नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १४ जेठ-नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा पोजिटिभ देखिएका छन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ । हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनाको नमुनाको पोजिटिभ रिपोर्ट आएको हो । त्यसैगरी, काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबारसम्म १ सय ८३ जनाले कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १ सय ४२ जना पुरुष र ४१ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार पीसीआर विधिबाट ५८ हजार २ सय ७७ नमुना परीक्षण गरिएको छ । आरडीटी विधिबाट गरिएको परीक्षणको संख्या १ लाख नाघेको छ । आरडीटी विधिबाट अहिलेसम्म कुल १ लाख २ सय ७८ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको अवधिमा  ३ हजार ५ सय ८० नमुना पीसीआर विधिबाट र २ हजार ३ सय २० जनाको आरडीटी विधिबाट परीक्षण गरिएको जानकारी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रोकिएको स्वास संकलन पुरु सुरु

विराटनगर, २ भदौ-स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि विराटनगरमा आइतबारदेखि बन्द भएको स्वाब संकलन मंगलबारबाट पुनः सुरु भएको छ । स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका चिकित्सकमा संक्रमण देखिएपछि आइतबारदेखि विराटनगरभित्र स्बाव संकलन हुन सकेको...

सौन्दर्यकर्मीको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशले दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी चाडपर्व लक्षित शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।...

ब्लड क्यान्सर पीडित पत्रकार पौडेललाई स्पार्कको सहयोग

विराटनगर, फागुन १२–ब्लड क्यान्सरबाट पीडित भएका विराटनगरस्थित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेलको उपचारमा सहयोग गर्ने उद्देश्यले स्पार्क हेल्थ होम हस्पिटल काठमाडौंले १ लाख सहयोग गरेको छ । स्पार्क हेल्थ होम हस्पिटलले आफ्नो २८ औं...

पैसा फाल्ने महिलामा आरडीटी पोजिटिभ, उनीहरू बस्ने क्षेत्र सेनिटाइज गरियो

जनकपुर, ७ बैशाख-जनकपुरधामको महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि महिला बस्ने एरियालाई बिहानैदेखि सेनिटाइज गर्ने कार्य सुरु गरिएको छ । जनकपुरधाम ७ का वडाध्यक्ष...

कपिलवस्तुका २ जनामा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं, २५ वैशाख-कपिलवस्तुका २ जनामा पनि कोरोना भाइरस पुष्टि भएको छ ।  आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । आज देखिएका कोरोना संक्रमित कपिलवस्तु–८ का १६ वर्षका र २२...

ओलीको अभिव्यक्ति कुर्ची जोगाउने अस्त्र र राजनीतिक स्टन्ट : गगन थापा

काठमाडौं, ३० असार-नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति नेकपा भित्रको अन्तरद्वन्द्वका बीच कुर्ची जोगाउने अस्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै आन्तरिक...

पहिलो टेलिभिजन बहसमा ट्रम्प–बाइडेनबीच चर्काचर्की

एजेन्सी, १४ असोज-अमेरिकामा आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको पहिलो टेलिभिजन बहस सकिएको छ । बहसमा ट्रम्प र बाइडेनबीच आफ्नो एजेन्डाका विषयमा भन्दा अन्य विषयमा बढी चर्काचर्की परेको छ । नेपाली समय अनुसार बुधबार बिहान...

स्पार्क हस्पिटलले सातौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने, १० पुसमा निःशुल्क शिविर र रक्तदान

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी सातौँ वार्षिकोत्सव मनाउने भएको छ । सातौँ वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्