२१ जेठदेखि निजी विद्यालयमा भर्ना

 न्यूज विराट
२१ जेठदेखि निजी विद्यालयमा भर्ना

काठमाडौं, १६ जेठ-सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले २१ जेठदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्ने भएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन-प्याब्सन), राष्ट्रिय अभिभावक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायतका संस्थाले आज संयुक्त विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन्।

ती संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही १३ जेठ राष्ट्रका नाममा भएको सम्बोधनमा नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठनपाठन सञ्चालनको काम अगाडि बढाउने घोषणा गरेको हुनाले बन्दाबन्दीपछि परिवर्तित सम्दर्भमा सामाजिक दूरी कायम राखी विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्न आफ्ना शिक्षक तथा कर्मचारीलाई उपस्थित गराउने भएको हो तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारे कुनै निर्णय गरेको छैन ।

मन्त्रालयको निर्णयपछि मात्रै सबै सामुदायिक विद्यालयमा समेत भर्ना खुल्नेछ । मन्त्रालयले गत वैशाख २२ गते विज्ञप्ति जारी गरी अर्को निर्णय नभएसम्म कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नलिन अपिल गरेको थियो । मन्त्रालयले भर्ना वा अनलाइन कक्षाका नाममा कुनै पनि शुल्क नलिन पनि आग्रह गरेको थियो ।

निजी विद्यालयका सञ्चालको संस्थाले त्यहाँका शिक्षक कर्मचारी विद्यालयमा उपस्थित भएर नयाँ शैक्षिक सत्रका लागि योजना बनाउनुका साथै शिक्षक कर्मचारीलाई तालीम/अभिमुखीकरणका लागि व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष अनुरोध पनि गरेको छ ।

ती संस्थाले सरकारी निकायबाट पाठ्यपुस्तकको ढुवानी निर्वाध गराउन, भर्चुअल/अनलाइन कक्षालाई औपचारिक कक्षाका रुपमा परिभाषित गर्न, नियमित शिक्षालाई जस्तै मान्यता दिन त्यसका लागि आवश्यक सामग्री आयातमा छुट, विद्युत् महसुल र इन्टरनेट शुल्कमा छुट तथा सहुलियत दिन पनि माग गरेका छन् । निजी विद्यालयले पाठ्यभार पूरा भएमा शुल्क निर्धारणका लागि त्यसलाई समेत आधार मान्न आग्रह गरेका छन् । रासस

सम्बन्धित समाचार

भरुवा बन्दुकसहित ४ शिकारी पक्राउ

विराटनगर, माघ १७–सुनसरीको धरानबाट २ नाल भरुवा बन्दुकसहित ४ जना शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरान उप–महानगरपालिका–६ बाट २ नाल भरुबा बन्दुक र मृत बँदेलसहित ४ जनालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।...

लमजुङ भुकम्प अपडेट: २७ घरमा क्षति, घाइते एकजनालाई चितवन रेफर

बुधबार बिहान लमजुङ मर्स्याङदी गाउँपालिका केन्द्र बनाएर गएको भुकम्पमा परी २७ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता तथा डिएसपी गंगा थापाका अनुसार भुकम्पमा परी ६ जना घाइते भएका छन् । डिएसपी...

विराट एक्स्पो चार दिन थपियो, आइतबारसम्म सञ्चालन हुने

विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । बुधबारसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय बढाएर आइतबारसम्म लगिएको छ । एक्स्पोको समय थप गरेर पुस १० गते आइतबारसम्म पु¥याइएको...

मेसीले छाडे बार्सिलाेना

काठमाडौं, २२ साउन । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक अर्जेन्टिनी लियाेनल मेसीले स्पेनिस क्लब बार्सिलाेना छाडेका छन् । दुई दशक बार्सिलाेनाका लागि खेलेका मेसी सम्झाैता नवीकरण नभएपछि क्लबबाट बाहिरिएका हुन् ।  क्लबले विज्ञप्ति जारी गर्दै मेसीसँग भएकाे सम्झाैता...

समाजवादी पार्टी र राजपा एकता, राप्रपाको शुभकामना

तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ । बुधबार मध्यरातमा राति दुवै पार्टी मिलेर जनता समाजवादी पार्टी बनाउने निर्णय भएअनुसार बिहीबार दिउँसो निर्वाचन आयोगमा दल दर्ता भएको छ । बिहीबार दिउँसो...

कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, जेठ १७-कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कालिकोटको १८, बाजुरा...

कोशी ग्यासको शिलप्याक चार सिलन्डेरमा १६ केजी भन्दा बढी तौल कम,ढुलाएर विक्री गर्ने दुई नाबालक पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको चार वटा शिलिण्डरमा कम ग्यास भएको पाइएको छ । विराटनगर ३ बुद्धचोक घर भएका राजेन्द्र खनालले खरिद गरेको...

ममाथि षड्यन्त्र भयो :पूर्वआइजीपी खनाल

काठमाडाैं, ११ वैशाख-पूर्वआइजीपी सर्वेन्द्र खनालले डा. सुरेन्द्र यादव प्रकरणमा आफूमाथि आधारहीन आरोप लगाइएको बताएका छन् । लकडाउनका कारण अप्ठ्यारोमा परेका मजदुरको उद्धारमा खटिएका बेला डा. यादवकै आग्रहअनुसार जनकपुरबाट काठमाडौं आएको उनले बताएका छन् । सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्