विहान वेलुका हातमुख जोर्न समस्यमा परेका १५० परिवारलाई खाद्यान्न वितरण

 न्यूज विराट
विहान वेलुका हातमुख जोर्न समस्यमा परेका १५० परिवारलाई खाद्यान्न वितरण

विराटनगर, जेठ १०–बन्दाबन्दीका कारण विहान बेलुका हातमुख जोर्न समस्या भएका विपन्न परिवारहरुलाई आज यहाँ युवा समूहले खाद्यान्न राहत वितरण गरेका छन् ।

विराटनगर महानगरपालिका वडा नं ११ का युवा मनिष गुरुङ एवं समूहले आफ्नो व्यक्तिगत रकममा बन्दाबन्दीको कारण दैनिक घरमा चुल्हो बाल्न समस्या भएका १५० परिवारलाई खाद्यान्न राहत वितरण गरेका हुन् ।

सामाजिक दुरी कायम गरी कुपन मार्फत वितरण गरिएको राहतमा १० किलो चामल, नून, आलु प्याज,दाल, खानेतेल, सावुन र मास्क रहेको छ । विपन्न परिवारका नागरिक र बालवालिकालाई भोकै सुत्न नपरोस भन्नका लागि केही सहयोग गरौ भन्ने उद्देश्यले व्यक्तिगत रुपमा खाद्यन्न उपलव्ध गराएको दाता मनिष गुरुङले बताए ।

विराटनगर ११ निवासी विपन्न महिला निशा साहले प्राप्त राहतले घरका बालबच्चालाई जाउँलो भएपनि केही दिन पेटभरी खुवाँउन पाउँदा खुशी लागेको बताइन् । समूहले केही दिन अगाडि तीन सय परिवारलाई राहत वितरण गरेको थियो भने आगामी वुधवार दुई सय परिवारलाई राहत वितरण गर्ने गुरुङले जानकारी दिए ।

सम्बन्धित समाचार

बाबा उद्योगमा मैदा तस्करी प्रकरण : तस्करको नाइकेसहित पाँच जना २१ लाख ८६ हजार धरौटीमा रिहा

विराटनगर । भारतदेखि तस्करी गरी सुनसरीको सानापुरमा रहेको बाबा उद्योगमा क्या रिङ गरेर मैदा तस्करी गर्ने गिरोहका मुख्य नाइकेसहित पाँच जना सवारी चालक धरौटी रकम बुझाएर रिहा भएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद...

थप १९८० जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं, ८ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गराउँदा सो संख्यामा संक्रमित थपिएका...

चुनौतीको सामना गर्न राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्छ : ओली

काठमाडौं,  ६ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन् । राष्ट्रसंघ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा गएराति...

विराटनगर गुद्रीमा एक युवक मृत अवस्थामा फेला परे

विराटनगर, २७ भदौ । विराटनगरको पुरानो तरकारी बजार लाग्ने गुद्रीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३०÷३५ वर्षका देखिने युवक आइतबार दिउँसो साढे एक बजेतिर मृत अवस्थामा फेला परेका हुन् । उनको...

प्रदेश १ मा २३ संक्रमित थपिए

विराटनगर, १२ साउन–प्रदेश १ मा आज २३ जना कोरोना संक्रमितथपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष,...

तेली समाजद्धारा निःशुल्क लोक सेवा तयारी कक्षा

विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ्ग र नापी पेशाकर्मी समाज मोरङ्गको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा गर्ने भएको छ । अमिन, सर्वेयर तथा नापी अधिकृतहरूका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको...

म्यानमारमा सेनाले चलायो प्रदर्शनकारीमाथि गोली, ६ जनाको मृत्यु

प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सु चीलाई नजरबन्द गरेपछि १ फेब्रुअरीयता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ...

प्रहरी दिवसमा रक्तदान कार्यक्रम, ६८ जनाले गरे रक्तदान

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर रक्तादन कार्यक्रम आयोजना गरेको छ । विराटनगरको ट्राफिक चोकमा मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेको प्रहरीले जनाएको छ ।कोशी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्