डब्लुएचओले भन्यो : विश्वभर कोरोना संक्रमितको संख्या डरलाग्दो बन्यो

 न्यूज विराट
डब्लुएचओले भन्यो : विश्वभर कोरोना संक्रमितको संख्या डरलाग्दो बन्यो

वासिङ्टन, ८ जेठ-विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सामान्यीकरण’ को सङ्केतका रूपमा वार्षिक जी७ शिखर सम्मेलनका लागि नेताहरूको बैठक गर्न प्रस्ताव राखेका छन् ।

डब्लुएचओले बुधबार एकै दिन १ लाख ६ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ । गत डिसेम्बरमा चीनको उहानमा कोरोना संक्रमण देखिएपछि पहिलोपटक यो सबैभन्दा ठूलो संख्या देखिएको हो ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेबे्ररियससले आफू निम्न र मध्यम आय भएका देशहरूको अवस्थाबाट ‘धेरै चिन्तित’ भएको बताए ।

दक्षिण अमेरिकी देशहरुमा पछिल्ला दिनहरूमा संक्रमणको दर निकै बढेको छ । केही मुलुकले लकडाउन खुकुलो बनाए पनि संक्रमण बढेसँगै पुनःस्थापित गरेका छन् ।

ब्राजिलमा सबैभन्दा बढी बिरामी भेटिएका छन् । यहाँ विश्वमै तेस्रो सर्वाधिक संख्यामा संक्रमित देखिएका छन् । पेरू, मेक्सिको र चिलीमा पनि संक्रमण लगातार वृद्धि भइरहेको छ ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरूले एकै दिन १ हजार १७९ नयाँ कोरोनाभाइरस संक्रमितको मृत्यु भएको बताएका छन्, जबकि दक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारोले लकडाउनको कडा विरोध गर्दै आएका छन् । उनले विशेषज्ञहरूको सल्लाह विपरीत क्षेत्रीय गभर्नरहरूलाई लकडाउन हटाउन दबाब दिइरहेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जस्तै बोल्सोनारोले भाइरसको उपचारमा औलोको औषधिको प्रयोगलाई बढावा दिएका छन् । तर अध्ययनहरूले औलोको यो औषधि कोरोनाभाइरसको उपचारमा खासै फाइदाजनक नरहेको र शरीरलाई निकै हानी गर्ने बताएका छन् ।

आगामी नोभेम्बरमा पुनः निर्वाचनको सम्मुखमा रहेका राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने अडान पुनः राखेका छन् । उनले अमेरिका पुरानै लयमा फर्कने बताउँदै आगामी जुनमा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्र (जि७) को शिखर सम्मेलनमा नेताहरूको उपस्थिति हुनेमा आफू आशावादी रहेको बताए ।

‘म यो सम्मेलन वासिङ्टन डिसीको क्याम्प डेभिडमा गर्ने विचार गर्दैछु’ उनले भने ‘अरू नेताहरू पनि सहभागी हुनुहुनेछ । यो सबैका लागि ठूलो संकेत हुनेछ – सामान्यीकरण !’

जी७ का देशहरू – बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्तराज्य अमेरिका – ले वार्षिक शिखर सम्मेलन आलोपालो आयोजना गर्ने प्रचलन छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोको कार्यालयले ‘स्वास्थ्य स्थितिले अनुमति दिएमा’ उपस्थित हुने जनाएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले आफू ‘पर्ख र हेरको अवस्थामा रहेको’ बताइन् ।

विश्वव्यापी रूपमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख २५ हजारभन्दा बढी र झण्डै ५० लाख मानिस संक्रमित भएका छन् । यसबीच विश्वभरिका सरकारहरू खोपको आशामा रहेका छन् ।

भाइरस निर्माणका सन्दर्भमा उत्साहजनक खबरहरू आइरहेका छन् । एउटा अध्ययनमा बाँदरहरूमा गरिएको प्रयोगमा मानिसहरूले भाइरस प्रतिरोधात्मक क्षमता विकास गर्न सक्ने देखाएको छ ।

यसैबीच, युरोपमा संक्रमण र मृत्यु दरमा ठूलै कमी आएपछि लकडाउन खुकुलो बनाउन थालिएको छ । सियाका देशहरूमा पनि बिस्तारै खुकुलोपन ल्याउन थालिएको छ ।

भारतमा २ महिनाको लकडाउनपछि मे २५ बाट घरेलु हवाई यात्रा पुनः सुरु हुँदैछ । भारतमा एकै दिन ५ हजार ६०० भन्दा बढी नयाँ कोरोना संक्रमित देखिए पनि व्यवसाय, यातायात र अन्य क्षेत्रमा बिस्तारै सहजता आउन थालेको छ । चीन, दक्षिण कोरिया, जापान र सिंगापुरले पनि व्यवसायहरूट खोल्नुका साथै आम जनजीवनमा सहजीकरण गर्न थालेका छन् ।  – रासस

सम्बन्धित समाचार

विराटनगर महानगरका मेयर कोइराला र विश्व बैंकको टोलीबीच भेट

विराटनगर । विश्व बैंकको टोलीले विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालासँग भेट गरेको छ । भेटका अवसरमा विराटनगरको विकास निर्माणको विषयमा विश्व बैंकको टोलीले चासो राखेको बताइएको छ । विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स...

२५ जेठमा युवा सम्मेलन झापामा, ५ सयभन्दा बढी युवाको सहभागिता हुने

विराटनगर । नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध विस्तारका लागि झापाको मेचीनगरमा नेपाल–भारत युवा सम्मेलन आयोजना हुने भएको छ । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले जेठ २५ गते एक दिने सम्मेलनको आयोजना गर्न लागेको हो...

पाकिस्तानमा लकडाउनको अवधि थप

एजेन्सी, बैशाख १३-पाकिस्तानमा लागू गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नुपरेको सरकारी अधिकारीहरूले बताएका छन् । पाकिस्तानी सरकारले आगामी ९ मेसम्मका लागि लकडाउन लागू भइरहने...

कोरोना संक्रमणबाट भारतको उत्तर प्रदेशमा मन्त्रीको मृत्यु

एजेन्सी, साउन १८-कोरोना भाइरसको संक्रमणदर निकै उच्च रहेको भारतमा संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकी उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । योगी आदित्यनाथको क्याबिनेटमा...

विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १० भदौ । मोरङको बिराटनगर महानगरपालिका-१ का ५५ बर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार बिहान बिराटनगर महानगरपालिका-११ मा रहेको कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिहारीको...

प्रदेश १ मन्त्रीपरिषद बैठक : निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत

विराटनगर, ३० साउन । प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । सो उक्त कार्यविधि स्वीकृत भएसँगै अब...

लालबाबु पण्डितले वितरण गरे विराटनगर–६ मा राहत सामाग्री

विराटनगर, बैशाख २७–पुर्व मन्त्री तथा मोरङ क्षेत्र नं. ६ संघिय सांसद लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका वडा नं. ६ लाई राहत सामाग्री उपलब्ध गराएका छन् । सांसद पण्डितले विराटनगर वडा नं. ६...

कांग्रेसका ८ सांसदले दर्ता गराए संविधान संशाेधन प्रस्ताव

काठमाडाैं, २० जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका सांसदहरूले पनि संविधान संशोधनका लागि प्रस्ताव दर्ता गराएकाे छन्। पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दर्ता भई संसदबाट अस्वीकृत भएको संशोधन प्रस्तावलाई नै कांग्रेस सांसदहरूले पुनः दर्ता गराएका हुन् । कांग्रेस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्