नेपालको नयाँ नक्सा अद्यावधिक गरी संघीय संसदको लोगो बनाइने

 न्यूज विराट
नेपालको नयाँ नक्सा अद्यावधिक गरी संघीय संसदको लोगो बनाइने

काठमाडौं, ११ जेठ-संघीय संसदको प्रतीकका रूपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।

सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समितिले सो निर्णय गरेको हो ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताए ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरूको पोशाक र संघीय संसदको प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोकेबमोजिम हुने व्यवस्था छ । बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक एक दिन पर सारेको छ । १२ गते मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक एक दिन पर सारिएको हो । बैठक १३ गते ११ बजे बस्नेछ ।

आइतबार सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदको प्रतीक (लोगो) र प्रतिनिधिसभाका सदस्यहरूले प्रयोग गर्दै आएको प्रतीकलाई नेपालको वास्तविक सीमाअनुरूपको नक्साअनुुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको बैठकको निर्णयअनुसार रोष्ट्रममा राखिएको प्रतीक (लोगो)  र सांसदहरूले लगाउँदै आएको प्रतीक परिमार्जन हुनेछ । बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ‘ओएसीस लन्च एण्ड बार’ सञ्चालनमा, थरी –थरीको परिकार पाइने

विराटनगर । विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा आएको छ । विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड बार बिहीबारदेखि संचालनमा आएको हो । बारको औपचारिक रूपमा...

मोर्डन एरा स्कुलका विद्यार्थीले मन्चन गरे ‘कस्ले सुन्ने ?’ नाटक, दर्शक भए भाबुक

विराटनगर । विराटनगरस्थित मोर्डन एरा स्कुलका प्रिन्सिपल इन्द्र राईले लेखन गरेको ‘ कस्ले सुन्ने ?’ नामक नाटक मन्चन गरेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा मंगलबार उक्त नाटक मन्चन गरेको हो ।सुरज माझीले निर्देशन गरेको कस्ले...

मोरङमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधज्ञा जारी

विराटनगर, २ कात्तिक–चाडपर्वमा हुने भिडभाडको कारण कोरोना संक्रमण थप फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १२ दिने निषेधाज्ञा जारी गरेको छ । चाडपर्वमा हुने भीडभाडले कोरोना संक्रमणको दर उच्च हुने निष्कर्षसहित मोरङ...

विराट नर्सिङ होममा सिण्डीकेट, भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलित

विराटनगर । विराट नर्सिङ होम (विराटनगर अस्पताल) का सुरक्षागार्डले बाहिरका फार्मेशीका कर्मचारीलाई भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलनमा उत्रिएका छन् । बिहीबार दिउँसो एवान फार्मेशीका कर्मचारी प्रितम तामाङ्गलाई विराट नर्सिङ होमका सुरक्षा गार्डले हस्पिटल...

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । सिजन- ३ को...

ओखलढुङ्गामै र्‍यापिड परीक्षण गर्ने तयारी

ओखलढुङ्गा, ४ वैशाख-ओखलढुङ्गामै कोरोनाको र्‍यापिड परीक्षण हुने भएको छ । प्रदेश नं १ सरकारले कोरोना परीक्षणका लागि आवश्यक स्वाथ्य सामग्री उपलब्ध गराएपछि जिल्लामै कोरोनाको र्‍यापिड परीक्षण गर्ने तयारी थालिएको हो । प्रदेश सरबारबाट र्‍यापिड डाइग्नोस्टिक...

कोरोना प्रसारमा मौसमको असरबारे प्रमाण छैन : डब्लुएचओ

एजेन्सी, जेठ २९-विश्व स्वास्थ्य संगठन (डब्लुुएचओ) ले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको प्रसारमा असर गर्नेबारे अत्यन्तै कम प्रमाण रहेको बताएको छ । ‘हामी मौसम परिवर्तन या तापमान वृद्धिले कोरोना भाइरसको असर कस्तो हुन्छ भनेर भरोसा...

नेकपा (एमाले) मोरङले सुरु गर्यो तीन महिने ‘वडा जागरण’ अभियान

विराटनगर, ७ माघ । नेकपा (एमाले) मोरङले तीन महिने ‘वडा जागरण’ अभियान सुरु गरेको छ । शुक्रबार विराटनगरमा एमाले मोरङको ९ औँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो पूर्ण बैठकले जिल्लाका एक सय ५९ वटै वडामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्