भारतसँगको सीमा पूर्ण रुपमा नियन्त्रणमा छ : चीन

 न्यूज विराट
भारतसँगको सीमा पूर्ण रुपमा नियन्त्रणमा छ : चीन

एजेन्सी, जेठ १४-चीनले भारतसँगको सीमाक्षेत्रको अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको जनाएको छ । चीनले दुई देशबीच रहेको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्न सकिने समेत चीनले स्पष्ट पारेको छ ।

भारत र चीनको सीमाक्षेत्रमा सुरक्षा फौजको तैनाथी बढिरहेकाे बेला चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको यो भनाइ बाहिर आएको हो । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनका क्रममा सीमासँग सम्बन्धित समस्या समाधानका लागि चीन पहिल्यैदेखि स्पष्ट रहेको समेत बताए ।

उनले चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत वर्ष भएको शिखर बैठकमा बनेको सहमतिको चीनले कडाइपूर्वक पालना गरिरहेको बताए ।

भारतका लागि चीनका राजदूत सुन विडोंगले भारत र चीन मिलेर कोरोना भाइरसविरुद्धको लडाइँका लागि प्रतिवद्ध रहेको बताएका छन् । उनले दुई देशबीच राम्रो सम्बन्ध राख्नका लागि दुवै देशको उत्तिकै जिम्मेवारी भएको समेत बताएका छन् ।

उनल दुई देशबीचको सम्बन्धलाई असर पार्ने विषयसँग टाढा रहनुपर्ने बताएका छन् । उनले आपसी वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

लद्दाखको गलवान घाँटीमा दुवै देशले पछिल्ला दिनमा सैनिकको तैनाथी बढाएका छन् । दुई देशका सेनाबीच यसै महिनामात्रै नाथु–ला र पेंगोग त्सो क्षेत्रमा झडप भइसकेकोे छ ।

सम्बन्धित समाचार

चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित...

२४ घण्टामा प्रदेश १ मा १६४ संक्रमित थपिए

विराटनगर, १९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १÷१ र प्रदेश १ बाहिरका २ जना रहेको...

मोरङको ग्रामथान गाउँपालिकाले सञ्चालन गर्यो कोभिड–१९ अस्थायी अस्पताल

विराटनगर, ५ वैशाख । मोरङको ग्रामथान गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले कोरोना भाईरस संक्रमित व्यक्तिहरुलाई उपचार गराउने उद्धेश्यले ग्रामथान गाउँपालिका वडा न २ स्थित पिडाडवनीमा आइतबारदेखि अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको...

इन्द्र आङ्बोले पढे अविश्वास प्रस्तावको पत्र, २० गतेसम्मका लागि बैठक स्थगित

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेस भएकाे छ । नेकपा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेस गरेकाे हाे । केही साताअघि मुख्यमन्त्री राईले अर्थमन्त्रीबाट हटाएका इन्द्र आङ्बोले बैठकमा अविश्वास...

अरनीको माविमा भर्ना भएका एक हजार बढी विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माविमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण र स्वागत गरेको छ । माविले मंगलबार एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएसँगै स्वागत पनि गरेको हो । विज्ञान संकायमा ९२०...

मुग्लिन-नौबिसे सडकखण्डमा २ सय बढी पहिरो

चितवन, ६ साउन-पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा साना-ठूला २ सयभन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।  सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने...

डायलासिस गर्न नपाएर सेती अस्पतालमा १ जनाको मृत्यु

धनगढी, १० असार-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएका बेला मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष रहेका छन् । डायलासिस गराउन चिकित्सकले सुझाव दिएका भए पनि...

ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने

काठमाडौं, ५ फागुन । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ । जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्