जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा अवरुद्ध, गृहमन्त्रीसँग जवाफ माग

 न्यूज विराट
जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा अवरुद्ध, गृहमन्त्रीसँग जवाफ माग

काठमाडौं, १३ जेठ-जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध गरिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी दलका सांसदले जाजरकोट घटनालाई लिएर संसद अवरुद्ध गरेको हो ।

बैठक अवरुद्ध गरेपछि मिन विश्वकर्माले जाजरकोटको घटनामा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । विश्वव्यापी रूमामा फैलिएको कोरोना भाइरसले नेपालमा ४ जनाको ज्यान जाँदा जाजरकोट घटनामा १ घण्टामै ६ जनाको ज्यान जाँदा पनि सरकार गम्भीर नभएको उनले आरोप लगाए ।

उनले त्रिशुलीमा बस खस्दा छानबिन समिति बनाउने तर जाजरकोट घटनामा छानबिन समिति नबनाएको भन्दै आक्रोश व्यक्त गरे । उनले उक्त घटनाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापा बादलसँग जवाफसमेत भाग गरेका छन् ।

शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवा र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका ३ जना युवाको शव फेला परेको छ । अझै ४ जना बेपता भएको बताइएको छ । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए ।

सम्बन्धित समाचार

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका(१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन । आज बिहान ३ बजे गोरडले...

विराटनगरबाट बरामद गरिएको चाँदी र सुनको परिणाम पत्ता लगाउन राष्ट्र बैंक पठाइयो

विराटनगर । विराटनगरबाट संयुक्त अनुगमन टोलीले बरामद गरेको अवैध चाँदी र सुन एक क्वीन्टलभन्दा धेरै रहेको पुष्टि भएको छ । विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्स सुन–चाँदी पसलमा सरकारी टोलीले छापा हानेर...

यस कारण कोरोना भाइरस सङ्क्रमण सरकारले लुकाउन सक्दैन

चीनबाट फर्किएका एक विद्यार्थी बाहेक नेपालमा अन्यलाई हालसम्म कोरोना भाइरस (कोभिड–१९) देखिएको छैन ।तर सामाजिक सञ्जालमा शिक्षण अस्पताल, नर्भिक अस्पताल , टेकु लगायतका अस्पतालमा कोरोना भाइरस देखिएको तर सरकारले लुकाएको भन्दै अर्नगल प्रचार प्रसार भइरहेको...

एनसीडिए मोरङद्धारा आश्रममा स्वास्थ्य शिविर, ११० जनाको स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधि ब्यवसायि संघ (एनसीडिए) मोरङले निःशुल्क आँखा जाँच शिवीर तथा औषधि वितरण कार्यक्रम आयोजना गरेको छ ।संघले विराटनगर ८ स्थित विराटेश्वर बृद्धाश्रम परिसरमा बिहीबार शिवीरको आयोजना गरेको हो ।नेपाल औषधि ब्यवसायि संघका...

सोमबारदेखि परेको अविरल वर्षाका कारण इटहरी डुबानमा

विराटनगर, २ कात्तिक । सोमबारदेखि परेको अविरल वर्षाका कारण इटहरी डुबानमा परेको छ । इटहरीस्थित बिभिन्न खोलाहरूमा आएको बाढीका कारण शहरदेखि भित्री गाउँसम्म डुबानमा परेको हो । वर्षाका कारण इटहरीका अधिकांश भूभागहरू जलमग्न बनेका छन्...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको २५ सदस्यीय वडा कमिटी गठन

विराटनगर, २४ भदौ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको संगठन सुदृढिकरण अभियान अन्तर्गत रतुवामाई नगरपालिका वडा नं. २ मा २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।...

सगरमाथा स्कुलका पुर्व विद्यार्थी अमर भए वैज्ञानिक, स्कुलले गर्यो सम्मान

विराटनगर । विराटनगर स्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलबाट माध्यमिक शिक्षा एस.एल.सी उत्तीर्ण गरेका एक जना विद्यार्थी वैज्ञानिक भएपछि स्कुलले सम्मान गरेको छ ।सगरमाथा स्कुलका पुर्व विद्यार्थी अमर गुप्ता युवा वैज्ञानिक भएपछि मंगलबार स्कुल परिसरमा एक...

राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना हुँदै

काठमाडौं, फागुन ११–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले स्थापना दिवसको अवसरमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गर्ने भएको छ । वैशाख २ गतेबाट सुरु हुने प्रदर्शनी तीन हप्तासम्म चल्ने प्रतिष्ठानका कुलपति केके कर्माचार्यले जानकारी दिए । आइतबार पत्रकार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्