नेपाल बैंक लिमिटेडद्वारा ब्याजमा छुट

 न्यूज विराट
नेपाल बैंक लिमिटेडद्वारा ब्याजमा छुट

काठमाडौं, ८ जेठ-नेपाल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीले लिएको ऋणको ब्याजदरमा २ प्रतिशत छुट दिने भएको छ । बैंकले दिएको जानकारीअनुसार २०७६ चैत मसान्तसम्म लगानी गरिएका कर्जाहरूमा चैत मसान्तसम्म कायम भएको ब्याजदरमा २ प्रतिशत बिन्दुले छुट दिने भएको छ ।

लकडाउनका कारण मुलुकका आर्थिक गतिविधि प्रभावित भइरहेका बेला बैङ्कले नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार सो छुट दिन थालिएको बताएको छ । बैङ्कद्वारा २०७६ चैत मसान्तसम्म लगानी भएका कर्जाहरू जस्तैः हाइपोथिकेसन, अधिविकर्ष, चालू पुँजी, मार्जिन, डिमान्ड, सुनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदिको हकमा चैत मसान्तको आधार दर ७.८२ मा लगाइएको प्रिमियममा २ प्रतिशत बिन्दुले छुट दिने व्यवस्था मिलाइएको जनाएको छ ।

यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा २०७६ पौष मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २ प्रतिशत बिन्दुले छुट पाउने बैङ्कका प्रवक्ता प्रकाशकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०७७ साल वैशाखमा किस्ता तिरिसकेका ग्राहकले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाब मिलान बैङ्कद्वारा गरिने पनि बताइएको छ । यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकले बैङ्कको आधार दर बराबरकै अर्थात् ७.८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्नसक्ने छन् । रासस

सम्बन्धित समाचार

एभरेष्टले आयोजना गरेको कविता प्रतियोगितामा रिजु प्रथम

विराटनगर । विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा ‘वर्तमान’ शीर्षकको कविता वाचन गरेर कक्षा–१० की छात्रा रिजु अधिकारी प्रथम भएकी छन् । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ३२ जना...

क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने एक लाख रुपैयाँ ‘पिनट’ मात्र हुन्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने गरेको एक लाख रुपैयाँ सहुलियत ‘पिनट’ मात्र हुने बताएका छन् । आइतबार मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर...

एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल

एजेन्सी, १ कात्तिक-दुई पटकको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल, एभर्टनसँग बराबरीमा रोकिएको छ ।  शनिबार भएको ‘मर्सीसाइड डर्बी‘मा एभर्टनसँग लिभरपुल २–२ गोलको बराबरीमा रोकिएको हो । तेस्रो मिनेटमा साडियो मानेको...

औषधी व्यवसायी संघ मोरङद्धारा माक्स तथा सेनिटाइजर वितरण

विराटनगर, चैत ७–नेपाल औषधी व्यवसायी संघ मोरङले शुक्रवार विराटनगरको तीनपैनी चौकमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण हुनबाट जोगाउने उद्देश्यले माक्स वितरण गर्नुको साथै कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिनाको...

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापा, १ भदौ । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने...

खानेपानी प्लान्टको मन्त्री कार्कीद्वारा उद्घाटन

विराटनगर । अन्तर्राष्ट्रिय सहयोगी सस्था 'हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट'ले मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ । आइतवार एक कार्यक्रमका बिच प्रदेश नम्बर...

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं, २० जेठ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । पत्रकार महासंघका...

विद्यार्थीलाई प्रविधिसँग जोड्दै रोटरी क्लब अफ विराटनगर

विराटनगर । विराटनगरस्थित जनता माविकी कक्षा १२ मा अध्ययरत छात्रा दुर्गा यादव अहिले मज्जासँगले कम्प्युटर चलाउन सक्ने भएकी छिन् । उनले कम्प्युटरबाट अंग्रेजी र नेपाली टाइपसँगै एक्सल पनि चलाउन थालेकी छिन् । कम्प्युटर राम्रोसँग चलाउन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्