विराटनगर, जेठ १५-प्रदेश १ मा बाली लगाउने सिजनमा किसानहरूले मल र वीउको अभाव झेल्नुपरेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार संसद बैठकको शून्य समायमा बोल्ने सांसदहरूले उन्तजातको वीउ र रासायनिक मलको अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद गोपालचन्द्र बुढाथोकीले मुख्य बालिलगाउन सिजनमै मल नहुँदा किसान समस्यामा परेको बताए । विगतको वर्ष भन्दा बढी मल वितरण गर्दा पनि मल अभावले बालि लगाउन समस्या परेकाले मलको आयात बढाउन बुढाथोकीले प्रदेश सरकारलाई आग्रह गरे ।
‘कृषिलाई आत्मनिर्भर बनाउन, किसानलाई उत्प्रेरित र आशावादी बनाउन, विदेशमा रहेका युवालाई कृषिमा फर्किनका निमित्त विश्वास योग्य वातारण सृजना गर्नुपर्छ । किसानहरु मल बिउ नपाएर तड्पिरहेको स्थिति छ । धान रोप्ने बेलामा मल अभाव हुने देखिन्छ’ उनले भने, ‘सरकारले किसानलाई मल बीउ बेलैमा उपलब्ध गराउन ध्याद दिनुपर्छ । मल वितरण गर्ने सहकारीको अगुगमनसमेत गरोस ।’
अर्का सांसद राजकुमार ओझाले मल अभावमात्रै नभई मल वितरणमा समेत समस्या देखिएको बताए । ओझाका अनुसार कतिपय सहकारीहरूले मलको मनोमानि मूल्य लिइरहेको दाबीसमेत गरे ।