‘कोरोना भाइरसले विश्वको अर्थतन्त्रमा १० वर्ष असर पार्छ’

 न्यूज विराट
‘कोरोना भाइरसले विश्वको अर्थतन्त्रमा १० वर्ष असर पार्छ’

एजेन्सी, जेठ १०-प्रसिद्ध अर्थशास्त्री प्राध्यापक नुरियल रुबिनीले कोरोना भाइरसको महामारीको असर विश्वको अर्थतन्त्रमा १० वर्षसम्म पर्नसक्ने चेतावनी दिएका छन् ।

उनले कोरोना भाइरसका कारण विश्वभर लामो आर्थिक मन्दी हुने र त्यसबाट अर्थतन्त्रलाई पुरानै मार्गमा फर्काउन लामो समय लाग्ने उनको भविष्यवाणी छ ।

दुःखी बनाउने भविष्यवाणीका लागि चिनिएका प्राध्यापक रुबिनीले महामारीका कारण गुमेका केही जागिरहरू कहिल्यै नफर्कने बताएका छन् । यसवर्ष कोरोना भाइरसको प्रभावबाट विश्वव्यापी अर्थतन्त्रमा सुधार आए पनि यसको असर लामो समय देखिने उनको भनाइ छ ।

‘अभूतपूर्व’ आर्थिक मन्दीको चेतावनी दिएका प्राध्यापक रुबिनीले सबैभन्दा पहिले सन् २००८ मा विश्वव्यापी आर्थिक संकट आउने भविष्यवाणी गरेका थिए ।

‘सन् २००८ मा ३ वर्ष लागेको थियो,’ उनले बीबीसीको टकिङ एशिया कार्यक्रमा न्यूयोर्कस्थित आवासबाट भने, ‘तर यो पटक तीन वर्ष लागेन, तीन महिना पनि लागेन । तीन हप्तामै सबै ध्वस्त भयो ।’

सम्बन्धित समाचार

हेर्दाहेर्दै नेपालमा फलफूलदेखि दूधसम्म किनेर खानुपर्ने अवस्था आयो : मन्त्री भुसाल

काठमाडौं, १३ असार-कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको बताएका छन् ।एसोसिएशन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४०...

पत्रकार बन्जाराका परिवारका सदस्यमा देखिएन कोरोना

काठमाडौं, ३ जेठ-नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जाराको परिवारका सदस्यको कोरोना भाइरस (कोभिड-१९) रिपोर्ट नेगेटिभ आएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत् आफ्ना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएइका हुन् । उनले आफ्नो...

कोरोना संक्रमणबाट बिहारका मन्त्रीको निधन

एजेन्सी, ३० असोज-भारतको बिहार सरकारका मन्त्री कपिलदेव कामतको निधन भएको छ । कोरोना भाइरस संक्रमित भएर एक साता अघि पटनाको एम्स अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । पहिले देखि नै मिर्गौलाका...

कोरोनाबारे भ्रम फैलाउने ३ वेबसाइट बन्द, २६ सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्ण जवाफ माग

प्रेस काउन्सिल नेपालले कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाउने ३ वटा वेबसाइट बन्द गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको गरेको छ । काउन्सिलले शुक्रबार नियमअनुसार दर्ता एवं सूचीकरण नभएका तीन वटा अनलाइनलाई बन्द गर्नका...

बास्केटबल प्रतियोगिता, बुढानिलकण्ठ र पोखरीया स्कुल विजयी

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगितामा दुई वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरमा मंगलबार भएको खेलमा पुरुषतर्फ पोखरीया स्कुललाई १३ –११ अङकले पराजित गर्दै बुढानिलकण्ठ स्कुल...

उदयपुरको भुल्केका थप ८ जनामा कोरोना पोजेटिभ, बीपी प्रतिष्ठानमा पुनः परीक्षण हुँदै

विराटनगर, ९ वैशाख-एकसाथ १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उदयपुरबाट गत शनिबार संकलन गरी विराटनगर ल्याएको ६९ जनाको...

ओली र प्रचण्डबीच ५ दिनपछिको छलफल निष्कर्षविहीन

काठमाडौं, ३० असार-सत्तारुढ नेपाल कम्य'निस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच मंगलबार भएको छलफल निष्कर्षविहीन भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधानको प्रयासस्वरुप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच मंगलबार छलफल...

३ दिनसम्म दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध

काठमाडौं, १४ जेठ-गणतन्त्र दिवसमा ३ दिनसम्म दीपावली मनाउन सरकारले अनुरोध गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो । १२...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्