प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

 न्यूज विराट
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

विराटनगर, ६ जेठ-प्रदेश १ मंगलबार मध्यान्नसम्म ११ जना कोभिड १९ का संक्रमित थपिएका छन् । झापाका ९ जना र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।

झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको विराटनगरस्थित कोसी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगिता मिश्राले जानकारी दिइन् । विराटनगरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा उनीहरूको परीक्षण भएको थियो ।

सुनसरीका २ जनाको धरानमा परीक्षण गरिएको थियो । धरानस्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा इटहरीका १८ वर्षीय युवा र पश्चिम कुशाहमा खटिएका १ सुरक्षाकर्मीमा कोरोना देखिएको जनाइएको छ ।

प्रदेश १ मा ७ जिल्लामा संक्रमित देखिएका छन् । उदयपुरमा ३३, झापामा १२, मोरङमा ३, सुनसरीमा ३, खोटाङमा १, धनकुटा र भोजपुरमा १/१ जना संक्रमित देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका १५, झापाका २ र भोजपुरका १ जना छन् । डिस्चार्ज भएका ७ जना भारतीय नागरिक हुन् । उनीहरूलाई उदयपुरमा संक्रमण देखिएको थियो ।

सम्बन्धित समाचार

कूल कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, १२ साउन-बैंक तथा वित्तीय संस्थाले आगामी ३ वर्षसम्म कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कोरोना कारण समस्यामा परेको मुलुकको आर्थिक क्षेत्रलाई विशेष राहत दिने तथा वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत...

कञ्चनपुरमा ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

कञ्चनपुर, २८ जेठ-कञ्चनपुरमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी २ र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा...

गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यकक्षमा मदिरा पिउँदै

पोखरा, फागुन ४–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन् । उनले रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत रक्सी दिएका थिए ।...

विवादित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सकारात्मक

काठमाडौं, ११ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विवादित अध्यादेश फिर्ता लिन सकारात्मक बनेका छन् । बिहीबार बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँगको भेटमा उनी अध्यादेश फिर्ता लिन सकारात्मक भएको उच्च...

सिद्धबाबालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

विराटनगर, पुस २५–बलात्कार अभियोग लागेका कृष्णदास गिरी (सिद्धबाबा) साधारण तारेखमा रिहा हुन पाऊँ भन्दै उच्च अदालत विराटनगर पुगेका छन् । बलात्कार अभियोग लागेका सिद्धबाबालाई जिल्ला अदालत मोरङले गत १४ पुसमा ३ लाख रुपैयाँ धरौटीमा रिहा...

वीपी प्रतिष्ठानमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

विराटनगर, भदौ १२-वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका-३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका-५ निवासी ५६ वर्षीया महिला हुन् ।...

कोसी अस्पतालमा एक विरामीको मृत्यु, कोरोनाको आशंका

विराटनगर, साउन २०–कोरोना भाइरस संक्रमणको आशंकामा उपचारको लागि विराटनगर ल्याईएका उदयपुरका एक ब्यक्तिको अस्पताल पुग्नसाथ मृत्यु भएको छ । कोसी अस्पतालको आइसोलेसनमा भर्ना गर्न लागिएका उदयपुरको बेलका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेको मंगलबार बिहान...

सुम्निमा स्कुलका २५ जना विद्यार्थी दिक्षित, दिनभरी मनोञ्जन कार्यक्रम

विराटनगर । विराटनगर – ११ मा रहेको सुम्निमा बोर्डिङ स्कुलमा अध्ययरत २५ जना विद्यार्थी दिक्षित भएका छन् ।स्कुलले शनिबार एक भव्य कार्यक्रम आयोजना गरी प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्