भारतीय वरिष्ठ पत्रकार भन्छन्– कालापानी नेपाली भूमि हो, भारतको दाबी पुग्दैन

 न्यूज विराट
भारतीय वरिष्ठ पत्रकार भन्छन्– कालापानी नेपाली भूमि हो, भारतको दाबी पुग्दैन

काठमाडौं, १० जेठ-भारतका वरिष्ठ वामपन्थी पत्रकार आनन्द स्वरुप बर्माले नेपालले हालै आफ्नो नक्सामा सामेल गरेको भूभाग नेपालकै भएको बताएका छन् । आजतकसँगको कुराकानीमा वरिष्ठ पत्रकार बर्माले यो क्षेत्रमा सन् १९६२ मा भएको भारत–चीन युद्धमा तत्कालीन नेपालका राजा महेन्द्रसँग अनुरोध गरेर कालापानीमा भारतीय सैनिक राखेको स्मरण गराएका छन् ।

उनले भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै रहेको भन्दै यो समस्या दुवै देशले वार्ता गरेर समधान गर्न सक्ने बताए ।

‘कालापानी नेपालको भूभाग हो,’ बर्माले भनेका छन्,’ सन् १९६२ मा भारत–चीनबीचको युद्धमा राजा महेन्द्रसँग अनुरोध गरेर भारतले केही समयका लागि कालापानीमा सेना राखेको थियो ।’

उनले थपे, ‘त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिलेको अवस्था सिर्जना भएको हो ।’ उनले कालापानी र लिपुलेकबारे नेपाल र भारतबीचको विवाद पुरानो भएको उनको भनाई थियो ।

‘दुवै देशका सरकारले यसको समाधानका लागि ढिलाई गरेका छन्,’ उनले भनेका छन् । भारतले हेपाहा व्यवहार गरिरहे नेपाल कतै ढल्किन बाध्य हुने अवस्था आउने बताए ।

‘नेपाल चीनतर्फ ढल्किरहेको भारतले सोचेको छ,’ उनले भने, ‘दुवै छिमेकी राष्ट्र हुन्, चीन र भारत । भारतले सधैँ यस्तो व्यवहार गरेमा नेपालले सहयोगको लागि कतै न कतै हात फैलाउनुपर्ने अवस्था आउँछ ।’

सम्बन्धित समाचार

मगही भाषालाई मातृ भाषा उल्लेख गर्न विराटनगरका सरोकारवालाहरुको माग

विराटनगर, १० असोज । यस वर्षको राष्ट्रिय जनगणनामा मगही भाषालाई प्रत्येक मगही भाषीहरुले मातृभाषाको रुपमा लेखाउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । भाषा संस्कृति प्रतिष्ठान, मोरङद्वारा “राष्ट्रिय जनगणना २०७८ मा मगही भाषा अभिलेखिकरण...

बन्धन सिमेन्ट अब पीपीसीमा पनि

विराटनगर, फागुन २६–नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट अब पीपीसीमा पनि उत्पादन हुने भएको छ । बन्धन सिमेन्ट ओपीसी र पिएससीमा उत्पादन हुँदै आएकोमा अब पीपीसीमा पनि उत्पादन हुनथालेको कम्पनीले जनाएको हो । पूर्वी...

रंगेली नगरपालिकाले टेन्डर निकालेपछि विद्यालय व्यवस्थापन समितिको आपत्ती

विराटनगर, बैशाख १७–आफुहरुसँग समन्वय नगरि टेन्डर आब्हान गरिएको भन्दै मोरङको रंगेली नगरपालिका–८ दर्वेशा स्थित महालक्ष्मि माध्यमिक विद्यालय व्यवस्थापन समितिले आपत्ती जनाएको छ । प्रदेश सांसद लिलाबल्लव अधिकारीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष मार्फत विद्यालयको मर्मतसम्हार...

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही

सुर्खेत, १ बैशाख-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना...

गण्डकी प्रदेशद्वारा स्वास्थ्य कर्मचारीका सबै बिदा रद्द, राजीनामासमेत स्वीकृत नगर्ने

कोरोना भाइरसको संक्रमण विश्‍वव्यापी रुपमा फैलिएको र नेपालमासमेत बढेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा  कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल 'कोमविसाप' गठन गरिएको छ । समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई प्रतिनिधित्व गराइएको समितिले कोरोना महाव्याधीका कारण सिर्जित...

किड्स भिलेजमा अक्षरारम्भ, ३२ जना नयाँ विद्यार्थी भर्ना

विराटनगर । विराटनगर ५ स्थित किड्स भिलेज स्कुलले सरस्वती पूजामा अक्षरारम्भ कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बालबालीकाहरुलाई अक्षरारम्भ गराउनुका साथै शैक्षिक सत्र २०७९/ ०८० का लागि कक्षा प्ले ग्राउड र नर्सरीमा नयाँ विद्यार्थीहरूको भर्ना...

तातोपानी नाकाबाट एकै दिन ४ कन्टेनर स्वास्थ्य सामग्री भित्रियो

स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यान्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ । गत साताबाट पुनः सञ्चालनमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै ४ कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ...

प्रदेश १ मा संक्रमितको संख्या २ हजार १० पुग्यो

विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्