चीनका राष्ट्रपति सीद्वारा सेनालाई युद्धको तयारी गर्न निर्देशन

 न्यूज विराट
चीनका राष्ट्रपति सीद्वारा सेनालाई युद्धको तयारी गर्न निर्देशन

एजेन्सी, जेठ १४-चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ जनमुक्ति सेनालाई युद्धको तयारी गर्न निर्देशन दिएका छन् । जनमुक्ति सेना र जनमुक्ति सशस्त्र बलका प्रतिनिधिसँगको छलफलका क्रममा उनले सो निर्देशन दिएका हुन् । करिब २० लाख सैनिक रहेको चिनियाँ जनमुक्ति सेना वर्तमान विश्वको सबैभन्दा ठूलो सैनिक संगठन हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार जिनपिङले सेनालाई सबैभन्दा खराब अवस्थाको कल्पना गर्दै युद्धका लागि आफ्नो प्रशिक्षण र तयारीमा तिव्रता ल्याउन तथा हरेक कठिनाईलाई प्रभावकारी ढंगले नियन्त्रणमा लिन निर्देशन दिएका हुन् ।

चीन र अमेरिकाबीच कोरोना संक्रमणलाई लिएर तथा चीन र भारतबीच पछिल्लो समयमा सीमा क्षेत्रमा बढ्दो तनाव, ताइवानसँग अमेरिकी निकटता र दक्षिण चीन सागरमाथि खडा गरिएको विवादबीच उनको यस्तो भनाई बाहिर आएको हो । भारतसँग सीमा विवाद बढ्दै जाँदा चीनले लद्दाखको पेंगोंग क्षेत्र र सिक्किमको नाथु–ला क्षेत्रमा सैनिक उपस्थिति बढाएको छ ।

मंगलबारमात्रै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा सल्लाहकार अजित डोभाल, चीन अफ डिसेन्स स्टाफ जनरल विपिन रावत तथा तीन वटै सेनाका प्रमुखसँग बैठक गरेका छन् ।

बैठकमा रक्षामन्त्री राजनाथ सिंह समेत सहभागी थिए । त्यसअघि रक्षामन्त्री सिंहले तीन वटै सेनाका प्रमुखसँग बैठक गरेर अवस्थाबारे जानकारी लिएका थिए ।

रक्षामन्त्री सिंहले लद्दाख, सिक्किम, उत्तराखण्ड या अरुणाञ्चल प्रदेशमा वास्तविक नियन्त्रण रेखाको नजिक सञ्चालनमा रहेका परियोजना कार्यान्वयनको कुनै समीक्षा आवश्यक नरहेको बताएका थिए ।

भारतले सबै क्षेत्रमा चीनको बराबर सैनिक उपस्थिति बढाउने तयारी गरिरहेको छ । भारत र चीनका सैन्य कमाण्डरबीच २२ र २३ मेमा कुराकानी भएपनि कुनै सकारात्मक परिणाम ननिस्किएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चीनले गलवान नदीको आसपास भारतले सडक निर्माण गरिरहेकोमा आपत्ति जनाएको छ । चीनले आपत्ति जनाएपछि भारतले सो क्षेत्रमा सडक निर्माण रोकेको छ । ५ मेमा भारत र चीनका करिब २५० जना सैनिकबीच डन्डी र छडसहित भएको झडपमा दुवैतर्फका सैनिक घाइते भएका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ बालविवाहमुक्त हुने

विराटनगर, २९ भदौ–प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका हुन् ।...

दुई वर्षमा विराटनगरमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

विराटनगर । विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् ।हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेका छन् । वडास्तरमा पनि १ करोडभन्दा माथिका...

प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि, उद्घाटनमा इलाम र उदयपुर भिड्दै

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ ।कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन...

एनसीडिए मोरङको अध्यक्षमा देशबन्धु ढकालको उम्मेदवारी घोषणा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ ९एनसीडिए० मोरङको उपाध्यक्ष देशबन्धु ढकालले संघको दोस्रो अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी मंसिर २० गते हुने संघको संघको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्...

प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री केपी ओली र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । १९ औं पटक अनशन बसेका डा. केसीको वार्तामा...

बुटवलको कोरोना विशेष अस्पतालमा थप १ काेराेना संक्रमितको मृत्यु

रूपन्देही, १९ भदौ-बुटवलको कोरोना विशेष अस्पतालमा थप १ संक्रमितको मृत्यु भएको छ । मृतक बुटवल उपमहानगरपालिका- ८ का ७८ वर्षीय पुरुष हुन् ।   अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ४ भदौमा अस्पताल भर्ना भएका...

हरि बोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरिँदै

विराटनगर । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष...

बूढीगङ्गामा मतगणना सुरु

बाजुरा, २४ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको पालिका चुनावको मतगणना सुरु भएको छ ।बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि ढिलाइ भएको थियो । अहिले शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्