प्रदेश १ मा बजेट अधिवेशन सुरू

 न्यूज विराट
प्रदेश १ मा बजेट अधिवेशन सुरू

विराटनगर, जेठ १४-प्रदेश १ को बजेट अधिवेशन सुरू भएको छ । आजदेखि  सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले  धारणा राखेका छन् । संसदलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना नियन्त्रणमा महत्वपूर्ण काम गरेको दाबी गरे ।

उनले अन्य प्रदेशको तुलनामा प्रदेश १ मा कोरोना संक्रमण  नियन्त्रण र उपचारमा व्यवस्थितरूपमा काम गरेको बताए । मुख्यमन्त्री राईले  कोरोनाका कारण रोकिएका विकासका काम चाँडै सुरू गर्ने, आगामी बर्षको बजेटमा कृषि र रोजगारी वृद्धिका कार्यक्रमलाई प्राथमिकता दिने पनि जानकारी दिए ।

कोरोनाका कारण प्रदेश सभाको अघिल्लो अधिवेशनमा प्रदेशको नामाकारण टुंगो लगाउन नसकिएको बताए । विषम परिस्थितिका कारण चालु अधिवेशनबाट पनि नामाकरण टुंगो नलाग्ने संकेत गरे ।

प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जन राहत कोषमा  २९ करोड रुपैयाँ बढी संकलन भएको जानकारी दिए । उनले राहत बितरणमा स्थानियतहले पुर्‍याएको योगदानको प्रशंसासमेत गरे ।

आजको बैठकमा प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसका संदीय दलका नेता राजीव कोइरालाले तत्कालै कोरोना महामारी नियन्त्रणमा नआउने भएकाले लकडाउनको मोडल परिवर्तन गर्नेबारे ध्यान दिनुपर्ने धारणा राखे ।

उनले बजेट यथार्थपरक ल्याउन सरकारलाई सुझाव पनि दिए । राजपा समाजवादीका संसदीय दलका नेता जयराम यादवलगायतले पनि संसदमा बोलेका थिए ।

सम्बन्धित समाचार

खपत घटाउन सरकारी कर्मचारीको इन्धन खर्च कटौती

काठमाडौं, ५ वैशाख ।सरकारले अत्यावश्‍यक क्षेत्रमा काम गर्नेबाहेकका सरकारी कर्मचारीको इन्धन खर्च कटौती गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत १० प्रतिशत इन्धन खर्च गरिएकोमा यसलाई बढाएर २० प्रतिशत पुर्‍याएको छ । अर्थ मन्त्रालयले सोमबार परिपत्र जारी गर्दै चालु आर्थिक...

तिब्बतले नेपालसँगको निर्यात अवरोधलाई हटाउने

काठमाडौं, ७ असोज । नेपाली महावाणिज्य दूतावासको आग्रहपछि तिब्बतले दशैंतिहारजस्ता चाडपर्व लक्षित निर्यातलाई सहजीकरण गर्ने भएको छ । महावाणिज्यदूत नवराज ढकालले आज तिब्बतको वाणिज्य, भन्सार र बन्दरगाह अधिकारीहरुसँग नेपालतर्फको निर्यातमा वृद्धि गर्न र तातोपानी तथा...

प्रचण्ड र माधव नेपालबीच पार्टीमा आधा-आधा भाग लगाउने सहमति

विभाजित नेकपाको प्रचण्ड–माधव समूहले पार्टी एकता र पदपूर्तिसम्बन्धी आधारपत्र तयार गरेको छ । विभाजनका क्रममा केपी ओली समूहमा खुलेका नेताहरूको स्थानमा पदपूर्ति गर्न प्रचण्ड–माधव समूहले पदपूर्तिका आधार र मापदण्ड तय गरेको हो । ७ फागुनको...

ब्राउन सुगरसहित दुइ पक्राउ

विराटनगर, चैत २६–लकडाउनको मौका छोपेर लागू औषधको कारोबार गर्ने दुइ जनालाइ मोरंग प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३१ ग्राम ब्राउन सुगरसहित दुइ जनालाइ मोरङको बेलबारीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको मिर्चैया ५...

सहमति र सहकार्यबाट संविधान कार्यान्वयन अघि बढाइनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति र सहकार्यबाट संविधानको कार्यान्वयनलाई अघि बढाउने बताएका छन् । संविधान तथा राष्ट्रिय दिवस २०७८ विशेष समारोहलाई टुँडिखेलमा सम्बोधन गर्दै देउवाले संविधानको सफल कार्यान्वयन गर्दै विकास समृद्धि कायम गर्नु...

मिल्स गोल्डकप शुक्रबारबाट, उद्घाटनमा एपीएफ र बर्दिवास भिड्ने

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरू हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको...

चाँदीको गरगहनासहित एक भारतीय नागरिक पक्राउ

विराटनगर । दुई किलो बढी चाँदीको गरगहनासहित प्रहरीले एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मोरङ रंगेली नगरपालिका ७ कालि मन्दिर चोकमा भारत जिल्ला अरेरिया आमगाछी पंन्चायत वडा नं १३ बस्ने बर्ष २२ का...

कांग्रेसका तीन नेताको बैठक : सरकार विस्तार नगरेकोमा सभापतिको आलोचना, ध्यानाकर्षण गराउने निर्णय

नेपाली कांग्रेसका शीर्ष तीन नेताहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सरकार विस्तारमा दबाब दिने निर्णय गरेका छन् । नेताहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहको बैठकले सरकार विस्तार नगरेकोप्रति सभापतिको आलोचना गर्दै मन्त्रिपरिषद्लाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्