अवकाशप्राप्त उपरथी श्रेष्ठसहित ९ सैनिक अधिकृत कारवाहीमा

 न्यूज विराट
अवकाशप्राप्त उपरथी श्रेष्ठसहित ९ सैनिक अधिकृत कारवाहीमा

काठमाडौं, १६ जेठ-नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित ९ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही  गर्ने निर्णय गरेको छ । समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा उपरथी श्रेष्ठसहितका सैनिक अधिकृतलाई कारवाही गर्ने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 उक्त घटनामा संलग्न भएको आरोपमा अनुसन्धानको दायरामा परेका  एक अधिकृतसहित अन्य नौ जनालाई भने  अदालतले सफाइ दिने गरी फैसला गरेको छ । सैनिक हवाई महानिर्देशनालय भएको उक्त घटनाको  सत्यतथ्य छानबिन गर्न सैनिक मुख्यालयले रथीको अध्यक्षतामा  कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरेको थियो । उक्त बोर्डको  प्रतिवेदनका आधारमा  अदालतले कारवाही गर्ने निर्णय गरेको हो ।

उपरथी श्रेष्ठबाट रु ५८ लाख ९५ हजार ५९ को कुनै हिसावकिताब नराखी आर्थिक अनियमितता गरेको देखिएको ठहर गरिएको छ । बलाधिकृतरथी शरदकुमार गिरीको अध्यक्षतामा गठित अदालतले निजबाट उक्त  रकम असुल उपर गरी नसिहत दिने फैसला सुनाएको हो ।

सम्बन्धित समाचार

मङ्गलबारसम्म वर्षाको सम्भावना

आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसविद् प्रतिभा मानन्धरले भनिन्, 'यो...

चालक अनुमतिपत्रको अनलाइन फाराम भर्न प्राविधिक समस्या

काठमाडौं, २१ पुस-चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मर्मत जारी रहेकाले छिट्टै सञ्चालनमा...

सप्तरीमा डेढ महिनामा करेन्ट लागेर दुई हात्तीको मृत्यु

विराटनगर, २५ पुस । सप्तरीमा डेढ महिनाको अवधिमा करेन्ट लागेर दुई हात्तिको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएसँगै डेढ महिनाको अवधिमा दुई हात्तिको मृत्यु भएको हो । नगरपालिकाको...

रोटरी क्लब अफ विराटन डाउनटाउनको आयोजनामा महिलाहरुका तीन महिने सिलाई/कटाई तालिम सुरु

विराटनगर, २३ साउन । निरन्तर सामाजिक कार्यमा सक्रिय रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा महिलाहरुका लागि तिन महिने सिलाई/कटाई तालिम सुरु भएको छ । गृहिणी महिला र युवतिहरुलाई आर्थिक रुपमा सवल बनाउन डाउन टाउनले तीन...

मोरङमा ३०६ सहित प्रदेश १ मा आज ६७३ संक्रमित थपिए

विराटनगर, ६ जेठ । प्रदेश १ मा आज ६७३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७,...

संसद विघटन गर्न प्रधानमन्त्रीको सिफारिस

काठमाडौं, ५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् ।

पैसा फाल्दै हिँड्ने महिलाको पीसीआर परीक्षणमा देखिएन कोरोना

जनकपुरधाम, ७ वैशाख -जनकपुरधामको महावीर चोकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको आरडीटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ...

विराटनगरमा दुई दिने रोटरी ट्रेड फेयर २०२२–२३ भव्यरुपमा सम्पन्न

विराटनगर, १ साउन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको ‘रोटरी ट्रेड फेयर २०२२–२३’ भव्यरुपमा सम्पन्न भएको छ । महिला शसक्तिकरण र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन प्रत्येक वर्ष आयोजना हुँदै आएको रोटरी ट्रेड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्