स्वास्थ्य समाग्री लिन चार्टर्ड विमान चीन जाँदै 

 न्यूज विराट
स्वास्थ्य समाग्री लिन चार्टर्ड विमान चीन जाँदै 

काठमाडौं, जेठ ५-नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ । चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज सोमबार बेलुकी चीन जाने लागेको हो ।

चीनबाट स्वास्थ्य समाग्री लोड गरेर मंगलबार बिहान जहाज नेपाल फर्किनेछ । वाइडबडी जहाजमार्फत १८ टन मेडिकल सामग्री ल्याइने र त्यसको सबै प्रक्रिया पूरा भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।

यसअघि सेनाले ग्वान्जाओबाट १० वटा कन्टेनर मार्फत ९ टन स्वास्थ्य समाग्री काठमाडौं ल्याइसकेको छ । ग्वान्जाओबाट १३ दिन लगाएर सेनाले शनिबारमात्रै स्वास्थ्य समाग्री काठमाडौं ल्याएको थियो ।

यसअघि २३ वैशाखमा चार्टर्ड जहाज पठाउने तयारी गरेको सेनाले स्वास्थ्य समग्रीको भन्सार प्रक्रिया ढिलाहुँदा चार्टर्ड जहाज पठाउन सकेको थिएन ।

सेनाले खरिद गरेको मेडिकल सामाग्री ल्याउन ठेक्का फ्ल्यास फ्रेट लजिस्टिकले पाएको छ । सेनाले चिनियाँ कम्पनी सिनोफार्म इन्टरनेसनलसँग २ अर्ब २५ करोड रुपैयाँको स्वास्थ्य समाग्री खरिद गरेको छ ।

जस अन्तर्गत स्वास्थ्य सामग्री (पीपीई), एन ९५ मास्कलगायतका ३ सय ४२ टन स्वास्थ्य सामग्री छन् । त्यसरी नै सेनाले भारतीय कम्पनी बीपीपीआईसँग समेत औषधी खरिदको लागि २१ वैशाखमा १ करोड ५० लाखको खरिद सम्झौता गरिसकेको छ ।

१६ चैतमा सरकारले सेनालाई कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनाले पाएको थियो । जीटुजी प्रक्रियमा जादाँ स्वास्थ्य समाग्री ल्याउन केही समय ढिला भएको सैनिक मुख्यालयको भनाइ छ ।

सम्बन्धित समाचार

काठमाण्डौंका मेयर बालेनले जस्तै, उर्लाबारीका मेयर खरेलले हटाउलान् अवैध संरचना ?

विराटनगर । पछिल्लो समय काठमाण्डौंका मेयर बालेन्द्र शाहले महानगरपालिकाको नक्सा हेर्दै धमाधम अवैध संरचनाहरू हटाउन लागि परेका छन् । काठमान्डुलाई सु– सांस्कृतिक सहर बनाउने प्रण लिएर गत स्थानियतहको निर्वाचनमा काठमान्डौको मेयरमा निर्वाचित भएका शाहले यति...

आजको मौसम : धेरै स्थानमा पानी पर्ने, प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं, २४ साउन ।आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

इजरायल जान भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

काठमाडौं, ३० भदौ । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी भाषा परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् । भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको फिजिकल फिटनेसु जाँच असोज १, २ र ३ गते...

एसबीएससीको शेयर पूँजी २६ लाख ९९ हजार

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को शेयर पूँजी झण्डै २७ लाख रुपैयाँ पुगेको छ ।सहकारीको विराटनगरमा बुधबार भएको १४ औं वार्षिक साधरणसभामा आर्थिक वर्षमा २०८०÷०८१ म २६ लाख...

प्याब्सन स्पोर्ट्स मिट : चार स्वर्ण पदकसहित पूर्वाञ्चलको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त...

मोरङको क्षेत्र नं. ४ बाट मन्टु शेखको पहिलो नम्बरमा राखेर नाम सिफारिस

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । काँग्रेस क्षेत्र नं. ४ को क्षेत्रिय समितिको बैठकले...

उपत्यकामा खटिएका २ प्रहरीमा कोरोना पोजिटिभ 

काठमाडौं, ७ जेठ-उपत्यकामा खटिएका नेपाल प्रहरीको सुरक्षाकर्मीलाई पहिलो पटक कोरोना भाइरस देखिएको छ । बुधबार महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएको हो । २ दिनअघि कोरोना परीक्षणका लागि दिएका स्वाबमा प्रहरी...

सर्वेन्द्र, महेश र किसानविरुद्धको मुद्दा सरकारी वकिल कार्यालयमा दर्ता

काठमाडौं, २२ वैशाख-नवगठित दल जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान हुने भएको छ । डा. यादवले दिएको जाहेरी सरकारी वकिल कार्यायल, काठमाडौंले दर्ता गरेपछि अपहरण घटना छानबिन हुने भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्