स्थानीय वायुको प्रभाव कायमै, आज हावाहुरीसहित वर्षाको सम्भावना

 न्यूज विराट
स्थानीय वायुको प्रभाव कायमै, आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, १३ जेठ-आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली रहनुका साथै स्थानीय वायुको पनि प्रभाव रहेकाले आज पनि वर्षाका सम्भावना रहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपरान्हपछि देशको  पूर्वी  तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडीमा सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै, मध्य तथा  पूर्वी भूभागका थोरै स्थानमा  र पश्चिमी पहाडी भूभागका १/२ स्थानमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी ३ दिनको मौसमपूर्वानुमान
मंगलबार 

दिउँसोः देशको  पूर्वी  तथा  मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागहरूमा अपरान्ह पश्चात  सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा  पूर्वी भूभागका थोरै स्थानहरूमा र पश्चिमी पहाडी भूभागका १/२ स्थानहरूमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

रातीः  देशको पूर्वी तथा  मध्य भूभागमा सामान्य बदली रहनेछ । पश्चिमी पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहनेछ । पूर्वी  र मध्य  भूभागका थोरै स्थानहरूमा साथै पश्चिमी पहाडी भूभागका १/२ स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको सम्भावना रहेको छ ।

बुधबार 

दिउँसोः देशको  पूर्वी तथा  मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागहरूमा  सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । मध्य तथा  पूर्वी भूभागका केही स्थानहरूमा साथै  पश्चिमी पहाडी भुभागका थोरै स्थानहरूमा  मेघगर्जन,चट्याङ, हावाहुरीसहित वर्षाको  सम्भावना रहेको छ ।

रातीः देशको पूर्वी तथा  मध्य भूभागमा सामान्य बदली रहनेछ । पश्चिमी  भूभागहरूमा  आंशिक  बदली रहनेछ । पूर्वी  तथा मध्य  भूभागका थोरै स्थानहरूमा साथै पश्चिमी भूभागका १/२ स्थानहरूमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको  सम्भावना रहेको छ ।

बिहीबार 

दिउँसोः देशको  पश्चिमी  भूभागलगायत मध्य र पूर्वी  पहाडी भूभागहरूमा  सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी  भूभागका केही स्थानहरूमा साथै मध्य तथा  पूर्वी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित  वर्षाको सम्भावना रहेको छ ।

रातीः  देशको मध्य र पूर्वी  भभाग लगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी  भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको  सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

मोरङको सुन्दरहरैँचामा फर्म संचालकको हत्या, काम गर्ने दम्पत्तीले हत्या गरेको आशंका

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको आफ्नै कर्मचारीले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । बिहीबार विहान बजगाईंको शव आफ्नै कुखुरा फर्म भित्र भेटिएको थियो । मोरङ प्रहरीका प्रमुख एसपी...

धनुषाबाट हतियारसहित दुई जना पक्राउ

जनकपुर, ३० चैत-लकडाउनका बेला भरुवा बन्दुकसहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुकसहित  मिथिला नगरपालिका-४ पुष्पलपुरका २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामालाई पक्राउ गरेकाे...

महिलाले शव बोकेर घाटसम्म पु¥याए

तनहुँ ६ कात्तिक-छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६...

प्रदेश १ मा आज १०२ जना नयाँ संक्रमित थपिए

विराटनगर, ६ भदौ-प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ सय नजिक पुगेको छ । शनिबार एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई हजार पाँच सय ८९ पुगेको हो । शनिबार ३७...

ब्युटी पार्लर तालिम  सकियो, आत्मनिर्भरतर्फ अगाडी बढदै गृहिणी महिला 

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटि पार्लर तालिम सम्पन्न भएको छ ।  सिक्वीन ब्युटी पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्युटी पार्लर सोमबार सम्पन्न भएको हो ।  एक...

बेलबारी उद्योग वाणिज्य संघमा श्रेष्ठको प्यानलै विजयी

विराटनगर । बेलबारी उद्योग वाणिज्य संघमा सत्ता गठबन्धनको प्यानल नै विजयी बनेको छ । नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान भएको थियो । आइतावार बिहान सम्पन्न मतगणना अनुसार भेष कुमार श्रेष्ठले ४८५ मत प्राप्त...

स्टाफ नर्सको हत्या प्रेमीले गरेको आशंका, तीन दिन अगाडी विराटनगर आएका थिए प्रेमी

विराटनगर – विराटनगर – ४ स्थित नोबल अस्पतालको अर्थोबिभागमा कार्यरत २२ वर्षीया स्टप नर्स चन्द्रिकुमारी दासको हत्या उनकै प्रेमीले गरेको आशंका गरिएको छ । सिराहको फुल्काहकट्टी घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर विराटनगर–४ बुढाथोकी मार्ग स्थित...

पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट

जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गएराति १ समूहले कुटपिट गरेको छ । सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतका अनुसार कुटपिटबाट वडाध्यक्ष नेपाली घाइते भएका छन् । कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्