प्रचण्ड र माधव नेपालबीच पार्टीमा आधा-आधा भाग लगाउने सहमति - News Birat

प्रचण्ड र माधव नेपालबीच पार्टीमा आधा-आधा भाग लगाउने सहमति

न्यूज विराट

विभाजित नेकपाको प्रचण्ड–माधव समूहले पार्टी एकता र पदपूर्तिसम्बन्धी आधारपत्र तयार गरेको छ । विभाजनका क्रममा केपी ओली समूहमा खुलेका नेताहरूको स्थानमा पदपूर्ति गर्न प्रचण्ड–माधव समूहले पदपूर्तिका आधार र मापदण्ड तय गरेको हो ।

७ फागुनको केन्द्रीय समितिको बैठकमा प्रचण्ड र माधव नेपालले मापदण्ड टुंगो लागेको जानकारी दिएका थिए । त्यसरी मापदण्ड तय गर्न अध्यक्ष माधव नेपालको नेतृत्वमा कार्यदल पनि बनेको थियो । कार्यदलले छलफल गरेपछि मापदण्डको अन्तिम टुंगो भने सचिवालयले लगाएको हो । स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले पदपूर्ति सम्बन्धमा मापदण्ड र आधार तय भइसकेको बताए ।

उनले भने, ‘कार्यदलले पार्टी एकता र पदपूर्ति टुंगो लगाउने सहमति जुटाएपछि सचिवालयले टुंगो लगाइसकेको छ ।’ ७ फागुनमै प्रचण्ड र माधव नेपालले हस्ताक्षर गरेर आधारपत्र पार्टी कमिटीलाई जानकारी दिइसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles