प्रदेश १ मा ४० हजार बढीको पिसिआर परीक्षण हुने

 न्यूज विराट
प्रदेश १ मा ४० हजार बढीको पिसिआर परीक्षण हुने

विराटनगर, जेठ ९–प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको छ ।

भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोभिड—१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पिसिआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए । स्विकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको वर्गिकरण समेत गरेको छ ।

उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रम ावर्गिकरण गरिएको छ । उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हाल प्रदेश १ मा चार हजार एक सय बढीको पिसिआर परीक्षण भइसकेको छ ।

कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागिअहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बृद्धि गरिने भएको छ । यसका लागि कोशि कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ ।

प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपालीनागरिकहरुको व्यवस्थापन गर्र्ने संयुक्तकार्ययोजना समेत स्विकृत गरिएको छ । स्विकृत कार्ययोजनाअनुसार ईलाम, झापा, मोरङ र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ । होल्डिङ्ग एरियामा १५ हजार बेड संख्या बन्ने भएको छ ।

ईलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड तयार हुन थालेका छन् । यति बेला यी जिल्लाका १० ठाउँमा ११ सय ३ वटा बेड बनि सकेका छन् ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष...

कोरोना कहरपछि दक्षिण कोरियामा २० लाखले गुमाए रोजगारी

एजेन्सी, जेठ ६-दक्षिण कोरियामा गएको ४ महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका...

‘लकडाउन’मा पनि रोकिएन भैरहवा विमानस्थलको काम

बुटवल, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोषणा गरिएको ‘लकडाउन’का कारण अहिले सबै क्षेत्र प्रभावित छ । मानिसहरू घरभित्रै छन् । उद्योग, बजार, यातायात सबै बन्द छन् । विकास निर्माण पनि ठप्प छ । योजनाहरू...

खोटाङको दिक्तेलमा गठबन्धन विजयी, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी

विराटनगर, ४ वैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा तिर्थराज भट्टराई ११ हजार ३८९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम...

पूजा आराधना गरी आज सीता जयन्ती मनाइँदै

काठमाडौं, २० वैशाख-प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने...

भारतमा १२ घण्टाभित्र दुई नेताको हत्या

एजेन्सी, ४ पुस । भारतको केरलामा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो । केरलाको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का...

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १७ साउन-नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । हाल कच्चा तलेको मूल्य, डलरको विनिमय दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्य वृद्धि भएकाले पेट्रोल, डिजेल र मटितेलको मूल्य समायोजन गरेको निगमले...

विराटनगरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो ’ हुने, १५ करोडको कारोबार हुने अपेक्षा

विराटनगर । विगतका वर्षहरु झैं यस वर्ष पनि मोरङ व्यापार संघले विराटनगरमा ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । पुस ६ गतेदेखि १६ गतेसम्म विराटनगर – २ शंकरपुरमा रहेको खाली मैदानमा ‘मोरङ व्यापार संघ ट्रेड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्