थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १ हजार २ सय १२

 न्यूज विराट
थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १ हजार २ सय १२

काठमाडौं, १६ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा थप १ जना ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज १ सय ६५ जना पुरुष र ५ जना महिलामा संक्रमण देखिएको हो ।

कोसी अस्पतालको प्रयोगशालमा २७ जनामा पोजेटिभ देखिएको छ । सबै झापाका रहेका छन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरी राजविराजका ४ जना र झापाको भद्रपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, नारायण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएका बाराका ४ जना, पर्सा पोखरियका ४ जना र जिराभवानीका १ जना रहेका छन् ।

त्यसैगरी, पाटन अस्पतालमा १ जनालाई पोजेटिभ देखिएको छ । उनी पाटन अस्पतालमै रहेका छन् । गण्डकी अस्पतालमा गरिएको परीक्षणमा १ जनालाई पोजेटिभ देखिएको छ । उनी म्याग्दीका हुन् ।

भेरीमा गरिएको परीक्षणमा १० जनालाई पोजेटिभ देखिएको छ। उनीहरू बाँके डुडुवाका हुन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ६ जनालाई पोजेटिभ देखिएको छ । जसमध्ये कपिलवस्तुका ४ जना र नवलपरसीका २ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू कपिलवस्तुका २३ जना, रौतहटका ५६ जना, सर्लाहीका ४ जना रहेका छन् । रुपन्देहीको प्रदेशिक प्रयोगशलाका १६ जनाको पोजेटिभ आएको छ । उनीहरू कपिलवस्तुका १५ जना र रुपन्देहीका १ जना रहेका छन् ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनाको पोजेटिभ आएको छ । उनीहरूमध्ये दाङका २ जना रहेका छन् भने कपिलवस्तका ९ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ ।

आज देशका विभिन्न अस्पतालबाट कोरोना संक्रमणमुक्त भएर १९ जना डिस्चार्ज भएका छन् । आजसम्म संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ६ पुगेको छ । डिस्चार्ज हुनेमा १ सय ६२ जना पुरुष रहेका छन् भने ४४ जना महिला रहेका छन् ।

हालसम्म पीसीआर विधिबाटबाट ६४ हजार १ सय ५४ नमुना परीक्षण भएका छन् । त्यसैगरी, आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टाको अवधिमा ३ हजार २ सय ३८ पीसीआर विधिबाट र ३ हजार ४ सय ४४ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

सबै सुरक्षा अंग ‘हाई अलर्ट’मा

कोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन् ।सरकारले कोरोना संक्रमित बिरामी फेला परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ...

कोसी अस्पतालमा एक विरामीको मृत्यु, कोरोनाको आशंका

विराटनगर, साउन २०–कोरोना भाइरस संक्रमणको आशंकामा उपचारको लागि विराटनगर ल्याईएका उदयपुरका एक ब्यक्तिको अस्पताल पुग्नसाथ मृत्यु भएको छ । कोसी अस्पतालको आइसोलेसनमा भर्ना गर्न लागिएका उदयपुरको बेलका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेको मंगलबार बिहान...

प्रदेश १ मा २३७ जनामा कोरोना संक्रमण

विराटनगर, २७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३७ जनामा कोरोना संक्रमण भएको छ । ७७३ जनाको पीसीआर परीक्षण गर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

गोल्डेन अस्पतालमा भरपर्दो उपचार

विराटनगर । विराटनगरको हस्पिटल चौकमा रहेको गोल्डेन अस्पतालमा विरामीको लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित चिकित्सकसहितको टिमको कारण गोल्डेनमा गुणस्तरीय उपचार सेवा हुने गरेको हो । २०६७ साल फागुन ११ गते...

जसपाको आधिकारिकता विवाद आज टुंगिदै

काठमाडौं, ७ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादको आज टुंगो लगाउने भएको छ । आयोगको इजलासमा बहसपछि सकेसम्म आजै आदेश आदेश आउन सक्ने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले बताए । जसपाको...

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो नेपाल

काठमाडौं, असोज २७ । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । साफको इतिहासमा बुधबार पहिलो पल्ट नेपालले फाइनल यात्रा तय गरेको हो । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१...

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौं । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर...

जातीय पहिचान सूचीकृतगर्न मागगर्दै विराटनगरमा राजवंशी समुदायको प्रदर्शन

विराटनगर, ३० माघ । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिय पहिचान सुचिकृतगर्न मागगर्दै मोटरसाईकल ¥याली सहित खबरदारी सभा गरेको छ । समितिले बिराटनगरमा मोटरसाईकल ¥यालीसहित खबरदारी सभा गरेको हो । समितिको अगुवाईमा विराटनगरको राजवंशीचोकबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्