काठमाडौं, १७ जेठ-सरकारले जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले १३ असारसम्म अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल पनि बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद मंगलबार राती सकिँदै छ ।
लकडाउन जारी रहे पनि नेपालमा पछिल्लो समय संक्रमितको संख्या तीवं गतिमा बढिरहको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको तथ्यांक अनुसार १ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय १९ जना निको हुँदा ६ जनाले ज्यान गुमाएका छन् ।