एजेन्सी, जेठ १७–स्पेसएक्सको अन्तरिक्ष यान द क्रु ड्रयागन नासाका दुई अन्तरिक्षयात्रीसहित प्रक्षेपण गरिएको छ । यो मिसन अमेरिककाको फ्लोरिडास्थित केनेडी एयर स्पेसबाट प्रक्षेपण गरिएको हो । अमेरिकाले ९ वर्षपछि अन्तरिक्ष मिसन पठाएको हो ।
निजी अन्तरिक्ष यान भाडामा लिएर नासाले अन्तरिक्ष यात्रीहरुलाई अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको हो । निजी अन्तरिक्ष यानबाट अन्तरिक्ष यात्रीलाई पठाइएको यो पहिलो घटना हो ।
नासाका खगोलविद् बब बेनकेन र डग हर्ली अन्तरिक्ष यात्रीका रुपमा गएका छन् । सन् २००० मा अन्तरिक्ष यात्रीका लागि छानिएका उनीहरु दुई दुई पटक अन्तरिक्ष पुगिसकेका छन् । उनीहरु नासाका सबैभन्दा अनुभवी अन्तरिक्ष यात्री हुन् । उनीहरु एलन मस्कको कम्पनी स्पेसएक्सको द क्रु ड्रयागन स्पेसक्राफ्टबाट आईएसएसतर्फ प्रस्थान गरेका हुन् । उनीहरु १९ घन्टामा शून्य गुरुत्वाकर्षणमा पुग्नेछन् ।
पहिलो कोशिस बुधबार नै गरेको भएपनि खराब मौसमका कारण प्रक्षेपण हुनुभन्दा १६ मिनेटअघि स्थगित गरिएको थियो । सन् २०११ पछि नासाले पहिलो पटक अन्तरिक्ष मिसन पठाएको हो । यो प्रक्षेपण हेर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि फ्लोरिडास्थित केनेडी सेन्टरमा पुगेका थिए ।