अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेन मार्चपछि पहिलो पटक सार्वजनिक 

 न्यूज विराट
अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेन मार्चपछि पहिलो पटक सार्वजनिक 

एजेन्सी, जेठ १३-अमेरिकी राष्ट्रपति पदका लागि आगामी नोभेम्बरमा हुने निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्ने पक्का भएका नेता जो बाइडेन मार्चपछि पहिलो पटक घरबाहिर निस्किएका छन् ।

पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेन करिब १० सातापछि मास्कसहित घरबाहिर निस्किएका हुन् । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनको पालना गर्दै उनी दुई महिनाभन्दा लामो समय घरभित्रै बसेका थिए ।

गृह राज्य डेलावरमा भएको मेमोरियल डे अन्तर्गतको कार्यक्रममा बाइडेन श्रीमती जिलसहित कालो मास्क लगाएर सहभागी भएका थिए । अमेरिकी सेनामा रहेर सेवा गर्दागर्दै मृत्यु भएकाको सम्झनामा अमेरिकामा हरेक वर्ष मे को अन्तिम सोमबार मेमोरियल डे मनाइन्छ । सोही कार्यक्रममा उनी श्रीमतीसहित उपस्थित भएका हुन् ।

मास्क लगाएरै पत्रकारसँग कुरा गरेको बाइडेनले घरबाट बाहिर निस्कन पाउँदा खुशी लागेको बताए । उनले सहादत प्राप्त सैनिकहरुप्रति सम्मान प्रकट गर्दै उनीहरुले गरेको त्याग कहिल्यै बिर्सन नहुने बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सोमबार श्रीमती मेलानिया ट्रम्पसहित मेमोरियल डे का दुई कार्यक्रममा सहभागी भएपनि उनले मास्क लगाएका थिएनन् ।

उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क लगाउन अस्वीकार गर्दै आएका छन् । उनले पछिल्ला दिनमा केही स्थानमा मास्क लगाएपनि पत्रकारहरुका सामू मास्क लगाएर उपस्थित भएका छैनन् ।

सम्बन्धित समाचार

मेरिल्याण्ड कलेजले मनायो २० औं वार्षिकोत्सव

विराटनगर । विराटनगर– ७ मा रहेको मेरिल्याण्ड कलेजले २० औं वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी कलेजले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा हिसान तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा आन्तरिक खेलकुदमा...

व्हाइट हाउसमा पहिलो पटक मास्क प्रयोग, ट्रम्पले अझै लगाएनन्

एजेन्सी, बैशाख ३०-अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसमा सार्वजनिक रुपमा पहिलो पटक मास्कको प्रयोग भएको छ । राष्ट्रपतिका सहयोगीहरुले मास्कको प्रयोग गर्न सुरु गरेका हुन् । यसलाई व्हाइट हाउसका कर्मचारीले मास्कको प्रयोगबारे सन्देश दिएको रुपमा हेरिएको...

धरान भेट्रान्सले मिल्स भेट्रान्स गोल्डकपको उपाधि हात पार्‍यो

विराटनगर, जेठ ४ – विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान्स क्लबले हात पारेको छ। शनिबार विराटनगर जुटमिल खेल मैदानमा आयोजित फाइनल खेलमा धरानले आयोजक मिल्स भेट्रान्स क्लबलाई ३–०...

आज विराटनगरमा एकैदिन ३८६ जना कोरोना संक्रमित थपिए

विराटनगर, ४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा...

मलेसियाले ९ जूनसम्म लकडाउन थप्यो, अवैध कामदारले देश छाड्ने समय १४ दिन धकेलियो

काठमाडाैं, २८ वैशाख-मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि पुन: थपेको छ । मलेसियाले ९ जूनसम्म लकडाउनको अवधि बढाएको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरेको हो । ४...

प्रदेश १ बाट थप १८ जना ‘डिस्चार्ज’

विराटनगर, जेठ २०–प्रदेश १ बाट थप १८ जना कोरोना संक्रमणबाट मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला...

पछिल्लो २४ घण्टामा नेपालमा २२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ५ मंसिर-गएको २४ घन्टामा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ । शुक्रबार देशभर  १० हजार ३ सय ४०...

असुरक्षित हुने गर्भपतनलाई निरुत्साहित गर्न जोड

विराटनगर—असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साहित पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार स्वास्थ्य लाइभले विराटनगरमा आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्