कोरोना संक्रमित बालिकाका अभिभावकमा देखिएन संक्रमण

 न्यूज विराट
कोरोना संक्रमित बालिकाका अभिभावकमा देखिएन संक्रमण

काठमाडौं, ४ जेठ-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु बाणगङ्गाकी ६ वर्षीय बालिकाको अभिभावकमा कोरोना नेगेटिभ देखिएको छ ।

कपिलवस्तुबाट उपचारका लागि काठमाडौं पुर्‍याइएकी बालिकामा संक्रमण अस्पतालबाटै भएको हुन सक्ने देखिएको छ । वाणगङ्गा–४ ठाकुरापुरकी कोरोना संक्रमित बालिकाका हजुरबुवा र हजुरआमाको रिपोर्ट कोरोना नेगेटिभ आएको जानकारी प्राप्त भएको बाणगङ्गा नगरपालिकाका उपप्रमुख चक्रपाणि अर्यालले बताए ।

बालिकाका हजुरबुबाले नातिनीको पुनः १ पटक परीक्षण गर्न अनुरोध गरेका छन् । उनले भने, ‘हामी सुरूदेखि एउटै कोठामा सँगै बसेका छौँ तर उसमा मात्र कसरी कोरोनो पुष्टि भयो ।’

सम्बन्धित समाचार

भारतमा मदिरा पसल खुले, मदिरा किन्नेको लाग्यो भीड

एजेन्सी, बैशाख २२-कोरोना भाइरस महामारीको संक्रमण रोक्नका लागि भारत सरकारले लगाएको लकडाउन केही खुकुल्लो पारेको छ ।यसैबीचमा भारतको केन्द्रीय गृह मन्त्रालयले लकडाउन खुकुल्लो पार्ने नीतिअन्तर्गत मदिरा पसल खोल्न पनि अनुमित दिएको छ । भारतका देशभरमा...

प्रदेश १ मा आज ४०९ जना संक्रमित थपिए

विराटनगर, २५ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार एक सय ४ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ महिला र दुई सय ७७ जना...

अर्थमन्त्री शर्मालाई राजिनामा दिन प्रचण्डको सुझाव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् । गभर्नर प्रकरणदेखि कर हेरफेरसम्म एकलौटी ढंगले अघि बढ्दा पार्टी छविमा आँच पुगेको भन्दै अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाएका...

८९७ को नतिजा नेगेटिभ, १८९ रेड जोनमा, ८२ जना आइसोलेसनमा, ६२ हजारको क्वारेन्टाइनमा बास

काठमाडौं, २९ चैत-कोरोना भाइरस संक्रमणको आशंकामा देशभर ८२ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आजको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले देशभर ८२ हजार जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । उनका...

क्वारेन्टाइनमा व्यवस्था राम्रो नभएको भन्दै प्रशासकीय अधिकृतमाथि कुटपिट

दैलेख, २२ जेठ-दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टानमा बसेकाहरूले बुधबार हातपात गरेका छन् । गाउँपालिका-४ मा बसेकाहरूले क्वारेन्टाइनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात हुन् । भारतबाट आएका करिब १ सय जिल्लाबासी...

अपहरणको आरोप लगाउनेविरुद्ध कानूनी उपचारः सांसद बस्नेत

काठमाडौं, बैशाख ११-नेकपा सांसद महेश बस्नेतले आफूहरूमाथि अपहरणको आरोप लगाउनेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् । समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई आफूहरूले नभई डा.बाबुराम भट्टराईका मान्छेले अपहरण गरेको बस्नेतको प्रत्याआरोप छ । डा.यादवकै इच्छा...

कोशीको सत्ता राजनीति : मुख्यमन्त्री पाए मात्रै राप्रपा नयाँ गठबन्धनमा जाने

काठमाडौँ — कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायकमध्ये एक मानिएको राप्रपासँग कांग्रेस र माओवादीका नेताहरूले चरणबद्ध छलफल गरिरहेका छन् । तर प्रदेशसभामा ६ सिट भएको राप्रपाले कांग्रेस(माओवादीको गठबन्धनसँग मुख्यमन्त्री आफूले पाउनुपर्ने सर्त अगाडि सार्न...

ओमिक्रोन फैलिने जाेखिम बढ्यो, भिडभाड रोक्नु र मास्क अनिवार्य गराउनू:स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ पुस । इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले सतर्कता अपनाउन पालिका, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयहरूलाई अनुरोध गरेको छ । ‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्