नेपालमा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

 न्यूज विराट
नेपालमा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

काठमाडौं, जेठ १७-नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १ सय ८५ जना पुरुष र ४ जना महिलामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १ सय २४ जनाको पोजेटिभ आएको छ । २० देखि ४२ वर्षका धनुषाका ७ जना, झापाका १ जना ४५ वर्षीय पुरुष, कपिलवस्तुका १६ देखि ६० वर्ष उमेरका ७७ जना, पाटनकी १ जना २३ वर्षीया महिला, महोत्तरीका ४ जना २५ देखि ५५ वर्षका पुरुष, रौतहटका ६ जना १८ देखि ४५ वर्षीय पुरुष, सर्लाहीका १७ जना १६ देखि ४० वर्षीय पुरुष र सिरहाका ११ जना १७ देखि ४० वर्षीय पुरुष रहेका छन् ।

प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ३६ जनाको पोजेटिभ आएको छ । उनीहरू कपिलवस्तुका २९ जना १५ देखि ५० वर्षीय पुरुषहरू रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सप्तरीका १८ देखि २८ जना रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुका ३ जना २६ देखि ५२ वर्षीय पुरुषहरू रहेका छन् । दाङका ५ जना रहेका छन् ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ आएको छ । बाराका १ जना पर्साका २ जना रहेक छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनामा पोजेटिभ देखिएको छ । उनीहरू सबै दैलेखका हुन् ।

विराटनगरको कोसी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप २ जनामा पोजेटिभ आएको छ । दुवै संखुवासाभाका हुन् । योसँगै नेपालमा कुल संक्रमितको १ हजार ४ सय १ पुगेको छ । १ हजार २ सय ८८ जना पुरुष र १ सय १३ जना महिला रहेका छन् ।

आज डिस्चार्ज हुनेको संख्या १३ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले बताए । उनका अनुसार टेकु अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् । बलम्बुको कोभिड-१९ युनिफाइड अस्पतालबाट ११ जना पनि आजै डिस्चार्ज भएका छन् । डिस्चार्जको हुनेको संख्या २ सय १९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म ६६ हजार ७ सय २९ नमुनाको परीक्षण गरिएको छ । त्यसैगरी १ लाख ७ हजार ५५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा पीसीआर विधिबाट २ हजार ५ सय ७५ नमुनाको परीक्षण गरिएको छ । १ हजार ५ सय ७७ आरडीटी विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म १ लाख १० हजार ७८ जना देशका विभिन्न स्थानामा रहेका क्वारेन्टाइमा रहेका छन् । सम्भावति संक्रमित र संक्रमित गरी १ हजार १ सय ७६ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासङ्घको सहयोग

नेपाल उद्योग वाणिज्य महासङ्घले आफ्ना देशैभरका जिल्ला नगर उद्योग वाणिज्य सङ्घमार्फत स्थानीय स्तरमा गरिने सहयोगका लागि प्रत्येकलाई ५/५हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महासङ्घका अध्यक्ष भवानी राणाको अध्यक्षतामा हिजो बसेको...

विराटनगरबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले गाँजासहित दुई जना युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी (बिओपी) रानीले विराटनगर १६ हुलास चौकबाट गाँजासहित दुई जना युवालाई मङ्गलवार पक्राउ गरेको हो । स...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई ‘ओरेनटेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई ओरेनटेसन दिएको छ । कलेजले विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५०...

कोशीमा खसेको ट्रक एकदिनपछि निकालियो

विराटनगर । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक एकदिनपछि निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।...

दक्षिण कोरियामा नेपालीलाई पनि सरकारी राहत

दक्षिण कोरिया, ११ वैशाख-कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको १ प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्नेछन् । दक्षिण...

आज ५५ अंकले बढ्यो शेयर बजार, फाइनान्स क्षेत्रमा उत्साह

विराटनगर, १९ जेठ । दुई दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा बुधबार फेरी आफ्नो लयमा फर्किएको छ । बुधबार नेप्से परिसुचक दुई प्रतिशत अर्थात ५५ अंकले बढेर २८२७ पुगेको हो । विगत दुई दिनदेखि घट्दो...

भव्य कार्यक्रम गरी मनायो गौतमबुद्ध स्कुलले वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध स्कुलले ४२ औं वार्षिकोत्सव तथा तेस्रो फनफिस्टा विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको उद्घाटन विराटनगर...

अब ३३ ठाउँबाट काेराेनाकाे पीसीआर परीक्षण हुने

काठमाडाैं, १३ असारस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पीसीआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ ।कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न लागिएकाे मन्त्रालयका इन्सिडेन्ट कमाण्ड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्