सामाजिक रुपान्तरणका लागि इच्छुकको योगदान महत्वपूर्ण

 न्यूज विराट
सामाजिक रुपान्तरणका लागि इच्छुकको योगदान महत्वपूर्ण

काठमाडौं, १३ जेठ-प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको जनाएको छ।

इच्छुकको १८औँ स्मृति दिवसका अवसरमा सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज जारी गरेको विज्ञप्तिमा जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आर्दश व्यक्तित्व ‘इच्छुक’ प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

सङ्गठनले कोरनो भाइरसबाट बच्न जारी बन्दाबन्दीका अवस्थामा उनको स्मृतिमा प्रदान गरिने केन्द्रीयस्तरको पुरस्कार पछि वितरण गरिने जनाएको छ ।

विसं २०१३ कात्तिक ३ दिने जन्मिएका ‘इच्छुक’ को २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतभित्रै हत्या गरिएको थियो । उहाँका शोकाञ्जलि (२०४८), इतिहासको यस घडीमा (२०५६) बन्दी र चन्द्रागिरि (२०५८) आदि कृति प्रकाशित छन् ।

सङ्गठनले मातहतका कमिटीका हकमा भने सम्भव भएमा नेपाल सरकारले लागू गरेको बन्दाबन्दीको नियमलाई पूर्णपालना गर्दै रचनात्मक कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

मातृशोक परेका पत्रकार खतिवडालाई समवेदना

विराटनगर । मातृशोकमा परेका पत्रकार विजय खतिवडालाई आमाको तेह्रदिने किरियामा बसेको स्थान भद्रपुरमा नै पुगेर विराटनगरका पत्रकारहरुले समवेदना दिएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य अविनाश निधी, अग्रज पत्रकार शंकर लुइटेल, स्वतन्त्र पत्रकार...

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने

काठमाडौं, ४ मंसिर-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड-१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताए...

बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता 

 झापा,  १८ असोज-विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा...

राष्ट्रियसभामा सात अध्यादेश पेस

काठमाडौं, १८ पुस-राष्ट्रियसभाको आजको बैठकमा सरकारले जारी गरेका विभिन्न सातवटा अध्यादेश पेस भएका छन् । राष्ट्रियसभाको बैठकमा पेस भएका अध्यादेशमा  ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ रहेका छन् ।...

स्पार्क हस्पिटलको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर, १ सय बढी विरामीले गरे परीक्षण

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले सातौँ वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान र स्वास्थ्य शविर आयोजना गरेको छ । हस्पिटल परिसरमा आइतबार स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको हो । स्वास्थ्य...

नवजात शिशु बेपत्ता प्रकरण : डाक्टर कर्णसहित तीन जना जेल चलान

विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले बुधबार डाक्टर ६८ वर्षीय कर्णसहित कटहरी गाउँपालिका –...

भारतले सडक निर्माण गरेपछि कालापानी क्षेत्रमा बिओपी स्थापनाको तयारी

दार्चुला, २८ वैशाख-दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो...

सरकारले भन्योः कोरोनाबाट जोगिन ‘एसएमएस’ गर्नुहोस्

काठमाडौं, १६ असार-कोरोना भाइरसबाट जोगिन लामो समय देश लकडाउन भयो । लकडाउन खुकुलो भएपछि भने दैनिक रुपमा संक्रमितको संख्या वढ्दो छ ।लकडाउनको मोडालिटी परिवर्तन गरेसँगै मानिसहरुको चहलपहल बाक्लिन थालेसँगै सरकारले भाइरसबाट जोगिन ‘एसएमएस’ अभियान ल्याएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्