सेती अस्पतालको आइसोलसनमा राखिएका १ जनाको मृत्यु

 न्यूज विराट
सेती अस्पतालको आइसोलसनमा राखिएका १ जनाको मृत्यु

कैलाली, १४ जेठ-कैलालीमा आइसोलेसनमा भर्ना भएका १ जनाको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका कैलालीका ५५ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

‘उहाँलाई मंगलबार साँझ आइसोलेसन भर्ना गरिएको थियो’, सूचना अधिकारी श्रेष्ठले भने, ‘राती एक्कासी  मृगी जस्तो लक्षण पनि आएको थियो । आज बिहान बाथरूम गएर आएपछि अचानक उहाँको मृत्यु भएको हो ।’

आइसोलेसनमा राख्नुअघि उनमा जटिल प्रकारको स्वास्थ्य समस्या नभएको सूचना अधिकारी श्रेष्ठले बताए । आरडीटी नेगेटिभ देखिएका उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइसकेकाले आज १/२ बजेसम्म नतिजा आउने उनले बताए ।

पीसीआर रिपोर्ट आएपछि मात्र शवको व्यवस्थापन गरिनेसमेत सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । बुधबार मृत्यु भएका पुरुष केही दिनअघि भारतबाट फर्किएका थिए ।

सम्बन्धित समाचार

बाँचुन्जेल एमाले छाड्दीन, नदी नियन्त्रणलाई प्रथामिकतामा राखेर काम गर्छुः केदारप्रसाद यादव

विराटनगर, २५ वैशाख । २०१९ सालमा तत्कालिन बरडंगा गाविसमा जन्मिएका केदारप्रसाद यादव उमेरले ६० पुग्न लागे । पारिवारिक वातावरणनै राजनीति भएपछि उनी बाल्यकालदेखिनै त्यसैमा आकर्षित भए । सानै उमेरदेखि राजनीतिक चेतना नआउँदै नेपाली कांग्रेसको झण्डा...

लकडाउनको १ महिना पूरा

काठमाडौं, ११ वैशाख-सरकारले घोषणा गरेको लकडाउनको बुधबार १ महिना पूरा भएको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । चैत ११ गते बिहान ६ बजेबाट...

मुख्यमन्त्री राई राहत सामाग्रीका साथ सङखुवासभाको चित्रेडाँडा पुगे

विराटनगर, २९ असार–प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले संखुवासभाको सिलिचोङ्ग गाउँपालिकाको– १ को सिसिवा वेसिन्दाका पहिरो पीडित परिवारलाई राहत पु¥याउन आज अपरान्ह त्यसतर्फ गएका छन् । मुख्यमन्त्री राई नेपाली सेनाको हेलिकप्टरमा राहत सामाग्री...

कोरोनाबाट आज २६ जनाको मृत्यु, २ सय ६९ संक्रमित आईसीयूमा

काठमाडौं, ५ कात्तिक-पछिल्लो २४ घण्टामा नेपालमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले...

प्रदेश ५ ले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

बुटवल, ८ जेठ-प्रदेश-५ सरकारले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको नीति कार्यक्रम जेठ १० गते ३ बजे प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय...

तीन किशोरीको उद्धार

इलाम, २३ पुस-भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका...

१६५ भारतीय नागरिक लिएर फर्कियो एयर इण्डिया 

काठमाडौं, ७ जेठ-भारतले नेपालमा लकडाउनका कारण रोकिएका १ सय ६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरूलाई काठमाडौंबाट फिर्ता लगेको हो । यो चार्टर्ड...

परीक्षा नियन्त्रण कार्यालयले माग्यो १०, ११ र १२ कक्षाको परीक्षा केन्द्रबारे विवरण

राष्ट्रिय परीक्षा बाेर्डले परीक्षार्थीलाई सहज हुने गरी केन्द्रहरू थपेर एसईईसहित कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने विकल्पमाथि छलफल गरिरहेकाे छ । यही बीचमा परीक्षा नियन्त्रण कार्यालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइहरूसँग केही विवरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्