१० हजारमा खोप परीक्षणको तयारी, ४० करोड खोपका लागि सम्झौता

 न्यूज विराट
१० हजारमा खोप परीक्षणको तयारी, ४० करोड खोपका लागि सम्झौता

एजेन्सी, जेठ १०-लायतमा १० हजार मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षणको तयारी सुरु भएको छ । बेलायतका वैज्ञानिकले तयार पारेको खोप अघिल्लो चरणमा प्रवेश गरेको हो  ।

यो सफल भएमा बेलायतमा बच्चा र वृद्धवृद्धासमेत १० हजार २६ जनामा यसको परीक्षण गरिनेछ । यसअघि गत महिना अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले खोपको प्रभाव र सुरक्षा जाँच गर्नका लागि १ हजारभन्दा बढीमा परीक्षण सुरु गरेको थियो ।

खोप विकसित गर्न लागिरहेको टिमका प्रमुख एन्ड्रयु पोलार्डले भने, ‘चिकित्सकीय अनुसन्धान सही दिशामा अघि बढिरहेको छ । हामी वृद्ध मानिसमा पनि खोप परीक्षण सुरु गर्न गइरहेका छौं । जसबाट हामी पूरै जनसंख्यालाई सुरक्षा गर्न सक्छौं या सक्दैनौं भन्ने जानकारी हुनेछ ।

औषधि निर्माता एस्ट्राजिनसाले अक्सफोर्ड विश्वविद्यालयसँग ४० करोड खोपका लागि सम्झौता गरेको छ । खोपको विकास, उत्पादन र वितरणका लागि अमेरिकी सरकारको एक एजेन्सीले पनि एक अर्ब डलर लगानी गरेको छ ।

कोरोना भाइरसको उपचारका लागि करिब एक दर्जन खोप मानिसमा परीक्षणको चरणमा या परीक्षण सुरु हुने चरणमा रहेका छन् । जसमध्ये अधिकांश अमेरिका, चीन र युरोपेली देश र अन्य एक दर्जन अन्य खोप विकासको सुरुआती चरणमा छन् ।

अक्सफोर्ड विश्वविद्यालयका तर्फबाट खोपमा नोक्सान नपुर्‍याउने चिम्पान्जी कोल्ड भाइरसको प्रयोग गरिएको छ । यसमा शरीरमा कोरोनाविरुद्ध लड्न प्रतिरोधात्मक प्रोटिन विकास गर्ने गरी परिवर्तन गरिएको छ ।

चिनियाँ कम्पनीले यसैप्रकारको खोप विकास गरिरहेको छ । यसका साथै अमेरिकास्थित नेशनल इन्स्टिच्युट अफ हेल्थ एन्ड मोर्डेना इन्क र इनोभियो फर्मास्युटिकल पनि खोप विकास गर्ने अभियानमा छ ।

संसारभरी खोपमा ठूलो लगानी भइरहेको छ । यो सफल भएमा केही महिनामा संसारभर खोप उपलब्ध हुनेछ भने असफल भएमा ठूलो लगानी खेर जानेछ ।

सम्बन्धित समाचार

वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु 

काठमाडाैं, २६ साउन-वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।  मृत्युपछि नारायणी...

न्यूनतम साझा कार्यक्रम प्रदेश १ सरकारलाई हस्तान्तरण, के–के छन् प्राथमिकता ?

विराटनगर । प्रदेश १ सरकारमा सहभागी चार दलको तर्फबाट निर्माण भएको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले सरकारलाई बुझाएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीका निजी सचिव सुवास श्रेष्ठले न्यूनतम साझा कार्यक्रम...

दुई तिहाइ बहुमतले संविधान संशोधन विधेयक पारित

काठमाडौं, ३१ जेठ-देशको वास्तविक नक्सा निशान छापमा समावेश गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ ।  भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा...

मेरील्याण्डमा विद्यार्थीको आकर्षण, नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । व्यवस्थापन संकाय मात्रै पढाई हुने एक मात्र कलेज विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजमा विद्यार्थीको आकर्षण देखिएको छ ।गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको...

एलजीको मेची-महाकाली रोड शो विराटनगरमा

विराटनगर, फागुन १८–एलजीको मेची महाकाली रोड शो विराटनगर आइपुगेको छ । एलजीका इलेक्ट्रोनिक्स सामानको उपयोगिताका विषयमा जानकारी दिन एलजीले पूर्वका विभिन्न शहरमा रोड शो सञ्चालन गरिरहेको जनाएको छ । एलजीले इलेक्ट्रोनिक्सका सामानको खरिदमा ५० प्रतिशतसम्म...

बास्केटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन एकेडेमीलाई

विराटनगर । प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन एकेडेमीले हात पारेको छ । विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्टमा मंगलबार सम्पन्न भएको फाइनलमा पुरुष र महिलातर्फ चिल्ड्रेन एकेडेमीले प्रतियोगिताको उपाधि जितेको हो । पुरुषतर्फ...

प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री निसाधको निधनमा दुःख व्यक्त

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनमा दुःख व्यक्त गरेका छन् । सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका...

महिला जागृतीसमूह विराटनगरद्वारा होलिमिलन कार्यक्रम

विराटनगर, ७ चैत । हिन्दुहरूको महत्वपूर्ण चाड होलीको अवसरमा महिला जागृतीसमूह विराटनगरले होलिमिलन कार्यक्रम आयोजना गरेको छ । शनिबार विराटनगर स्थित होटल ह्यारीसनमा होली मिलन समारोह आयोजना गरेको हो । कार्यक्रममा महिला जागृती समूहकी अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्