मन्त्री घिमिरेद्धारा योजनाहरुको अनुगमन

 न्यूज विराट
मन्त्री घिमिरेद्धारा योजनाहरुको अनुगमन

विराटनगर, जेठ १७–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको निर्वाचन क्षेत्र ४ (ख) अन्र्तगत निर्माणाधिन योजनाहरुको अनुगमन गरेका छन् ।

निर्वाचन क्षेत्र विकास कोष मार्फत कटहरीमा निर्माण भईरहेका योजनाहरुको मन्त्री घिमिरेले अनुगमन गरेका हुन् । कटहरी–१ महेशपुरमा निर्माण भईरहेको लक्ष्मी सामुदायिक भवन र लक्ष्मी मन्दिर, कटहरी २ को किसान मार्ग सडक, कटहरी ३ जिरातटोलको लक्ष्मी मन्दिर, कटहरी सामुदायिक भवन र शैलेश मन्दिरको मन्त्री घिमिरेले अनुगमन गरेका हुन् । कटहरी सामुदायिक भवन ५० लाख र अन्य योजनाहरु १०÷१० लाख रुपैयाँका रहेका छन् ।

कटहरी सामुदायिक भवन ५ कठ्ठा जमिनमा १ हजार व्यक्ति अट्ने क्षमताको रहेको छ । निर्वाचन क्षेत्र विकास कोष मार्फत विनियोजित वजेटमा योजनाहरु निर्माण भईरहेको मन्त्री घिमिरेले बताए ।

मन्त्री घिमिरेले योजनाहरु निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले योजनाहरुको अनुगमनका साथै लकडाउनका कारण प्रभावित भएका स्थानीयहरुहरुको पनि समस्याबारे जानकारी लिएका छन् ।

निर्माणाधिन योजनाहरुको मन्त्री घिमिरेसँगै नेकपा प्रदेश कमिटी सदस्य मृत्युन्जयकुमार झा लगायतका नेताहरुले पनि अनुगमन गरेका थिए । अगुगमनमा कटहरीका लोकप्रीय नेता नेकपा प्रदेश कमिटी झाले पनि योजनाहरु तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिए ।

सम्बन्धित समाचार

सीमा सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री थापा 

डडेल्धुरा, ९ असोज-गृहमन्त्री रामबहादुर थापा (बादल)ले सीमा सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० छाङरु दार्चुलाको उद्घाटन र भवन शिलान्यास गर्दै...

विषाक्त मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई २४ लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं, जेठ २९-विशाक्त मदिरा सेवन गरी मृत्यु भएकाको परिवारका सदस्यलाई केन्द्रीय सरकारले क्षतिपूर्ति दिने भएकोछ । गृह मन्त्रालयको सिफारिसमा विषादी युक्त मदिरा सेवन गरी ज्यान गुमाएका महोत्तरी जिल्लाका १२ जनाको परिवार सदस्यलाई २ लाखका दरले...

कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सचेत हुनुपर्नेमा जोड

विराटनगर, साउन १३–कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सतर्क हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कोभिड १९ संवन्धि छलफल कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन्...

स्थानीय तहसँग समन्वय गर्न ७ प्रदेशमा सम्पर्क व्यक्ति

काठमाडौं, चैत ५–स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति (फोकल पर्सन) तोेकेको छ । मन्त्रालयका स्थानीय तथा समन्वय शाखाका प्रमुख बाबुराम अधिकारीले कोरोना भाइरस (कोभिड–१९)को सजगता, रोकथाम र नियन्त्रण गर्न तथा स्थानीय तहका समस्या...

विवादित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सकारात्मक

काठमाडौं, ११ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विवादित अध्यादेश फिर्ता लिन सकारात्मक बनेका छन् । बिहीबार बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँगको भेटमा उनी अध्यादेश फिर्ता लिन सकारात्मक भएको उच्च...

मधेसमा एमालेका शीर्ष नेतालाई तोकियो विशेष जिम्मेवारी

जनकपुर, बैशाख २ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन जित्ने रणनीति बनाउँदै मधेस प्रदेशमा एमालेले पार्टीको उच्च तहका नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । निर्वाचनमा उम्मेद्वारीको टुंगो लगाउन,विभिन्न दलहरुसँग वार्ता र समन्वय...

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

खोटाङ, २१ वैशाख-छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण...

संकटका बेला एकजुट हुने असल परम्परालाई हामीले कायम राख्नुपर्छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाएकाको स्मरण गर्दै हालसम्म पनि समस्यामा रहेकाको सहज जीवनको कामना गरेकी छिन् । ‘१२ वैशाख २०७२ गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्प र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्