सामुदायिक विद्यालयलाई होच्याउने काम बन्द गर्न शिक्षक महासंघको चेतावनी

 न्यूज विराट
सामुदायिक विद्यालयलाई होच्याउने काम बन्द गर्न शिक्षक महासंघको चेतावनी

विराटनगर, जेठ १८–विराटनगरस्थित पोखरिया मावि र नीजि विद्यालयका विभिन्न संगठनहरुबीच विवाद बढीरहेका बेला नेपाल शिक्षक महासंघ र सामुदायिक विद्यालय अभिभावक संघ विराटनगर समितिले पनि मुख खोलेको छ ।

पोखरिया माध्यमिक विद्यालय विराटनगरको नाम जोडी सम्पूर्ण सामुदायिक विद्यालयलाई नै होच्याउने र अपमान गर्ने गरी संस्थागत विद्यालयसँग आवद्ध संघ संस्थाहरुले प्रेस विज्ञप्ति निकालेको भन्दै शिक्षक महासंघ र अभिभावक संघले असन्तुष्टि व्यक्त गर्दे आइतबार अर्को प्रेस विज्ञप्ति जारी गरेको हो ।

‘पोखरिया माध्यमिक विद्यालय विराटनगरको नाम जोडी सम्पूर्ण सामुदायिक विद्यालयलाई नै होच्याउने र अपमान गर्ने गरी संस्थागत विद्यालयसँग आवद्ध संघ संस्थाहरुले निकालेको प्रेस विज्ञप्तिप्रति नेपाल शिक्षक महासंघ विराटनगर महानगर समिति र सामुदायिक विद्यालय अभिभावक संघको गम्भिर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ, ‘साथै संस्थागत विद्यालयहरुको माग र आवजलाई मात्र मुखरित गर्ने गरी प्रस्तुत हँुदै आएका अन्य अभिभावक संघ समेतको प्रस्तुतिप्रति हामी दुःख प्रकट गर्दछांै ।’

दुवै संस्थाले स्वच्छ प्रतिस्पर्धा, सहकार्य र समझदारीवाट अगाडि बढ्नु पर्नेमा त्यसो नगरी शिक्षाप्रदान गर्ने जिम्मेवारी आफ्नो मात्रै हो भन्ने ढंगले एक आपसमा आक्षेप लगाई मैदानमा उत्रने संस्थागत विद्यालयहरुको प्रतिनिधिमूलक संस्थाहरुको क्रियाकलापप्रति सचेत पनि गराएको छ । कोही कसैले पनि सामुदायिक विद्यालयलाई होच्याउने कार्य नगर्न, नगराउन ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा सामुदायिक तथा संस्थागत विद्यालय शिक्षाका दुई अभिन्न अंग हुन भन्ने कुरालाई राम्ररी वुझेको उल्लेख छ ।

‘हाम्रो इमान्दारितालाई गलत ढंगले नलिइयोस भन्ने हाम्रो चाहना हो । अरुलार्ई कानुको मर्यादा र सर्वाेच्चता सिकाउनेले आफ्नो क्रियाकलापको आत्ममूल्याङ्कन गर्न समेत कडा रुपमा ध्यानाकर्षण गराउदछौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘संयमता कायम गरी सहकार्यलाई अगाडि बढाउन समेत सम्बद्ध सबैलाई अपिल गर्दछाँै ।’

विज्ञप्तिमा सामुदायिक विद्यालय अभिभावक संघ विराटनगरका अध्यक्ष कृष्णप्रसाद गौतम, नेपाल शिक्षक महासंघका अध्यक्ष कुमार खतिवडा र सचिव डेककुमार बाँस्तोलाले हस्ताक्षर गरेका छन् । यसअघि लकडाउनको उल्लंघन गर्दै विराटनगरस्थित पोखरीया माध्यामिक विद्यालयले विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको आरोप लगाउँदै नीजि विद्यालय संचालकहरुको संगठन प्याब्सन र एनप्याब्सनले विज्ञप्ति निकाल्दै कारबाहीको माग गरेको थियो ।

त्यसको भोलिपल्ट पोखरिया स्कुलका तर्फबाट प्रवेश परीक्षा नलिएको भन्दै प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईविरुद्ध कडा विज्ञप्ति जारी गरेको थियो । लगत्तै शनिबार निजी विद्यालयहरुसँग सम्बद्ध विभिन्न ४ वटा संगठनले एकै स्वरमा पोखरिया स्कुललाई कारबाहीको माग गर्दै वक्तत्व दिएपछि विवाद अझै बढेको थियो ।

त्यसको भोलिपल्ट आज विज्ञप्ति निकाल्दै शिक्षक महासंघले सामुदायिक विद्यालय विरुद्ध जथाभावि वक्तव्यबाजी नगर्न निजी विद्यालयका संचालकहरुको संगठनहरुलाई चेतावनी दिएको हो ।

सम्बन्धित समाचार

गुट बलियो बनाउने सिटौला रणनीति

काठमाडौं, चैत ४–महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू आ–आफ्नो गुट बलियो बनाउने रणनीतिमा लागेका छन् । २०७७ सालको फागुन पहिलो हप्ता १४ औं महाधिवेशन गर्न कार्यतालिकासमेत सार्वजनिक गरिसकेको कांग्रेसभित्र मुख्य गरी सभापति...

प्रदेश १ मा १२ हजारको कोरोना परिक्षण

विराटनगर, जेठ १–प्रदेश १ मा करिब १२ हजारको कोरोना परीक्षण भएको छ । पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । त्यस्तै आरडिटी बिधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण...

भारतमा साढे ३ लाख संक्रमित थपिए

काठमाडौं, ७ माघ । भारतमा पछिल्लाे २४ घण्टामा झण्डै साढे ३ लाख काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले २४ घण्टाकाे अवधिमा ३ लाख ४७ हजार २५४ संक्रमित थपिएकाे शुक्रबार जानकारी दिएकाे हाे ।...

माधव र उपेन्द्रले हैसियत भन्दा बढी भाग खोजेः प्रचण्ड

काठमाडौं, बैशाख २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माधव कुमार नेपाल र उपेन्द्र यादवले हैसियत भन्दा धेरै दावी गरेपछि सत्ता गठबन्धनबीचको तालमेल असहज बनेको बताउनु भएको छ । स्थानीय तहको निर्वाचनमा...

प्रहरीकै अगाडि हतियार फ्याँक्ने अझै फरार  

काठमाडौं, १४ साउन-प्रहरीकै अगाडि हातहतियार फ्याकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । सवारी जाँच गर्ने क्रममा काठमाडौंको कमलादीमा मंगलबार बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले...

नेपालका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर औषत : अर्थमन्त्री

काठमाडौं, १६ जेठ-अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत नेपालको औषत आर्थिक वृद्धिदर पुगेको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट विनियोजन गरेका अर्थमन्त्री खतिवडाले अर्थतन्त्र केही शिथिल भएको स्वीकार्दै...

२४ घण्टामा प्रदेश १ मा १६४ संक्रमित थपिए

विराटनगर, १९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १÷१ र प्रदेश १ बाहिरका २ जना रहेको...

मोरङमा ३९८ सहित प्रदेश १ मा ७६३ जना संक्रमित थपिए

विराटनगर, ९ जेठ । प्रदेश १ मा आज ७६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, र भोजपुरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्