झापामा एउटै गाउँपालिकामा ७३ कोरोना संक्रमित

 न्यूज विराट
झापामा एउटै गाउँपालिकामा ७३ कोरोना संक्रमित

झापा, १६ जेठ-झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोभिड-१९ का संक्रमित भेटिएका छन् ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ कचनकवल गाउँपालिकामा भेटिएका हुन् ।

बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि ४८ संक्रमित पुष्टि भई उनीहरूलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो । पालिकाका अध्यक्ष अञ्जार आलमले बिहीबार पुष्टि भएका २५ जनालाई थप उपचारका लागि विराटनगर पठाइसकेको बताए ।

उनले संक्रमित हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएका छन् । ‘जति पनि सङ्क्रमित पुष्टि भएका छन्, उनीहरु सबै क्वारेन्टिनमा बसेका हुन्’ उनले भने, ‘सीमा क्षेत्रमा आइपुगेका कचनकवलवासीलाई सुरक्षित उद्धार गरेर क्वारेन्टानमा राख्दा थप समुदाय संक्रमित हुनबाट जोगियो ।’

उनका अनुसार पालिकाभित्रका ६ क्वारेन्टाइनमा राखिएकामध्ये २७६ को स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर र धरानस्थित प्रयोगशालामा पठाइएको थियो । जसमध्ये ७३ को रिपोर्ट संक्रमित पुष्टि भइसकेको छ भने ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको उनको भनाइ छ ।

पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत विद्यालय र केचना माविमा क्वारेन्टिन निर्माण गरिएको उनले बताए । क्वारेन्टाइनमा बसेकामध्ये १ सय जनाको स्वाब परीक्षण गर्न अझै बाँकी रहेको उनको भनाइ छ । अध्यक्ष आलमले भारतका विभिन्न स्थानमा रोजगारी गर्न गएका र अध्ययनका लागि गएकामध्ये ४ सय बढी आइसकेको बताए । रासस   

सम्बन्धित समाचार

नेकपाको आयोजनामा मोरङमा बृहत बृक्षारोपण, ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गरे

विराटनगर, असार १४–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तिको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गरौँ, वातावरणको सुधार गरौ’ भन्ने...

प्रदेश १ मा ९० वर्षिया महिला सहित ५७ जना डिस्चार्ज, १८ संक्रमित थपिए

विराटनगर, २१ साउन–प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ पुरुष ४...

राहत चाहियो ? यो नम्बरमा फोन गर्नुहोस्

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड(१९) कारणले लकडाउनमा परेका अति विपन्न, बेखर्ची र मजदुरलाई राहत दिनका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले दाेस्राे चरणको राहतको घोषणा गर्दै अति विपन्न, बेखर्ची र मजदुरलाई...

आज थपिए १४९० संक्रमित, १५६७ जना डिस्चार्ज

गत २४ घण्टामा नेपालमा १ हजार ४ सय ९० जना संक्रमित थपिएका छन् । ८ हजार ३ सयको पीसीआर गर्दा आज १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल संख्या...

काठमाडौं भित्रिने र छाड्ने घटे

काठमाडौं, १४ कात्तिक-कोभिड-१९ महामारीको त्रासका कारण यसपालिको दसैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रूपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या लाखौँलाख हुन्थ्यो । यसपालि भने केही लाखले मात्रै...

नेपालकै पहिलो तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

धु्रवसागर शर्मा/गलेश्वर, २० असोज (रासस) : म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी...

सबै जिल्लाबाट सवारी पास वितरण बन्द

काठमाडौं, २८ साउन-गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास...

३० हजारको रेम्डेसिभिर १ लाख २० हजारमा बेच्न खोज्ने पक्राउ

कोभिड-१९ संक्रमितलाई आवश्यक पर्ने रेम्डेसिभिरलाई कालोबजारी गर्ने एक व्यक्ति काठमाडौंको बसुन्धराबाट पक्राउ परेका छन् । ३० हजार पर्ने ६ थान रेम्डेसिभिर १ लाख २० हजारमा बिक्री गर्न खोज्ने गोरखा आरुघाट-४ भर भई काठमाडौंको टोखा बस्ने २५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्