ । अन्य ठाउँभन्दा ठूलो आकारमा मन्दिर निर्माण हुने भएपछि स्थानीय बाँतर समुदाय उत्साहित भएका छन् ।

मोरङको कटहरी गाउँपालिका–६ थलाह स्थित प्रदेश नंः १ की सांसद कल्पना सरदारले मन्दिरको निर्माण सामग्रीमा विधिपूर्वक पूजा गरी शिलान्यास गरिन् । सांसद सरकारले शिलान्यस सुरु गरेसँगै मन्दिर निर्माण कार्य आज देखी सुरु भएको हो ।

नेपालको विभिन्न स्थानमा बसोबास गर्ने बा“तर जातीका पुर्खा इष्टदेव गेड बाबा बाँतर सरदार जातीका हुन् । बाँतर जातीका अगुवाहरुका अनुसार उनी चमत्कारी थिए । जहा“ दुःख हुन्छ । त्यहा“ सुख दिन उनी चमत्कारी रुपमा देखा पर्ने गरेको अगुवाहरुले बताए । यिनै विश्वासका साथ मन्दिर निमार्णका लागि प्रदेश नंः १ की सांसद कल्पना सरदारले सांसद कोषबाट १० लाख रुपैयाँ बजेट बिनियोजा गरेकी हुन् ।

शिलान्यास कार्यक्रममा उनले कुल देवता प्रतिक पुर्खाको मन्दिर रहेकोले गेड बाबा मन्दिर निमार्ण गर्न आउँदो दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । सो अवसरमा बाँतर जातीलगायत कटहरीमा रहेका विभिन्न जातजातीका संस्कृति संरक्षण गर्ने गाउँपालिकाको दायित्वरहेको अध्यक्ष रामकुमार कामतले बताए ।

उनले मन्दिर निमार्ण गर्न अगामी अर्थिक वर्षमा बजेट विनयोजन गर्ने प्रतिवद्धता जनाए । वडाध्यक्ष पृथ्वीलाल सरदारका अनुसा बा“तर समुदायका मानिसहरुले शिकार गर्ने क्रममा असार मसान्तमा निल गाई मारेका थिए । त्यही निल गाई मारेकाले गौहत्या लाग्ने डरले महराज गेड सिंह बाँतर सरदारको शरणमा पुगेर आफूहरुलाई गौहत्याको पापबाट मुक्त पार्नका लागि इष्टदेव गेड बाबासंग आग्रह गरेका थिए ।

त्यसपछि बा“तरहरुलाई महराजले मृत गाईलाई सेतो कपडाले छोप्न लगाएका थिए । केहि समय पछि छोपेको कपडा उर्घादा निल गाई ठूलो सु“गुरको रुपमा परिणत भयो र त्यसपछि गौहत्या नभइ सु“गुर हत्या भएको पुष्टि भयो र बा“तर जातिलाई पापबाट ईष्ट देव गेंड बाबाले मुक्त गरीदिएको वडाअध्यक्ष सरदारले बताए ।

बा“तर जातीलाई पापबाट ईष्ट देव गेंड बाबाले मुक्त गरीदिएको भन्दै असार १ गते सु“गुरको बली दिने प्रचलनको सुरुवात भएको थियो । असार १ गते गरिआएको सो पूजालाई माघी महोत्सवको रुपमा माघ १ गते सोही रितअनुसार माघेसंक्रान्तिका दिन ईष्ट देव गेंड बाबाको पूजा गर्न थालेको बाँतर जातिका अग्रज पन्नालाल सरदारले जानकारी दिए ।

बा“तर समुदायहरुको वसोवास भएको घना वस्तीहरुमा गेड बाबाको मठ् मन्दिर स्थापना गरी पूजा आजा गरिदै आएको उनले बताए । निमार्ण गर्न लागिएको बाँतर जातिको पुर्खा गेडबाबा मन्दिरको भित्रि भागको चौडाई र लम्बाई १० वाई १० फिट रहेको छ । भने बाहीरी भागको चौडाई र लम्बाई २६ वाई २६ फिट र उच्चाई ५५ फिट रहेको छ ।

मन्दिर निमार्ण गर्नका लागि करिब ६५ लाख रुपैयाँ लागत लागने अनुमान गरिएको छ । नेपालको अधिकांश तारईमा बसोवासे गर्ने बाँतर जातिको जनसंख्या २०६८ को जनगनणा अनुसार ३५ हजार रहेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा फेरी बढ्न थाल्यो कोरोना संक्रमण, आज ११३ जना थपिए

विराटनगर, २६ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास...

राष्ट्रपतिको विज्ञप्ति लगत्तै मन्त्रिपरिषदको आकस्मिक बैठक, संसद विघटन हुन सक्ने

काठमाडौं, ७ जेठ । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बस्दैछ । केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको केही घण्टा नबित्दै राति मन्त्रिपरिषद बैठक बस्न...

मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी सङ्कलन

खोटाङ, १६ मङ्सिर-विश्व प्रसिद्ध त्रिधार्मिक धाम हलेसीबाट चार महिनाको अवधिमा रु १२ लाख भेटी सङ्कलन भएको छ । गत साउन १ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट रु १२...

भत्ता लिन बैंक पुगेका वृद्धको मृत्यु

धादिङ, ८ जेठ-धादिङको गंगाजमुना गाउँपालिकाका १ वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश...

सभामुख सापकोटाकाे निवासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, १७ साउन-प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत १ जना कर्मचारीलाई  कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुख सोपकोटासहित निवासमा कार्यरत...

स्पोर्ट्स मिटको नतिजा सच्याउँदै प्याब्सनले निकाल्यो विज्ञप्ति, प्रतियोगिताको तेस्रो विराटनगरको एभरेष्ट

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट २०८० को नतिजा सार्वजनिक गर्दा त्रुटि भएको भन्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङले विज्ञप्ति निकाल्दै सच्याएको छ । माघ २९ गते सम्पन्न स्पोर्ट्स मिटको पुरस्कार वितरणका क्रममा मानव...

पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी

काठमाडौं, १२ साउन-अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको...

कोरोना संक्रमित फेला परेको भन्दै अफवाह फैलाउने पक्राउ

कैलालीको टीकापुरमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको भन्दै सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने एक जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरले सामाजिक सञ्जाल फेसबुकमा कोरोना संक्रमित ब्यक्ति भेटिएको भन्दै अफवाह फैलाउनले टीकापुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्