बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

 न्यूज विराट
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, १४ जेठ-बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबार बहुमतले पारित भएको छ । कोभिड-१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेशभित्र निःशूल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हरेक स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण र औषधिको उपलब्धता सुनिश्चित गर्ने, क्यान्सर रोग लागेका विपन्न नागरिकलाई केन्द्र सरकारले दिँदै आएको सहुलियतमा थप सहुलियत दिने नीति पनि प्रदेश सरकारले लिएको छ ।

सरकारले कृषि, पशुपक्षी र मत्स्य क्षेत्रको आधुनिकीकरण र औद्योगिकरण गरी गुणस्तरिय उत्पादनमा जोड दिने नीति लिएको छ । प्रदेश सरकारले शहिद, वेपत्ता, घाइते र अपाङ्गता भएका परवारलाई ‘द्वन्द पीडितका साथ प्रदेश सरकार’ कार्यक्रमअन्तर्गत सीप अभिवृद्धि र रोजगारीका अवशर उपलब्ध गराउने नीति पनि लिएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा १ साउनबाट सुर्तीजन्य पदार्थ सेवन र विक्री वितरण गर्न नपाइने

विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने भएको छ । साउन १ गतेदेखिबाट विराटनगरको सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर...

विराटनगरको नोबेल अस्पतालले भन्यो-सवै सेवा खुला छ, भ्रममा नपर्नुहोस्

विराटनगर, २ फागुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो । अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा...

बूढानीलकण्ठ स्कुलको भव्य भयो ४१ औं अभिभावक दिवस, एक दर्जन बढी शिक्षक सम्मानित

विराटनगर । विराटनगर – २ मा रहेको बूढानीलकण्ठ सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४१ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिक उत्सव तथा...

आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सञ्जेलले पाए सफाइ

काठमाडौं, फागुन २२–समता स्कुल र समता अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई अदालतले आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले अभियोगको दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।...

विराटनगरमा ‘ओएसीस लन्च एण्ड बार’ सञ्चालनमा, थरी –थरीको परिकार पाइने

विराटनगर । विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा आएको छ । विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड बार बिहीबारदेखि संचालनमा आएको हो । बारको औपचारिक रूपमा...

नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि मदरल्याण्डलाई

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरस्थित मदरल्याण्ड एकाडेमीले जितेको छ ।प्याब्सन विराटनगरले आयोजना गरेको नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा ३१ विद्यालयहरुलाई पछि पार्दै मदरल्याण्ड एकाडेमीले उपाधि जितेको हो । प्रतियोगिताको द्धितीय...

रतुवामाईको बालुबारीमा बोर्डर आउट पोष्ट स्थापना

विराटनगर, असार ६–मोरङको रतुवामाई नगरपालिका वडा नं. २ डोरीया स्थित भारतीय सीमा क्षेत्रमा शसस्त्र प्रहरीको बोर्डर आृट पोष्ट(विओपि) स्थापना भएको छ । सो वडाको डोरीया स्थित बालुबारीमा स्थापना गरिएको बिओपिको रतुवामाई नगरपालिकाका नगर प्रमुख रवीन...

मोरङमा ४१ सहित प्रदेश १ मा ८५ संक्रमित थपिए

विराटनगर, ९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा एक र प्रदेश १ बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्