सामाजिक दुरी कायम गरेको भए अमेरिकामा ३६ हजार बाँच्न सक्थे : अनुसन्धान

 न्यूज विराट
सामाजिक दुरी कायम गरेको भए अमेरिकामा ३६ हजार बाँच्न सक्थे : अनुसन्धान

एजेन्सी, जेठ ९-संयुक्तराज्य अमेरिकाले समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ ।

अमेरिकाले १५ मार्चपछि नागरिकबीच सामाजिक दुरी कायम गर्न सकिने खालको नीति लिएको थियो । तर त्यसको दुई हप्ता मात्र अघि यस्तो नीति लिएको भए अमेरिकाका कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बचाउन सजिलो हुने सो अध्ययनले देखाएको छ ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मेलम्यान स्कुल अफ पब्लिक हेल्थ साइन्सले हालै मात्र गरेको एक अनुसन्धानमाा यस्तो तथ्य पत्ता लागेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकामा गत मार्च महिनाको पहिलो र दोस्रो हप्तामा धेरै मानिसमा यो कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ । यदि त्यति नै बेला लकडाउन या अरू नै केही नीति बनाएर नागरिकका बीचमा सामाजिक दुरी कायम गर्ने वातावरण बनाउन सकेको भए अहिले भएको अमेरिकीहरूको मृत्युमा कम्तीमा पनि ३६ हजार कमको मृत्यु हुने अनुमान गरिएको पछिल्लो यो अनुसन्धानले देखाएको छ ।

अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार हाल अमेरिकामा १५ लाख ७७ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । त्यस्तै यहाँका ९४ हजार ७ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकामा सामाजिक दुरी कायम गर्ने खालको सतर्कता अपनाउन र त्यस्तै लकडाउनजस्तै नीति सम्बन्धमा निर्णय गर्न दुई हप्ता ढिलो भएका कारण त्यहाँ बढी क्षति हुन पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

कोरोना कहरपछि दक्षिण कोरियामा २० लाखले गुमाए रोजगारी

एजेन्सी, जेठ ६-दक्षिण कोरियामा गएको ४ महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका...

एकैदिन ८८४८ जना भए कोरोना संक्रमणमुक्त

काठमाडौं, ८ जेठ । नेपालमा एकै दिन ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । आज २०...

राप्रपाको एकता महाधिवेशन आजदेखि : अध्यक्षमा थापा र लिङ्देन प्रतिस्पर्धामा

काठमाडौँ, १५ मंसिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो । काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको...

अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

काठमाडौं, २ कात्तिक-अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । आर्थिक रूपमा विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्ने, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क...

काठमाडौं र भक्तपुरका कोरोना संक्रमितमा लक्षण देखिएको छैन : अस्पताल

काठमाडौं, ३१ वैशाख-काठमाडौं र भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका संक्रमितमा लक्षण नदेखिएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि टेकु अस्पतालको आइसोलेसनमा रहेका उनीहरूमा लक्षण नदेखिएको अस्पतालले जनाएको हो । ‘भक्तपुर र काठमाडौंमा भेटिएका...

‘कालापानीसँगै भारतले मिचेका सबै भूमि फिर्ता ल्याउन पहल गरियाेस्’ 

काठमाडाैं, १२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्यहरूले भारतसँगको सीमा विवाद समाधानका लागि प्रभावकारी पहल गर्न पार्टी र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सुरू स्थायी कमिटी बैठकमा सदस्यहरूले भारतले अतिक्रमण...

२४ घण्टामै २३ सयभन्दा बढीको पीसीआर परीक्षण

काठमाडौं, ३१- वैशाखएकै दिनमा २३ सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ हजार ३ सय ५७  जनाको स्वाब परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणको कुल संख्या...

प्रदेश २ को कोरोना नियन्त्रण कोषमा सवा करोड सहयोग

प्रदेश-२ सरकारले संचालन गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा सवा करोडभन्दा बढी सहयोग भएको छ । प्रदेश-२ का प्रदेशबासीमा कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा गरिने उपचार तथा यसको नियन्त्रण र न्यूनीकरणका लागि गरिने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्