कोरोना संक्रमणबाट बाँकेमा अर्का १ युवकको मृत्यु, मृतकको संख्या २ पुग्यो

 न्यूज विराट
कोरोना संक्रमणबाट बाँकेमा अर्का १ युवकको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।  बाँकेको नरैनापुर–५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

३० वैशाखमा भारतबाट आएका ती युवकको गएराति एक्कासि स्वास्थ्यमा समस्या आएको मन्त्रालयको भनाइ छ ।  मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा उनको निधन भएको पुष्टि भएको हो ।

उनलाई कोरोना भाइरस पोजिटिभ देखिएको मन्त्रालयको भनाइ छ । ज्वरो र झाडापखाला लागेर ती युवकको आज बिहान ६ बजेर ४० मिनेटमा निधन भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या २ पुगेको छ ।  धुलिखेल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा १ जना सुत्केरी महिलाले ज्यान गुमाइसकेकी छन् ।  नेपालमा काेराेना संक्रमितको संख्या कुल २ सय ९१ पुगेको छ । जसमध्ये ३६ जना निको हुँदा २ संक्रमितको ज्यान गएको छ ।

सम्बन्धित समाचार

अक्सिजन र रेमडिसिभिर लुकाउनेको सम्पति जफत गरिने

एजेन्सी, ३१ वैशाख । भारतको विहार राज्यमा अक्सिजनको कालोबजारी गर्ने व्यक्तिको सम्पति जफत गरिने भएको छ । अक्सिजनका साथै कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेमडिसिभिर लुकाउनेहरुको पनि सम्पति जफत गर्न लागिएको जनाइएको छ ।...

डुबेर २ जनाको मृत्यु

विराटनगर, चैत ११–सुनसरी र मोरङका दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका–३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको...

एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

राँझा, २७ कात्तिक-पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाई भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ ।...

प्रदेश १ मा बजेट अधिवेशन सुरू

विराटनगर, जेठ १४-प्रदेश १ को बजेट अधिवेशन सुरू भएको छ । आजदेखि  सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले  धारणा राखेका छन् । संसदलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन...

बुढीगंगामा मुक्ति समाजको ५१ सदस्यीय गाउँपालिका कमिटी गठन

विराटनगर, १४ फागुन । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले आक्रमक ढंगले संगठन सुदृढीकरण अभियानलाई तीब्रता दिएको छ । दलित समुदायका सवाल र मुद्धाहरुलाई राजनीतिकरुपमा उठान गर्दै आएको मुक्ति समाजले...

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं, ३१ भदौ-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...

इरान विमान दुर्घटनाः सरकारविरुद्ध सडकमा उत्रिए नागरिक

तेहरान, पुस २७–इरानी सेनाको मिसाइलबाट युक्रेनी विमान दुर्घटना भएको स्वीकार गरेसँगै इरानमा सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ । रानीका नागरिकले पहिला आफ्नो हात नभएको भन्दै दाबीप्रति असुन्तुष्टि जनाएका छन् । विमान दुर्घटनामा इरानी सेनाको हात...

जालझेल एक–दुई पटक चल्ला, सधैँ अदालतको परमादेशबाट किस्तीमा सरकार पाउनेवाला छैनन् : ओली

काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कहीँ नभएको जात्रा रामशाहपथमा भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बुधबार दिउँसो बालकोटस्थित निजी निवास फर्किएका अध्यक्ष ओलीले जनताको अधिकार खोसेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्