२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट

 न्यूज विराट
२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट

काठमाडौं, १५ जेठ-सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगी व्यवसायीहरूलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को अनुमानित आय व्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आय विवरणअनुसार वार्षिक २० लाखसम्म कारोबार गर्ने लघु, घरेलु तथा साना उद्योगीहरुलाई आयकरमा ७५ प्रतिशत छुट दिइने बताए । यस्तै, २० लाख देखि ५० लाखसम्मको कारोबार गर्ने व्यवसायीलाई ५० प्रतिशत र ५० लाख देखि १ करोडसम्मको कारोबार गर्नेलाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

सरकारले लघु उद्यमलाई आयकर छुटको अवधि २ वर्ष थप थरी ७ वर्ष पुर्‍याएको छ । महिला उद्यमीद्वारा सञ्चालित लघु उद्योमलाई ३ वर्ष थप गरी १० वर्ष पुर्‍याउँदै लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर पनि हटाएको छ ।

त्यसैगरी, सरकारले कोरोना संक्रमणबाट बढी प्रभावित भएका हवाई सेवा, यातायात सेवा, होटल ट्राभल तथा ट्रेकिङ व्यवसायलाई आर्थिक वर्ष २०७६/०७७ को आय विवरणअनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिने भएको छ ।

लघु, घरेलु तथा साना उद्योग, कृषि पशुपंक्षीपालन, पशु उपचार र मास्क बनाउने उद्योगले पैठारी गर्ने मेसनरी तथा कच्चा पदार्थ र कृषि फर्म र कम्पनीले पैठारी गर्ने कृषि यन्त्र उपकरण तथा धान मकै गहुँ र तरकारीको विउ पैठारी गर्दा लाग्ने भन्सार महसुल घटाईएको छ ।

सरकारले पर्यटन, ढुवानी व्यवसायी तथा चलचित्र घरलाई मूल्य अभिवृद्धि कर, कर विवरण तथा कर दाखिला गर्ने अवधि बढाएर चौमासिक कायम गरेको छ ।

औषधि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ पैठारीमा मूल्य अभिवृद्धि कर छुट दिएर त्यस्तो वस्तु स्वदेशी उद्योगबाट खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्था गरिने भएको छ । सरकारले आयुर्वेदिक औषधिको कच्चा पदार्थको भन्सार महसुल घटाउँदै सेनिटाइजरको कच्चा पदार्थको रुपमा प्रयोग हुने आन्तरिक उत्पादनको इथाइनुल र पीपीइमा अन्तशूल्क छुट दिएको छ ।

फिक्स ब्रोडब्याण्ड सेवा प्रदान गर्ने इन्टरनेट सेवा प्रदायकहरुलाई मर्मत संभार शुल्कमा ५० प्रतिशत दुरसञ्चार सेवा छुट दिने, आफै कार्यक्रम उत्पादन गरी प्रशारण गर्ने रडियो तथा टेलिभिजन प्रशारण संस्थाले तिर्नुपर्ने कारोबार रकमको २ प्रतिशत सेवा शुल्क घटाएर १ प्रतिशत कायम गर्ने व्यवस्था गरिएको उनले बताए ।

सरकारले मुल्य अभिवृद्धिकरको दर यथावत राख्दै अन्तशुल्क र भन्सारका केही दरहरुलाई समायोजन गरेको छ । एक दर्जन बढी वस्तुमा लाग्दै आएको अन्तशल्क हटेको छ । चुरोट,गुट्खा, पान मसला लगायतमा स्वास्थ्य जोखिम कर वृद्धि गरिएको छ । उद्योगले पैठारी गर्ने उद्योगका कच्चा पदार्थको भंसार महसुल घटेको छ ।

सम्बन्धित समाचार

सरकारमा जान ठाकुर-महतो छलफलमा

प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री ओलीसँग ठाकुर-महतो पक्षले आज छलफल गर्दैछन् । मन्त्रालयको संख्या र नाम टुंगो लागे...

भन्सार कर्मचारी – तस्करबीच झडप, कर्मचारीमाथि हातपात गर्ने तस्कर सूमहका एक जना पक्राउ

विराटनगर । विराटनगर १५ विराटनगर भन्सार कार्यालयको तीन नम्बर गेटमा भारतबाट तस्करी भएर आएको लत्ताकपडा नियन्त्रण लिन खोज्दा भन्सारका कर्मचारीमाथि हातपात गर्ने तस्कर समूहका एक जना सदस्य पक्राउ परेका छन् । भन्सार कर्मचारीमाथि अभद्र व्यवहार...

‘दिल तोड़नी छे तुँ….’ गीतको म्युजिक भिडियो सार्वजानिक

विराटनगर । मैथिली अनलाइनको प्रस्तुति तथा मोरङका तीन जना सक्रिय पत्रकारहरुको भुमिका रहेको बहुचर्चित मैथिली गीत ‘दिल तोड़नी छे तुँ…’ को म्यूजिक भिडियो सार्वजानिक भएको छ । मैथिली अनलाइनको यूट्युब च्यानलबाट १ जनवरी २०२३ को...

बीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु 

विराटनगर,  ३१ भदौ-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा बुधबार बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।  बीपीको कोभिड अस्पतालमा सप्तरीको खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु...

सप्तरीमा मृत्यु भएका १ जनामा कोरोना पुष्टि

सप्तरी, २२ साउन-कोरोना भाइरस (कोभिड-१९) जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ ।फर्किर घर क्वारेन्टाइनमा बसिरहेका सप्तरीको रूपनी गाउँपलिका-५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि पीसीआर पोजिटिभ देखिएको हो । प्रदेश...

प्रदेशसभाले सर्वोच्चको आदेश उल्लंघन गर्‍यो:कृषिमन्त्री शाही

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभा सचिवालयले शुक्रबार एमालेको संसदीय दलको पत्रका आधारमा निलम्बन गरेपछि शाहीले उक्त प्रतिक्रिया...

जाे बाइडेन र सी चीनफिङबीच वार्ता हुँदै

पछिल्ला दिनमा बिग्रिँदै गएको चीन र अमेरिकाको सम्बन्ध सुधारका लागि आज दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच वार्ता हुन लागेको हो । चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच...

कोरोना संक्रमण बढेपछि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

काठमाडौं, ५ माघ ।नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्