विराटनगर, जेठ ८–प्रदेश नं. १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाकै थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका १७ वर्षीय, १८ वर्षीय दुई जना, २० वर्षीय दुई जना, २३, ५२ र ५५ वर्षीय पुरुषहरु रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अघि झापामा २७ जनामा पुष्टि भएको थियो ।
आज पुष्टि भएका सँगै झापामा मात्र कोरोना संक्रमितको संख्या ३५ पुगेकोमा २ जना निको भएर घर फर्किएका छन् । यो सँगै प्रदेश १ मा कुल संक्रमितको संख्या ८४ पुगेको छ । जस मध्ये २६ जना डिस्चार्ज भएर घर फकिईसकेका छन् ।
प्रदेशसमा सबैभन्दा धेरै झापामा ३५, उदयपुरमा ३३ धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ ।