आज १६६९ संक्रमित थपिए, ५६९९ जना डिस्चार्ज - News Birat

आज १६६९ संक्रमित थपिए, ५६९९ जना डिस्चार्ज

न्यूज विराट

काठमाडौं, ७ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अब संक्रमितको कुल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।

त्यस्तै, आज ५ हजार ६ सय ९९ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म १ लाख ९९ हजार २४ जना निकाे भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार थप १६ जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १ हजार ३ सय २१ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles