गणतन्त्रमा असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुँदैनः प्रधानमन्त्री ओली 

 न्यूज विराट
गणतन्त्रमा असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुँदैनः प्रधानमन्त्री ओली 

काठमाडौं, १५ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभएर नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवनपद्वति भएको बताएका छन् । उनले लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइएको बताएका छन्  ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ ।’ जनतालाई केन्द्रबिन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था नै गणतन्त्र भएको चर्चा गर्दै उनले भनेका छन्, ‘संविधान र कानुनमा उल्लिखित अधिकारको प्रयोग गर्न सक्ने गरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रूप लिन सक्दैन ।’

शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले साँचो अर्थमा जनता सार्वभौम बनेको दिनका रूपमा गणतन्त्र दिवस इतिहासको महत्वपूर्ण र अविस्मरणीय रहने चर्चा गरेका छन् । गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कार्यमा सरकारका गतिविधि केन्द्रित रहेको उनले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धि सहितको प्रणाली भएकाले महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन नसक्ने बताएका छन् । ‘गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरू कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुन सक्दैन ।’ गणतन्त्रमा आफ्ना विचारहरू निर्वाध ढंगले अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हुने भए पनि हिंसा र आतंकको प्रयोग स्वीकार्य नहुने उनले बताए ।

जुनसुकै शासन प्रणाली संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने चर्चा गर्दै उनले संघीय संरचनाका तीनै तहबीच समन्वय कायम गर्दै जनताको सेवा र विकास निर्माण अगाडि बढेको बताएका छन् ।

सम्बन्धित समाचार

डा.महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा

काठमाडौं, २१ साउन । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । आफूलाई नियुक्त गर्ने केपी अ‍ोली नेतृत्वको सरकार अदालतका परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् । विष्टले सञ्चार मन्त्रालयमा राजीनामा...

२७ करोड ५५ लाखमा मोरङको टंकीसिनवारीमा खानेपानी आयोजना संचालन

विराटनगर । २७ करोड ५५ लाख ४० हजार ९२८ रुपैयाँ लागतमा मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित टंकीसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था संचालनमा आएको छ । बुढिगंगा–३ नेमुवाले ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत...

बाराबाट २ गाडी भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि हवाई फायर

जनकपुर, २५ वैशाख-लकडाउनको बेला बाराको कबहीगोठस्थित नेपाल-भारत सीमानामा भारतीय नागरिक नेपाल प्रवेश गर्न थालेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले विवादसमेत गरेका थिए । भारतीयहरूलाई...

कोरोना भाइरसबाट १४ महिने शिशुको मृत्यु

एजेन्सी, चैत २६-भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक शिशुको मृत्यु भएको छ ।कोरोनाको उपचार गराइरहेका ती बालकको ५ अप्रिलमा जामनगरस्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । अस्पतालले विज्ञप्तिमा शिशुको अवस्था अस्पतालमा ल्याउँदा...

अनिवार्य शिक्षा कार्यान्वयमा जोड

विराटनगर । अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण गरिने भएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । शिक्षा सम्बन्धी...

घरमै बसेर जितिया पर्व मनाउँदै थारू महिला

चितवन, २५ भदौ-थारू समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारू महिला...

कोवास कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर–१० मा रहेको कोवास कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले आज सएिको परिक्षामा सामेल भएका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका करिव २ सय ५० विद्यार्थीलाई मायाको चिनो...

संसद बैठक सुरु हुनुअघि प्रचण्ड र माधव नेपालले भेटे सभामुख

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् । आइतबार बिहान प्रचण्ड र नेपालले सभामुख सापकोटासँग भेट गरेका हुन् । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले अध्यक्षद्वयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्