घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

 न्यूज विराट
घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

काठमाडौं, १२ जेठ-अरबी पात्रो हिजरी संवतअनुसार १० औँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् ।  १० औँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि बुधबारसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ ।

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो ।

अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने भएपनि यस वर्ष अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन शनिबार बेलुकी चन्द्रमा नदेखिएकाले आज यो पर्व मनाइएको हो ।

अरबी पात्रोअनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले आइतबार बेलुकी अर्थात् ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १० औँ महिना मानिन्छ । यसैकारण आज इद उल फित्र पर्व मनाउन लागिएको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले राससलाई जानकारी दिए ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण आज बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठमा ५ जनाभन्दा बढी उपस्थित भएनन् । मस्जिद, इदगाहलगायत धार्मिक स्थलमा पनि बढीमा ५ जनाभन्दा उपस्थित भएनन् । मुस्लिम समुदायले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाएका छन् ।

यो पर्वको अर्को उल्लेखनीय पक्ष दीन दुःखी र गरीबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलिले जानकारी दिए ।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । यसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ । यो दान पनि दीनदुःखी र गरीबलाई नै दिइन्छ ।

यस वर्ष गत वैशाख १३ गतेदेखि मुस्लिम समुदायको १ महिना लामो व्रत (रोजा) सुरू भएको थियो । १ वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उनले बताए । १ महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन् । रासस 

सम्बन्धित समाचार

सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण गरेको छ । क्लबले विराटनगरस्थित आदर्श माविमा सञ्चालित सेलेब्रल पाल्सी बेबी डे केयर सेन्टरमा शौचालय निर्माण गरि हस्तान्तरण गरिएको अध्यक्ष...

माधवको गृहजिल्ला रौतहटमै रित्तिने अवस्थामा पुग्यो नेकपा एस

रौतहट, मंसिर ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका चर्चित नेता बुधाई खाँ नेकपा एमालेमै फर्कनुभएको छ । आज आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले खाँलाई एमाले प्रवेश गराउनु भएको हो ।...

मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा भिड, पाँच दिनमा ७ करोड बढीको कारोबार

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा उपभोक्ताको भिड लागेको छ । सोमबारमात्रै झण्डै २५ हजार टिकट विक्री भएको आयोजकले दाबी गरेको छ । एक्स्पोमा दिउँसो कृषिजन्य र औधोगिक उत्पादनको कारोवार उल्लेख्य हुने...

चिनियाँ संस्थाद्वारा मास्कलगायत स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, २२ साउन-चिनियाँ बुद्धिष्ट एसोसिएसन अन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरूको संस्थाले नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।  नेपाल सरकारले जारी राखेको...

भारतमा एकैदिन थपिए ६७ हजार कोरोना संक्रमित 

एजेन्सी, साउन २९-भारतमा गत २४ घण्टामा झण्डै ६७ हजार कोरोना संक्रमित थपिएका छन् । भारतीय सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९ सय ९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय...

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय

काठमाडौं २९ भदौ-सरकारले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्ले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको...

यसपालिको मनसुन जोखिमपूर्ण, १८ लाख मानिस प्रभावित हुने अनुमान

काठमायौं, २६ जेठ । मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय...

आज यी चार प्रदेशमा धेरै भारी वर्षा हुन सक्ने, सतर्क रहन महाशाखाको अनुरोध

आग बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित धेरै भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । आज राति पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्