रतुवामाईमा राजवंशी विकास समितिको भवन निमार्ण कार्य सुरु

 न्यूज विराट
रतुवामाईमा राजवंशी विकास समितिको भवन निमार्ण कार्य सुरु

विराटनगर, जेठ १८–मोरङको रतुवामाई नगरपालिका–४ स्थित झुर्किया बजारमा राजवंशी समाज विकास समितिको नगर सभाहल भवन निमार्ण हुने भएको छ । नेपाल सरको तराई मधेश समृद्धि कार्यक्रम मार्फत बहुबर्षीय योजनामा अन्तर्गत भवन निर्माण हुन लागेको हो ।

चालु आर्थिक वर्षमा सो भवनका लागि २५ लाख रुपैयाँ बिनियोजन भएको थियो । अढाई तले उक्त भवनको आइतबार नेकपा मोरङ जिल्ला कमिटी सचिव गणेश उप्रेतीले शिलान्यास गरे ।

उनले राजवंशी समाजले आफ्नो बंशावलीहरुको संरक्षण गर्न तथा नयाँ पुस्तासँग पनि आफ्नो बंशावलिको पहिचान दिनलाई राख्ने उद्धेश्य सहित राजवंशी समाजको भवन निमार्ण गर्ने लागेको समाजका अध्यक्ष रामबहादुर राजवंशीले जानकारी दिए ।

रतुवामईमा छरिएर रहेका सबै राजवंशीहरुलाई एकिकृत गर्दै राजवंशी बंशको जर्गेणा गर्ने उद्धेश्यले भवनको निमार्ण गर्न लागेको शिवनारायण राजवंशीले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा नेकपा मोरङका सचिव उप्रेतीले राजवंशी समुदायको संस्कृती, सम्पदा र साहित्यलाई युगौँ युग सम्म संरक्षणमा टेवा पुग्ने बताए । शिलान्यास कार्यक्रममा नेकपा नगर इन्चार्ज सुमन कालिकोटे, वडा अध्यक्ष देवराज राजवंशीसहित अन्य समितिका सदस्य र स्थानीयको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

प्रेस पास नवीकरण अब जिल्ला हुलाकबाटै

देशभर कार्यरत सञ्चारकर्मीको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो...

उपत्यकामा आज १ हजार ५ सय ३३ जनामा कोरोना पुष्टि

काठमाडौं, २३ कात्तिक-शनिबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १ सय २ सय ९४, भक्तपुरका ७७ र ललितपुरका १ सय ६२ जना हुन् ।   स्वास्थ्य...

घरेलु तथा साना उद्योग महासंघ उर्लाबारीमा गठन, युवा उद्यमीको अध्यक्ष सुनिल र महिलामा सरस्वती

विराटनगर । नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङ्ग अन्तर्गत दुई समिति गठन भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ उर्लाबारी नगर समिति तथा उर्लाबारी महिला उद्यम नगर समिति गठन भएको हो । उर्लावारी...

कोशीको सत्ता राजनीति : मुख्यमन्त्री पाए मात्रै राप्रपा नयाँ गठबन्धनमा जाने

काठमाडौँ — कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायकमध्ये एक मानिएको राप्रपासँग कांग्रेस र माओवादीका नेताहरूले चरणबद्ध छलफल गरिरहेका छन् । तर प्रदेशसभामा ६ सिट भएको राप्रपाले कांग्रेस(माओवादीको गठबन्धनसँग मुख्यमन्त्री आफूले पाउनुपर्ने सर्त अगाडि सार्न...

कोरोना रोकथाम तथा नियन्त्रणका लागि मुख्यमन्त्री राईको सक्रियता बढ्यो

विराटनगर, साउन २७–प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा आज सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेका छन् । बैठकमा प्रदेशका मन्त्री सहित स्वास्थ्य क्षेत्रका विज्ञ...

भारतमा ५० लाखभन्दा बढीले जिते कोरोना

एजेन्सी, १२ असोज-भारतमा कम्तीमा पनि ५० लाख कोरोना संक्रमित निको भएका बताइएको छ । भारतीय सरकारले त्यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी...

विश्वभर कोरोना संक्रमणबाट ६ लाख ८ हजारको मृत्यु 

एजेन्सी, साउन ५ -विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार  ९ सय ७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार सोमबारसम्म विश्वभरिमा १ करोड ४६...

बथनाह–कटहरी रेल्वे मार्गको काम अन्तिम चरणमा

विराटनगर, ८ साउन । भारतको बथनाहदेखि विराटनगरसँगै जोडिएको मोरङको कटहरीसम्म रेल्वे मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रेल्वे मार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सञ्चालनका लागि तयार भएको छ । दुई मुलुकबीचको प्रशासनिक काम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्