मुम्बईबाट आएका रतुवामाईका एक युवामा कोरोना पुष्टि

 न्यूज विराट
मुम्बईबाट आएका रतुवामाईका एक युवामा कोरोना पुष्टि

विराटनगर, जेठ ५–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाईका युवकमा कोरोना संक्रमण पोजेटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेस मेहताले जानकारी दिए ।

जेठ २ गते रतुवामाई नगरपालिका–१ सोनापुर नाका स्थित मकैबारीबाट लुकिछिपि नेपाल प्रवेश गरेका २५ वर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको रतुवामाई नगरपालिकाका मेयर रवीन राईले जानकारी दिए । उनका अनुसार वडा नं. १ स्थित सोनापुरनै घर भएका ती युवक लुकिछिपि नेपाल प्रवेश गरेको जानकारी पाएपछी ¥यापिड परिक्षण गर्दा पोजेटिभ देखिएको र स्वाब संकलन गरि विराटनगर स्थित कोशी अस्पतालमा पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

नगरप्रमुख राईले मुम्बईमा मजदुरी गर्दै आएका ती युवक भारतमा रेल्वेसेवा सुचारु भएसँगै सुरक्षाकर्मीहरुको आँखा छल्दै मकैबारीबाट लुकेर नेपाल आएको जानकारी दिए । नगरप्रमुख राईका अनुसार युवकमा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै उनलाई विराटनगर स्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा पठाउने तयारी गरिएको छ ।

युवकमा कोरोना संक्रमण देखिएपछी उनको परिवारका सवै सदस्यलाई होम क्वारेन्टाइनमा निगरानीमा राखिएको छ । उनीहरु सवैको स्वाव संकलन गरि परिक्षण गराईने नगरप्रमुख राईले बताए । उनले कोरोना संक्रमित युवकको कन्ट्रयाक्ट टे«सिङ समेत सुरु गरिएको जानकारी दिए ।

नगरप्रमुख राईका अनुसार रतुवामाईमा कोरोना संक्रमण देखिएसँगै उच्च सतर्कता अपनाइएको छ । भारतबाट लुकिछिपि नेपाल प्रवेश हुन नदिन कडाई गरेपनी आउने क्रम रोकिएको छैन । सीमामा थप कडाई गर्न सुरक्षाकर्मीसँगै म्यादी प्रहरीसमेत परिचालन गर्ने रतुवामाई, सुनवर्षी र रंगेली नगरपालिकाले निर्णय गरेका छन् ।

सम्बन्धित समाचार

खुशियालीको लागि हरियाली

विराटनगर। पर्यावरण रक्षाका लागि वृक्षरोपण अन्तर्गत आज नेपाल तथा भारतका दुई स्थानमा विभिन्न जातका विरुवा रोपियो । एजुकेशन मेसेज मिडिया प्रालि, नेपाल भारत सामाजिक संस्कृतिक मञ्च , नेपाल भारत रेल यात्रु सहजीकरण समिति र जनकपुर...

संक्रमितको उपचारमा संक्रमित स्वास्थ्यकर्मीले सघाउँदै

विराटनगर, जेठ ८–विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा धनकुटाका ४ जना स्वास्थ्यकर्मी उपचाररत छन् । जेठ ४ गते पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । स्वास्थ्यकर्मीमा कोरोना पुष्टी...

क्रिटिकल केयरमा काम गर्ने चिकत्कस र नर्सलाई तालिम

विराटनगर । बेसिक क्रिटिकल केयरमा काम गर्ने डाक्टर र नर्सहरूलाई तालिम दिएको छ । बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन र नेपलीज सोसाईटी फर क्रिटिकल केयर मेडिसिनले आवासीय डाक्टर मेडिकल अधिकृत तथा सघन उपचार कक्षमा कार्यरत...

काठमाडौंमा अलपत्र मोरङ–५ का ३० जनाको सांसद मण्डलद्धारा उद्धार, विहानै आइपुगे विराटनगर

विराटनगर, बैशाख ११–मोरङ क्षेत्र नं. ६ का संघिय सांसद शिवकुमार मण्डलको पहलमा लक डाउनका कारण काठमाडौंमा अलपत्र परेकालाई उद्धार गरिएको छ । सांसद मण्डलको पहलमा उनको निर्वाचन क्षेत्रका ३० जनालाई काठमाडौंबाट उद्धार गरि विराटनगर ल्याइएको...

कोशी प्रदेशमा बजेट सम्बन्धी दुई अध्यादेश जारी

विराटनगर । कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेट सम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुखले जारी गरेका छन् । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷ ८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः...

आयकरको सीमा घट्यो

काठमाडौं, साउन १ । साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर सरकारले ६ लाख रुपैयाँ पुर्याएको छ । आर्थिक बर्ष २०७९-८० को बजेट अनुसार आजदेखि नयाँ व्यवस्था लागू भएको हो...

सरकारविरुद्ध प्रदर्शन गर्ने ८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री निवास क्षेत्र बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ । एमसीसी, कोरोना संक्रमितको उचित उपचार, विदेशमा अलपत्र परेकालाई नेपाल फर्काइ व्यवस्थापनलगायतका माग युवाले गर्दै प्रदर्शन भएको हुन् । उनीहरूले अमेरिकी सहयोग नियोग एमसीसी राष्ट्रका...

दुरुत्साहन मुद्धामा प्रहरी जवान पुर्पक्षका लागि थुनामा

बागलुङ, १० जेठ-बागलुङ नगरपालिका-२ माझकोट आनन्द चौपारीस्थित डेरागरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा जिल्ला अदालत बागलुङले प्रहरी जवान राकेश दवाडीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । थुनछेक बहस सकिएपछि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्