नेपालसँग सीमाबारे वार्ता गर्न भारतको शर्त

 न्यूज विराट
नेपालसँग सीमाबारे वार्ता गर्न भारतको शर्त

काठमाडौं, १६ जेठ-लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवादमा नेपालले विदेश सचिवस्तरीय वार्ताको पहल गरिरहेका बेला भारतले नेपालसँग वार्तामा नबस्ने संकेत गरेको छ ।

भारतले वार्ताका लागि दुई देशबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताएको छ । नेपाल र भारतबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई लिएर विवाद चर्किएका बेला भारतले नेपालसँग वार्तामा यथास्थितिमा नबस्ने संकेत गरेको हो ।

भारतले जम्म’ काश्मिरलाई विशेष अधिकार दिने भारतीय संविधानको धारा ३७० हटाएपछि भारतले नेपाली भूमि समेत समेटेर नक्सा जारी गरेपछि नेपाल भारत सीमा विवाद चर्किएको हो ।

गत साता मात्रै नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र समेटेर नयाँ नक्सा गत साता जारी गरेको थियो । गत वर्ष भारतले जारी गरेको नक्सामा यो क्षेत्रलाई भारतीय नक्सामा राखिएको थियो ।

भारतले यो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ । नेपालले नयाँ नक्सा जारी गर्दै संविधान संशोधन गरेर सोहीअनुसार सच्याउने तयारी गरिरहेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले नेपालले पछिल्लो समयमा जारी गरेको नक्साबारे जानकार रहेको भन्दै नेपालले यो मुद्दाको गम्भीरता हेरेर नै विचार गरिरहेको बताएका छन् ।

उनले भने, ‘भारत विश्वासका लागि माहाैलमा आपसी संवेदनशीलताको आधारमा आफ्ना सबै छिमेकीसँग वार्ताका लागि तयार छ । यो एक प्रक्रिया हो र यसका लागि सकारात्मक वातावरणको आवश्यकता पर्छ ।’

उनले नेपालसँग भारतको ऐतिहासिक र गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै भनेका छन्, ‘कोभिड–१९ को महामारीको चुनौतीपूर्ण समयमा पनि भारतले नेपाललाई अत्यावश्यक औषधि आपूर्ति गरिरहेको छ ।’

भारतले नेपालसँग संवेदनशील सम्बन्ध रहेको उल्लेख गर्दै विश्वासको वातावरण नभएसम्म वार्तामा नबस्ने संकेत गरेको छ । यसबाट भारत सीमा विवादमा तत्काल वार्तामा बस्नुभन्दा नेपाललाई गलाउने नीतिमा रहेको देखिएको छ ।

गत नोभेम्बरमा भारतले नेपाली भूमिसहित नक्सा जारी गरेपछि नेपालले विदेशसचिव स्तरीय वार्ताको कोसिस गरे पनि भारतले अहिलेसम्म वार्तामा बस्न विभिन्न बहाना बनाउँदै आएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो ’ हुने, १५ करोडको कारोबार हुने अपेक्षा

विराटनगर । विगतका वर्षहरु झैं यस वर्ष पनि मोरङ व्यापार संघले विराटनगरमा ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । पुस ६ गतेदेखि १६ गतेसम्म विराटनगर – २ शंकरपुरमा रहेको खाली मैदानमा ‘मोरङ व्यापार संघ ट्रेड...

पश्चिम सेती निर्माणका लागि काठमाडौंमा ‘संगीत संघर्ष’

डडेल्धुरा, माघ २८–७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै अभियान चलाइरहेको बोलन्या थली धनगढीले ‘संगीत संघर्ष’ कार्यक्रम आयोजना गर्ने भएको छ । बोलन्या थलीले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि दबाब...

महान क्रिकेटर शेन वार्नको निधन

महान क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ । अष्ट्रेलियाका क्रिकेटर वार्नको शुक्रबार थाइल्याण्डमा निधन भएको क्रिकइन्फोले जनाएको छ । ५२ वर्षको उमेरमा उनको शंकास्पद हृदयघातका कारण निधन भएको जनाइएको छ । वार्न टेष्ट क्रिकेटमा...

शिक्षादीप कलेजले वितरण गर्यो ७० लाखको विद्यार्थीलाई छात्रवृद्धि

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गरेको छ । विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो। १६ औं ब्याजका विज्ञान र १७...

मधेसमा एमालेका शीर्ष नेतालाई तोकियो विशेष जिम्मेवारी

जनकपुर, बैशाख २ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन जित्ने रणनीति बनाउँदै मधेस प्रदेशमा एमालेले पार्टीको उच्च तहका नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । निर्वाचनमा उम्मेद्वारीको टुंगो लगाउन,विभिन्न दलहरुसँग वार्ता र समन्वय...

इजरायलस्थित मिसाइल खस्ने बंकरबाट ५ विद्यार्थीहरूको गुहार : ‘१० जना साथीहरूलाई लग्यो, हामीलाई पनि नलगोस्’

विराटनगर । प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण हिंसाग्रस्त इजरायलबाट पाँच नेपाली विद्यार्थीले आफूहरूलाई बचाउन सरकारसँग गुहार मागेका छन्। विपिन सुवेदीले असुरक्षित बंकरबाट भिडिओ सन्देश जारी गर्दै बताएअनुसार उनीहरू पाँच जना सुदूरपश्चिम विश्वविद्यलायअन्तर्गत कृषि विज्ञान...

विदेशमन्त्रीको अभिव्यक्ति सच्याउँदै भारतले भन्यो, ‘बुद्ध लुम्बिनीमै जन्मिएका हुन्’  

काठमाडौं, २५ साउन-विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धबारे दिएको गलत अभिव्यक्ति भारतले सच्याएको छ । नेपालमा जन्मिएका बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाललगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो ।...

ग्रेडेड स्कुलमा नृत्य प्रतियोगिता, फाइनलमा १० जना छनौट

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा नृत्य प्रतियोगिताको फाइनलमा १० जना छनौट भएका छन् । स्कुल परिसरमा बुधबार भएको छनौट चरणमा सहभागि भएका ७८ जनाबाट १० जना विद्यार्थी फाइनलमा छनौट भएका हुन् । प्रतियोगिताको फाइनल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्